Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

प्रोटोन ई.मास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रोटोन ई.मास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। नोभेम्बर १० मा आयोजित कार्यक्रममा ई.मास ७ ले ‘सेफ्टी असिस्ट’ विधामा अवार्ड जितेको हो। यस उपलब्धिले ई.मास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रति प्रोटोनले दिएको प्राथमिकतालाई उजागर गरेको कम्पनीले जनाएको छ। ई.मास ७ मा विभिन्न सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर तयार गरिएका सुरक्षा तथा चालक सहायता सुविधाहरू छन्। यसको २०२६ मोडलमा थप सुविधाका रूपमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट समावेश गरिएको छ। यी सुविधाले सवारी चलाउँदा चालकलाई थप सहायता प्रदान गर्छन्। अन्तर्राष्ट्रिय सम्मानसँगै ई.मास ७ ले मलेसियाको विद्युतीय सवारी बजारमा पनि राम्रो उपस्थिति कायम गरेको छ। सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म यस मोडलका ५ हजार ५७९ युनिट बिक्री भएका छन्। अक्टोबर महिनामा मात्रै ६१६ युनिट बिक्री भएको कम्पनीले जनाएको छ। सोही अवधिमा प्रोटोन ई.मासका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएका छन्। यसले मलेसियामा कम्पनीका विद्युतीय सवारीप्रति बढ्दो आकर्षण देखाउँछ। नेपालमा प्रोटोन ई.मास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत बिक्री हुँदै आएको छ। प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यस विद्युतीय एसयूभीमा आधुनिक डिजाइन, प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न सुविधा छन्। गाडीमा सामान व्यवस्थित राख्न ३३ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन्। त्यस्तै, भेहिकल टु लोड (भीटूएल) सुविधामार्फत गाडीको ब्याट्रीबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ। यसले यात्राका क्रममा आवश्यक विद्युतीय उपकरण प्रयोग गर्न सहज बनाउँछ। यसमा रहेको ७ एनएम इन्टेलिजेन्ट ककपिट चिपले भ्वाइस कन्ट्रोल र मनोरञ्जनसम्बन्धी सुविधालाई सहज बनाउँछ। ई.मास ७ को प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ। यसमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण चार्ज गर्दा ३४५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ। त्यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ। यसले एकपटकको पूर्ण चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिन्छ। दुवै भेरियन्टमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यसबाट करिब २० मिनेटमा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। ई.मास ७ मा ११ किलोवाटसम्मको एसी चार्जिङ क्षमता र १०० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट पनि छ। अन्तर्राष्ट्रिय सुरक्षा सम्मान, उन्नत चालक सहायता प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने सुविधासहित ई.मास ७ ले नेपालको विस्तार हुँदै गएको विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ। The post प्रोटोन ई.मास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी श्रेष्ठलाई
Latest NewsJust now

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी श्रेष्ठलाई

काठमाण्डु– सहायक रथी राजेन्द्र श्रेष्ठले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । श्रेष्ठले मंसिर ३ गतेदेखि औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । जिम्मेवारी सम्हालेपछि उनले नेपाली सेनासँग विगतमा झैँ साथ, सहयोग तथा रचनात्मक सुझाव प्रदान गर्न सबैमा आग्रह गरेका छन् । उनले नेपाली सेनाको प्रवक्ताको रूपमा आफूलाई आवश्यक सहयोग, सहकार्य र सुझाव […] ...

काठमाण्डुपाटी
एआईमाथि विश्वव्यापी नियमन गर्ने प्रयासको विरोधमा ट्रम्प, चीनभन्दा पछि पर्ने चिन्ता
Latest NewsJust now

एआईमाथि विश्वव्यापी नियमन गर्ने प्रयासको विरोधमा ट्रम्प, चीनभन्दा पछि पर्ने चिन्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का छ । चीनको सेन्जेनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताए । एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम ...

फरकधार
मुक्कुमलुङको केबलकार आयोजना खारेज गर्न माग
Latest NewsJust now

मुक्कुमलुङको केबलकार आयोजना खारेज गर्न माग

साहारा लिम्बूताप्लेजुङ, मङ्सिर ३ गते । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्र (मुक्कुमलुङ) मा प्रस्तावित केबुलकार निर्माण योजना तत्काल खारेज गर्न माग गर्दै संरक्षण अभियानमा सक्रिय द... ...

गोरखापत्र
प्रोटोन ईमास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड, नेपालमा कति छ मूल्य ?
Latest NewsJust now

प्रोटोन ईमास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड, नेपालमा कति छ मूल्य ?

काठमाडौं । मलेसियाली विद्युतीय एसयूभी प्रोटोन ईमास ७ ले अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड प्राप्त गरेको छ । नोभेम्बर १० मा मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा यसले ‘सेफ्टी असिस्ट’ विधामा अवार्ड जितेको हो । कम्पनीका अनुसार गाडीमा रहेका आधुनिक सुरक्षा प्रविधिका कारण यो अवार्ड प्रदान गरिएको हो। सन् २०२६ को मोडलमा इभेसिभ म्यानुभर […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play