एनएमबि बैंक र भिजा बीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग सम्झौता गरेको छ । बैंकले ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवा सञ्चालनका लागि भिजासँग सम्झौता गरेको हो । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा रहेको बैंकले जनाएको छ । सम्झौतापछि एनएमबि बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज विकल्प प्राप्त गर्नेछन् । यो प्रविधिमार्फत ग्राहकले झन्झटविना थप भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्ने बैंकको विश्वास छ । एनएमबि बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

चैतयता १२० वटा फर्म तथा कम्पनी सार्वजनिक खरिद कार्यालयको कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरुप ती फर्म तथा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मातहत रहेको अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन र प्रक्... ...

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन
रोम। शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौं विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन्। सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन्। विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको पुनःशस्त्रीकरण नीति, शिक्षामा बजेट कटौती र बढ्दो महँगीको विरोध ...
चैतदेखि यता १२० निर्माण व्यवसायी र कम्पनी कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेहि र विश्वसनीय बनाउने सरकारको नीतिअनुरूप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री... ...

अर्नब चक्रवातको प्रभाव : उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)
काठमाडौँ। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । चक्रवातको प्रभावका कारण काठमाडौँ उपत्यकामा दिनभरजसो भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । शुक्रबार... ...


