एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। बिहीबार बिहान १० बजेको एयर इन्डियाको नियमित उडानबाट उनी नयाँ दिल्ली पुगेका हुन्। दुई सदस्यीय भ्रमण दलमा अर्थमन्त्री वाग्ले र उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले अर्थमन्त्री वाग्लेलाई स्वागत गरेका थिए। भारतीय टेलिभिजन च्यानल ‘एनडीटीभी’ को ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ को उच्चस्तरीय प्यानलमा अतिथि र वक्ताका रूपमा सम्बोधन गर्न उनी नयाँ दिल्ली गएका हुन्। उनी बिहीबार साँझ उक्त समिटअन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस. जयशङ्करको विशेष सम्बोधन सत्रमा अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। शुक्रबार बिहान सवा ११ बजे समिटअन्तर्गतको आफ्नो सत्रमा सहभागी भएर उनले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। “निकटताबाट समृद्धि: भारत-नेपाल अवसर” शीर्षकको अन्तरक्रियामा उनी सहभागी हुनेछन्। अर्थमन्त्री वाग्ले शनिबार स्वदेश फर्किने कार्यतालिका छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

रवि लामिछाने भारततर्फ प्रस्थान
आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उनीहरु त्यहाँबाट भारततर्फ लाग्ने कार्यक्रम छ । ...

साउदी अरबको रक्षाका लागि बेलायतले खटायो टाइफून लडाकु विमान, केके छ विशेषता ?
बेलायतका रक्षा मन्त्री वेस स्ट्रिटिङले मङ्गलबार एक लिखित बयान जारी गर्दै भनेका छन्, ‘यी विमानहरू रक्षात्मक भूमिकामा काम गर्नेछन् । हुथी विद्रोहीहरूविरुद्ध कुनै आक्रामक आक्रमण गर्ने छैनन् ।’ ...

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते
काठमाडौं, कात्तिक ६। सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा भोक्राहा नरसिंह गाउँपालिका–३ का २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको प्रहरीले जनाएको ...

बाघ-हात्तीको डरमा हुर्किएर अस्ट्रेलिया सरकारका अर्थशास्त्री
बर्दिबासको नयाँ बस्ती वरिपरि बाघ, हात्ती र चितुवा घुम्थे। विद्यालय टाढा थियो, पढ्न डेढ घण्टा हिँड्नुपर्थ्यो। बाघ र हात्तीको डरबीच हुर्किएका तिनै बालक सन् १९७९ मा छात्रवृत्तिमा अस्ट्रेलिया पुगे। करिब पाँच दशकपछि उनको परिचय अस्ट्रेलियाली सरकारका अर्थशास्त्री मात्र होइन, त्यहाँको नेपाली समुदायलाई संगठित गर्ने अग्रजका रूपमा बनेको छ। ...


