Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एटीएन्डटीले बढायो वार्षिक नाफाको अनुमान, बन्डल सेवाबाट ग्राहक टिकाउने रणनीति

एटीएन्डटीले बढायो वार्षिक नाफाको अनुमान, बन्डल सेवाबाट ग्राहक टिकाउने रणनीति

Share:WhatsAppFacebookX (Twitter)Telegram
एटीएन्डटीले बढायो वार्षिक नाफाको अनुमान, बन्डल सेवाबाट ग्राहक टिकाउने रणनीति

अमेरिकी दूरसञ्चार कम्पनी एटीएन्डटीले तेस्रो त्रैमासिकमा आम्दानी र नाफा बजारको अनुमानभन्दा बढी भएपछि सन् २०२६ को वार्षिक समायोजित नाफाको प्रक्षेपण बढाएको छ। कम्पनीले इन्टरनेट र मोबाइल सेवा एउटै प्याकेजमा उपलब्ध गराएर ग्राहक टिकाउने र प्रतिस्पर्धी कम्पनीतर्फ जाने क्रम घटाउने रणनीति अघि बढाएको छ। कम्पनीका अनुसार एटीएन्डटीको इन्टरनेट सेवा लिने घरपरिवारमध्ये करिब ४३ प्रतिशतले मोबाइल सेवा पनि लिने गरेका छन्। एउटै कम्पनीबाट दुवै सेवा लिने ग्राहक बढ्दा कम्पनीसँगको सम्बन्ध बलियो हुने र सेवा छाड्ने ग्राहकको संख्या घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। एटीएन्डटीले अब सन् २०२६ का लागि प्रतिशेयर समायोजित नाफा करिब २.४० अमेरिकी डलर हुने अनुमान गरेको छ। यसअघि कम्पनीले प्रतिशेयर २.२५ देखि २.३५ डलरसम्म नाफा हुने प्रक्षेपण गरेको थियो। रोयटर्सका अनुसार तेस्रो त्रैमासिकमा कम्पनीको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.३ प्रतिशतले बढेर ३२ अर्ब ३० करोड डलर पुगेको छ। विश्लेषकहरूले ३१ अर्ब ६९ करोड डलर आम्दानी हुने अनुमान गरेका थिए। त्यस्तै, प्रतिशेयर समायोजित नाफा ६५ सेन्ट पुगेको छ, जुन विश्लेषकहरूको ६० सेन्टको अनुमानभन्दा बढी हो। यस अवधिमा कम्पनीले मासिक बिल तिर्ने ३ लाख ७९ हजार नयाँ मोबाइल ग्राहक थपेको छ। त्यस्तै, फाइबर इन्टरनेटका ४ लाख ४२ हजार र फिक्स्ड वायरलेस इन्टरनेटका ३ लाख २७ हजार नयाँ ग्राहक थपिएका छन्। एटीएन्डटीले उच्च गतिको इन्टरनेटको बढ्दो माग पूरा गर्न फाइबर नेटवर्क विस्तारमा लगानी बढाएको छ। गत महिना कम्पनीले फाइबर र केबल आपूर्तिका लागि कर्निङसँग ३ अर्ब डलरभन्दा बढीको बहुवर्षीय सम्झौता गरेको थियो। सन् २०२५ को मेमा कम्पनीले लुमेनको उपभोक्ता फाइबर व्यवसाय ५ अर्ब ७५ करोड डलरमा खरिद गर्ने सम्झौता पनि गरेको थियो। यसैबीच, मेक्सिकोको मोबाइल व्यवसाय २ अर्ब डलरमा बिक्री गर्ने योजनासँग सम्बन्धित गैरनगद खर्चका रूपमा कम्पनीले २ अर्ब ६० करोड डलर बराबरको सम्पत्ति मूल्य समायोजन खर्च जनाएको छ। आम्दानी र नाफाको नतिजा अपेक्षाभन्दा राम्रो आए पनि कम्पनीको सेयर मूल्य बजार खुल्नुअघिको कारोबारमा उतारचढावबीच ३.८ प्रतिशतले घटेको थियो। The post एटीएन्डटीले बढायो वार्षिक नाफाको अनुमान, बन्डल सेवाबाट ग्राहक टिकाउने रणनीति appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द
प्रविधिJust now

सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

५ कात्तिक, काठमाडौं। विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र क्षति हुन नदिन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो । केन्द्रका अनुसार पीएचपी प्रविधिमा […] The post सुरक्षा ...

आइसिटी फ्रेम
जापानमा दुर्लभ खनिज ‘इट्रियम’को आपूर्ति ठप्प, प्रविधि र औद्योगिक उत्पादन क्षेत्रमा समेत असर पर्न सक्ने
प्रविधिJust now

जापानमा दुर्लभ खनिज ‘इट्रियम’को आपूर्ति ठप्प, प्रविधि र औद्योगिक उत्पादन क्षेत्रमा समेत असर पर्न सक्ने

दुर्लभ माटो तत्व इट्रियमको विश्वव्यापी आपूर्ति ठप्प हुँदा जापानमा यसको अभाव गहिरिने चिन्ता बढेको छ। जापानी अधिकारीका अनुसार, आपूर्ति र मागबीच ठूलो असन्तुलन देखिएको छ भने उपलब्ध मौज्दात केही महिनाका लागि मात्र पर्याप्त हुन सक्छ। इट्रियम उपभोक्ता इलेक्ट्रोनिक्स, एलईडी, विमानका इन्जिन, अर्धचालक उत्पादनमा प्रयोग हुने उपकरण तथा विभिन्न औद्योगिक सामग्री निर्माणका लागि महत्वपूर्ण तत्व हो। यसको आपूर्ति प्रभावित हुँदा प्रविधि र ...

टेक्नोलोजी खबर
भारतमा स्मार्टफोनको ढुवानी तेस्रो त्रैमासिकमा २६ प्रतिशतले घट्यो, सन् २०१६ यताकै न्यून
प्रविधिJust now

भारतमा स्मार्टफोनको ढुवानी तेस्रो त्रैमासिकमा २६ प्रतिशतले घट्यो, सन् २०१६ यताकै न्यून

ओम्डियाको नयाँ प्रतिवेदनअनुसार, भारतमा सन् २०२६ को तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर) मा स्मार्टफोनको ढुवानी गत वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले घटेर ३ करोड ५८ लाख थानमा झरेको छ। यससँगै चाडपर्वको मौसम सुरु भए पनि सन् २०२६ को तेस्रो त्रैमासिकमा सन् २०१६ यताकै सबैभन्दा कम स्मार्टफोन ढुवानी भएको छ। यसको मुख्य कारण स्मार्टफोनको बढ्दो मूल्य र उपभोक्ताले खर्च गर्दा अपनाएको सावधानी ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play