भारतमा स्मार्टफोनको ढुवानी तेस्रो त्रैमासिकमा २६ प्रतिशतले घट्यो, सन् २०१६ यताकै न्यून

ओम्डियाको नयाँ प्रतिवेदनअनुसार, भारतमा सन् २०२६ को तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर) मा स्मार्टफोनको ढुवानी गत वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले घटेर ३ करोड ५८ लाख थानमा झरेको छ। यससँगै चाडपर्वको मौसम सुरु भए पनि सन् २०२६ को तेस्रो त्रैमासिकमा सन् २०१६ यताकै सबैभन्दा कम स्मार्टफोन ढुवानी भएको छ। यसको मुख्य कारण स्मार्टफोनको बढ्दो मूल्य र उपभोक्ताले खर्च गर्दा अपनाएको सावधानी हो। वास्तवमा, बढ्दो मूल्यकै कारण उपभोक्ताले खर्चमा सावधानी अपनाएको हुन सक्ने भएकाले यी दुईलाई अलग-अलग कारण मान्न पनि कठिन छ। सन् २०२४ को पहिलो त्रैमासिकपछि पहिलो पटक सामसङ फेरि शीर्ष स्थानमा पुगेको छ। कम्पनीले ६७ लाख थान स्मार्टफोन ढुवानी गर्दै बजारको करिब १९ प्रतिशत हिस्सा ओगटेको छ। यसका सबैभन्दा बढी बिक्री भएका फोनमा ग्यालेक्सी ए०७, ग्यालेक्सी ए१७ र ग्यालेक्सी ए२७ छन्। ग्यालेक्सी एस२६ सिरिज, नयाँ फोल्डेबल फोन र ग्यालेक्सी एस२६ एफईले पनि बिक्री बढाउन सहयोग गरे। जीएसएमएरिनाका अनुसार भिभो ६४ लाख थान स्मार्टफोन ढुवानी गर्दै दोस्रो स्थानमा झरेको छ। कम्पनीको ढुवानी गत वर्षको तुलनामा ३४ प्रतिशतले घटेको छ, जुन शीर्ष पाँच ब्रान्डमध्ये सबैभन्दा ठूलो गिरावट हो। पटक-पटक मूल्य बढाउँदा बिक्री सञ्जालमा मौज्दात व्यवस्थापन गर्न कठिन भएको थियो। साथै, कम मूल्यका फोनको आपूर्ति सीमित हुँदा प्रतिस्पर्धात्मक क्षमता पनि कमजोर भयो। भिभोको ढुवानीमा मुख्य योगदान वाई११ फाइभजी र वाई२१ फाइभजी को थियो। एस२ को नेतृत्वमा एस सिरिजका फोनहरू पुनः बजारमा आउनुले पनि योगदान पुर्यायो। ओप्पो ४९ लाख थान स्मार्टफोन ढुवानी गर्दै तेस्रो स्थानमा रह्यो। बढ्दो मूल्य र खुद्रा विक्रेताले सावधानीपूर्वक सामान मौज्दात राख्दा कम्पनीको मुख्य ए सिरिज प्रभावित भयो। तर रेनो१६ सिरिजले क्यामरामा आधारित विशेषता र किस्ताबन्दी भुक्तानीका योजनामार्फत प्रिमियम फोनको बजार विस्तारमा सहयोग गर्यो। साओमी ४७ लाख थान स्मार्टफोन ढुवानी गर्दै चौथो स्थानमा रह्यो। पार्टपुर्जाको मूल्य बढ्दा कम्पनीले परम्परागत रूपमा दिँदै आएको कम मूल्यमा बढी सुविधा पाउने लाभ कमजोर भयो। रेडमी १५ए र रेडमी ए७ ले बिक्रीमा मुख्य योगदान गरे भने रेडमी नोट १७ सिरिज, पोको एक्स८ र पोको एक्स८ पावरले कम्पनीको बढी मूल्यका फोनको बजार विस्तारमा सहयोग गरे। एप्पल ३९ लाख थान स्मार्टफोन ढुवानी गर्दै शीर्ष पाँचमा परेको छ। मूल्य बढ्ने अपेक्षाअघि बिक्री सञ्जालमा फोनको मौज्दात बढाइनु र नयाँ आधारभूत आईफोन १८नआएकाले आईफोन १७ तथा आईफोन १६ को माग कायम रहनुले कम्पनीलाई सहयोग गर्यो। त्रैमासिकको अन्त्यतिर सार्वजनिक भएका आईफोन १८प्रो र आईफोन १८प्रो म्याक्सको बिक्रीले पनि गति लियो। बैंकबाट नगद फिर्ता पाउने सुविधा, पुरानो फोन साट्दा दिइने अतिरिक्त रकम र ब्याज नलाग्ने किस्ताबन्दी योजनाले बिक्री बढाउन मद्दत गरे। तेस्रो त्रैमासिकमा चिनियाँ ब्रान्डहरूको संयुक्त बजार हिस्सा घटेर करिब ६८ प्रतिशतमा पुगेको छ। गत वर्षको सोही त्रैमासिकमा यस्तो हिस्सा ७५ प्रतिशत थियो। यसबीच सामसङ र एप्पलले आफ्नो बजार स्थिति बलियो बनाएका छन्। आगामी दिनमा भारतको स्मार्टफोन बजार सन् २०२७ मा पनि थप केही प्रतिशतले घट्ने ओम्डियाको अनुमान छ। मूल्यसम्बन्धी दबाब कम्तीमा सन् २०२७ को पहिलो छ महिनासम्म कायम रहने सम्भावना छ। भारतमा करिब १० जनामध्ये चार जनाले उपयोगी कृत्रिम बुद्धिमतासम्बन्धी सुविधा भए स्मार्टफोनका लागि बढी पैसा तिर्न तयार हुन सक्ने बताएका छन्। त्यसैले आगामी दिनमा फोन निर्माता कम्पनीहरूले यो पक्षलाई आफ्नो फाइदाका लागि उपयोग गर्ने प्रयास गर्न सक्ने जीएसएमएरिना डटकमले उल्लेख गरेको छ। The post भारतमा स्मार्टफोनको ढुवानी तेस्रो त्रैमासिकमा २६ प्रतिशतले घट्यो, सन् २०१६ यताकै न्यून appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

