Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

मधेशका स्थानीय तह पनि रास्वपाले ‘क्लिन स्वीप’ गर्नुपर्छ -मन्त्री सुनिल लम्साल

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेशका स्थानीय तह पनि रास्वपाले ‘क्लिन स्वीप’ गर्नुपर्छ -मन्त्री सुनिल लम्साल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सङ्घीय सरकारका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले आगामी स्थानीय तह निर्वाचनमा मधेश प्रदेशका सबै स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन स्वीप’ गर्नुपर्ने बताएका छन् । रास्वपा जनकपुरधाम नगर कमिटीले बुधबार जनकपुरमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले मधेशमा पार्टीले ‘क्लिन स्वीप’ गर्ने लक्ष्य राख्नुपर्ने बताएका हुन् । उनले पार्टीका समर्थक तथा कार्यकर्तालाई कसैसँग डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा रास्वपाको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे ।उनका अनुसार विगत १० वर्षको बजेट एकमुष्ट जोड्दा पनि चालु आर्थिक वर्षको बजेट बढी रहेको छ । बजेटको तुलनात्मक हिसाब हेरेर मधेशका मतदाताले विगतमा कुन दललाई स्थानीय तहमा मत दिए र त्यसबाट के उपलब्धि भयो भन्ने समीक्षा गर्नुपर्ने उनको भनाइ थियो । लम्सालले विगतका सरकार र राजनीतिक दलले मधेशका लागि गरेको कामको मूल्यांकन गरेर मतदाताले निर्णय लिनुपर्ने बताए । रास्वपाले मधेशका लागि गरेको काम इतिहासमा अन्य कुनै सरकारले नगर्ने दाबीसमेत उनले गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र निरन्तर सिक्ने क्षमता आवश्यक : परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र निरन्तर सिक्ने क्षमता आवश्यक : परराष्ट्रमन्त्री खनाल

उनले प्रभावकारी कूटनीतिको सुरुआत आफ्नै देश, समाज, संस्कृति र सबल पक्षलाई गहिरोसँग बुझ्नबाट हुने स्पष्ट पारे। ...

हाम्राकुरा
स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग
Latest NewsJust now

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग

काठमाडौँ । गैरदलीय स्थानीय सरकार निर्माण अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गरेको छ । अभियानले सो निर्वाचनका लागि आवश्यक कानुनी व्यवस्था गर्न समेत निर्वाचन आयोगसँग माग गरेको... ...

रातोपाटी
प्रोटोन ई.मास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड
Latest NewsJust now

प्रोटोन ई.मास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड

काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। नोभेम्बर १० मा आयोजित कार्यक्रममा ई.मास ७ ले ‘सेफ्टी असिस्ट’ विधामा अवार्ड जितेको हो। यस उपलब्धिले ई.मास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रति प्रोटोनले दिएको प्राथमिकतालाई उजागर गरेको कम्पनीले जनाएको छ। ई.मास ७ मा विभिन्न सडक ...

कर्पोरट खबर
सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : अध्यक्ष ओली
Latest NewsJust now

सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भुमिका निर्वाह गर्ने पक्षमा एमाले नरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले नेकपा एमाले देशमा अस्तित्वमा रहेको प्रमुख प्रतिपक्षी दल भएको उल्लेख गर्दै सरकारका गलत कामको प्रतिवाद गर्ने बताउनुभएको हो । ओलीले गएको निर्वाचनमा एमालेको पराजयलाई जनताबाट अलगिएको परिणामका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play