Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Others/विश्व पोलियो दिवसका अवसरमा काठमाडौँमा ‘मेगा पोलियो साइकल र्‍याली’ हुने

विश्व पोलियो दिवसका अवसरमा काठमाडौँमा ‘मेगा पोलियो साइकल र्‍याली’ हुने

10/22/2026, 6:59:06 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्व पोलियो दिवसका अवसरमा काठमाडौँमा ‘मेगा पोलियो साइकल र्‍याली’ हुने

विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यही कात्तिक ७ गते काठमाडौँ उपत्यकामा ‘मेगा पोलियो साइकल र्‍याली’ आयोजना हुने भएको छ । रोटरी इन्टरनेसनल नेपाल भूटान डिष्टिक ३२९२ को आयोजनामा हुने सो र्‍याली भक्तपुर दरबार स्क्वायरबाट सुरु भई काठमाडौँ दरबार स्क्वायर, पसुपतिनाथ, बौद्ध, स्वम्भूनाथ हुँदै पाटन दरबार स्क्वायरमा पुगेर समापन हुने ‘पोलियो प्लस’ उपसमितिका अध्यक्ष रोटरियन बिनिता हाडाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोजकका अनुसार उपत्यकाको सात ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई जोड्ने उक्त र्‍याली पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्न केन्द्रित हुने छ । यसैगरी, साइकल र्‍यालीमार्फत ‘इन्ड पोलियो’ अर्थात् पोलियोविरुद्धको खोपको महत्व, जनस्वास्थ्यसम्बन्धी चेतना तथा पोलियो उन्मूलनका लागि निरन्तर सामूहिक प्रतिबद्धताको सन्देश आमजनसमुदायमा पुर्‍याउने लक्ष्य लिइएको छ । एक प्रकारको पोलियो भाइरसबाट मानिसको पेटको आन्द्रा हुँदै स्नायुप्रणालीलाई असर पुर्‍याउने, मुख तथा अनुहारमा सङ्क्रमण हुने, मांसपेशी कमजोर हु्ँदै ‘प्यारालाइसिस’को जोखिम हुने यो रोग उन्मूलनका लागि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन जोड दिइएको छ । सरकारले ग्रामीण महिला स्वास्थ्यकर्मी परिचालन गरी देशभरका बालबालिकालाई निःशुल्क पोलियो खोपको व्यवस्था गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एनपिएलको टिकट इसेवाबाट किन्न सकिने, कति छ मूल्य ?
OthersJust now

एनपिएलको टिकट इसेवाबाट किन्न सकिने, कति छ मूल्य ?

नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगिताका खेलहरूका लागि विभिन्न विधामा टिकटको दर तोकिएको हो। क्यानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार लिग चरणका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य ...

पर्दाफास
अमेरिकी अधिकारीहरूले बन्द कोठामा जेलेन्स्कीलाई हप्काएपछि
OthersJust now

अमेरिकी अधिकारीहरूले बन्द कोठामा जेलेन्स्कीलाई हप्काएपछि

५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, नर्वेको राजधानी ओस्लोमा मङ्गलबार बन्द कोठामा एक बैठक भएको थियो। यस क्रममा ट्रम्पका प्रतिनिधिहरू स्टिभ विटकफ (पश्चिम एसियाका लागि… ...

अनलाइन खबर
एनपीएलको टिकटको दर कायम, लिग चरणमा ५०० र १००० रुपैयाँ
OthersJust now

एनपीएलको टिकटको दर कायम, लिग चरणमा ५०० र १००० रुपैयाँ

५ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट दर तय गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले लिग चरणका खेलका लागि ५ सय र एक हजार मूल्य तय गरेको छ । साधारणतर्फ ५ सय र प्रिमियमतर्फ एक हजार तोकेको हो । यस्तै इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ… ...

अनलाइन खबर
आगामी मंगलबारदेखि वर्षाको सम्भावना, त्रसित नहुन मौसम विभागको आग्रह
OthersJust now

आगामी मंगलबारदेखि वर्षाको सम्भावना, त्रसित नहुन मौसम विभागको आग्रह

नेपाल मौसम विज्ञान विभागले आगामी मंगबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे । ‘आगामी मंगलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play