PHP का गम्भीर सुरक्षा कमजोरी सार्वजनिक, नेपालसहित विश्वभरका सरकारी वेबसाइट प्रभावित
काठमाडौं, कात्तिक ५ । विश्वभर व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट प्रभावित भएका छन्। नेपालका केही सरकारी वेबसाइटसमेत खुल्न नसकेको जनाइएको छ। सुरक्षा कमजोरी सार्वजनिक भएसँगै ह्याकरले त्यसको दुरुपयोग गर्न सक्ने जोखिम बढेको छ। त्यसैले वेबसाइट सञ्चालकहरू प्रणाली सुरक्षित बनाउन सक्रिय भएका छन्। नेपालमा सरकारी बिदा परेकाले यस विषयमा ...

नेटफ्लिक्सको तेस्रो त्रैमासिक नतिजा पूर्वानुमानभन्दा राम्रो, प्रयोगकर्ता टिकाइराख्ने चुनौती
नेटफ्लिक्सको तेस्रो त्रैमासिक नतिजा अधिकांश पूर्वानुमानभन्दा राम्रो देखिएको छ, तर कम्पनीले आर्थिक वर्ष २०२६ का लागि आफ्नो प्रक्षेपणमा भने केही कटौती गरेको छ। कर्मचारी कटौतीका लागि लागेको खर्च र विज्ञापन प्रविधि विकासमा भएको ढिलाइका कारण विज्ञापन बिक्री सुस्त हुनुले गर्दा यो प्रक्षेपण घटाइएको हो। यसका साथै, कम्पनीले सन् २०२७ को मार्चदेखि कोलम्बिया, पेरु र न्युजिल्यान्डमा विज्ञापन सेवा सुरु गर्ने घोषणा गरेको छ। यसअघि, ...

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ
अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन् । उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ। राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मङ्गलबार पक्राउ गरिएको हो । उनले सन् २०२३ अगस्टदेखि सन् २०२६ ...


