Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एउटा निर्वाचन हार्दैमा हत्तोत्साही हुनुपर्दैन : विद्यादेवी भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एउटा निर्वाचन हार्दैमा हत्तोत्साही हुनुपर्दैन : विद्यादेवी भण्डारी
Photo / Coverage: पर्दाफास

नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निराश र निरुत्साहित नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन् । बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले निर्वाचनमा हार्दैमा राजनीतिक आन्दोलनको भविष्य समाप्त नहुने बताएकी हुन् । गत वर्ष भदौ २३ र २४ गतेका घटनाक्रम तथा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले पार्टीका नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको हुन सक्ने उल्लेख गर्दै उनले विगतका संघर्ष र सफलताबाट प्रेरणा लिएर वर्तमान चुनौतीको सामना गर्नुपर्ने बताइन् । भण्डारीले एमालेले विगतमा अनेकौँ कठिन परिस्थिति र चुनौतीको सामना गर्दै राजनीतिक यात्रा अघि बढाएको स्मरण गरिन् । पञ्चायती व्यवस्थाको दमन, विश्व कम्युनिस्ट आन्दोलनले व्यहोरेको संकट तथा मदन–आश्रितको रहस्यमय हत्यापछिको कठिन परिस्थितिमा समेत पार्टी विचलित नभएको उनको भनाइ थियो । उनले विगतका चुनौतीलाई शक्तिमा रूपान्तरण गर्दै एमालेले नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र लोकतान्त्रिक आन्दोलनको निर्णायक हिस्साका रूपमा आफूलाई स्थापित गरेको बताइन् । ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन । तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो,’ उनले भनिन् । भण्डारीले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको धक्काबारे व्यापक छलफल र समीक्षा भइसकेको उल्लेख गर्दै समीक्षाबाट प्राप्त निष्कर्ष नेतृत्वदेखि कार्यकर्तासम्म सबै तहले इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । उनका अनुसार पार्टीलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउन नेता तथा कार्यकर्ताबीच जिम्मेवारीको व्यावहारिक कार्यविभाजन, योगदान र क्षमताको उचित मूल्याङ्कन तथा सबै तहबीच साझा उद्देश्य निर्माण गर्न आवश्यक छ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा विकसित चुनौती सामना गर्न पार्टीले थप सक्रियता, पहलकदमी र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताइन् । हालको निर्वाचन परिणामलाई अस्थायी धक्काको संज्ञा दिँदै भण्डारीले सही कार्यदिशा र दृढ प्रतिबद्धताका साथ अघि बढे जनताको विश्वास र समर्थन पुनः प्राप्त गर्न सकिने बताइन् । सम्बोधनका क्रममा उनले आफू कुनै पद प्राप्तिका लागि राजनीतिमा सक्रिय नभएको पनि स्पष्ट पारिन् । कम्युनिस्ट आन्दोलन र नेकपा एमालेलाई बलियो राजनीतिक शक्तिका रूपमा विकास गर्ने उद्देश्यले सक्रिय राजनीतिमा फर्किएको उनको भनाइ थियो । राजनीतिमा थकाइ र विश्राम भन्ने नहुने उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई निराश नभई सक्रियता र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल र कोरियाका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ बन्दै
OthersJust now

नेपाल र कोरियाका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ बन्दै

काठमाडौँ । नेपाल र दक्षिण कोरियाका फिल्मकर्मीको सहकार्यमा नयाँ अन्तर्राष्ट्रिय फिचर फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ निर्माण हुने भएको छ । बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो । यस फिल्ममा दक्षिण कोरियाका निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ र काठमाडौँ फिल्म्सका संस्थापक तथा नेपाली सह निर्माता चन्दन झा जोडिएका छन् ।… ...

अनलाइन खबर
भदौ २३-२४ को घटना लोकतान्त्रिक प्रणालीभित्र स्वीकार्य छैन : केपी ओली
OthersJust now

भदौ २३-२४ को घटना लोकतान्त्रिक प्रणालीभित्र स्वीकार्य छैन : केपी ओली

काठमाडौंमा जारी पार्टीको राष्ट्रिय भेला–२०८३ को दोस्रो दिनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले २३–२४ भदौ २०८२ को घटनालाई त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलापको संज्ञा दिए । ...

अनलाइन खबर
नेतृत्वविरुद्ध उभिँदा एमाले पराजित भएको थापाको निष्कर्ष
OthersJust now

नेतृत्वविरुद्ध उभिँदा एमाले पराजित भएको थापाको निष्कर्ष

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु निर्वाचनमा पराजय भोग्नुको प्रमुख कारण रहेको निष्कर्ष सुनाएका छन् । बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै थापाले पार्टीले राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न नसकेको, आन्तरिक एकता कायम गर्न नसकेको र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेको बताएका हुन् । उनले पार्टीभित्रको विभाजन, संगठनात्मक ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play