Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : अध्यक्ष ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : अध्यक्ष ओली
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भुमिका निर्वाह गर्ने पक्षमा एमाले नरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले नेकपा एमाले देशमा अस्तित्वमा रहेको प्रमुख प्रतिपक्षी दल भएको उल्लेख गर्दै सरकारका गलत कामको प्रतिवाद गर्ने बताउनुभएको हो । ओलीले गएको निर्वाचनमा एमालेको पराजयलाई जनताबाट अलगिएको परिणामका रूपमा व्याख्या गर्न नमिल्ने जिकिर गर्नुभयो । निर्वाचनका लागि सुरुदेखि नै प्रतिकूल वातावरण सिर्जना गरिएको र एमालेलाई एक्ल्याउने प्रयास भएको उहाँको आरोप छ । उहाँले संसदको असंवैधानिक विघटनलाई मान्यता दिइएको भन्दै न्यायालयको भुमिकामाथि प्रश्न उठाउनु भयो । संविधान र कानूनअनुसार न्यायिक निर्णय हुन नसकेको भन्दै उहाँले त्यसबेला न्यायालयले न्याय दिन नसकेको टिप्पणी गर्नुभयो । निर्वाचनको वातावरण नभएको भन्दै एमालेले शुरुदेखि आवाज उठाए पनि पार्टीले निर्वाचन बहिष्कार नगरेको उहाँले बताउनु भयो । निर्वाचनमा सहभागी नभएको भए एमालेमाथि थप गलत व्याख्या र प्रहार हुनसक्ने भएकाले प्रतिकूल अवस्थामा पनि चुनावमा गएको उहाँको भनाइ थियो । ओलीले विभिन्न शक्ति लागेर एमालेलाई समाप्त पार्न खोजे पनि पार्टी अझै बलियो अवस्थामा रहेको दाबी गर्नुभयो । उहाँले टर्कीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा नेपालको सहभागितालाई लिएर सरकारको आलोचना गर्नुभयो । नेपालको सहभागिता कमजोर रहेको भन्दै उहाँले जलवायु परिवर्तनको मुद्दा पर्यटनसँग मात्र नभई हिमाल, हिमनदी, जल पुनर्भरण प्रणाली र समग्र जनधनको सुरक्षासँग जोडिएको बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘गएको निर्वाचनमा हाम्रो लज्जास्पद हार भयो । तर यसको कारण जनताबाट टाढिनु मात्र थिएन । निर्वाचनअघि नै भयावह र असामान्य राजनीतिक वातावरण सिर्जना गरिएको थियो । संसद्को असंवैधानिक विघटनलाई किन स्वीकार गरियो ? त्यसविरुद्ध किन आवाज उठाइएन ? संविधान र कानूनअनुसार न्यायिक निर्णय किन भएन ? यी प्रश्नहरूको गम्भीर समीक्षा हुनुपर्छ । हामीले शुरुदेखि नै निर्वाचनका लागि उपयुक्त वातावरण नभएको भन्दै आएका थियौँ । हामीलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भयो । तर प्रतिकूल परिस्थितिका बाबजुद हामीले निर्वाचनमा भाग लियौँ । नेकपा एमाले आज पनि देशको प्रमुख प्रतिपक्षी शक्तिका रूपमा रहेको छ । हामी सरकारको ओत लागेर होइन, स्वतन्त्र प्रतिपक्षको भूमिकामा रहेर राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र जनताको अधिकारको रक्षा गर्नेछौँ । सरकारका कामकारबाही र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुतिबारे पनि गम्भीर प्रश्न उठेका छन् । विशेषगरी टर्कीमा आयोजित कोप ३१ सम्मेलनमा नेपालको सहभागिता र प्रस्तुतिलाई प्रभावकारी बनाउन नसकिएको देखियो । जलवायु परिवर्तन नेपालको पर्यटनको मात्र विषय होइन । यो विश्वव्यापी वातावरण, हिमाल, हिमनदी र समग्र पारिस्थितिक प्रणालीको संरक्षणसँग जोडिएको विषय हो। हिमालको संरक्षण भनेको पानीको पुनर्भरण प्रणाली, जनधनको सुरक्षा र मरुभूमीकरण रोक्ने सवाल पनि हो । त्यसैले नेपालको जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन आवश्यक छ ।’ हिमालको संरक्षण नेपालको मात्र नभई विश्वव्यापी सरोकारको विषय भएको उल्लेख गर्दै ओलीले जलवायु परिवर्तनका असर रोक्न गम्भीर पहल आवश्यक रहेको बताउनु भयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी श्रेष्ठलाई
Latest NewsJust now

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी श्रेष्ठलाई

काठमाण्डु– सहायक रथी राजेन्द्र श्रेष्ठले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । श्रेष्ठले मंसिर ३ गतेदेखि औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । जिम्मेवारी सम्हालेपछि उनले नेपाली सेनासँग विगतमा झैँ साथ, सहयोग तथा रचनात्मक सुझाव प्रदान गर्न सबैमा आग्रह गरेका छन् । उनले नेपाली सेनाको प्रवक्ताको रूपमा आफूलाई आवश्यक सहयोग, सहकार्य र सुझाव […] ...

काठमाण्डुपाटी
एआईमाथि विश्वव्यापी नियमन गर्ने प्रयासको विरोधमा ट्रम्प, चीनभन्दा पछि पर्ने चिन्ता
Latest NewsJust now

एआईमाथि विश्वव्यापी नियमन गर्ने प्रयासको विरोधमा ट्रम्प, चीनभन्दा पछि पर्ने चिन्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का छ । चीनको सेन्जेनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताए । एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम ...

फरकधार
मुक्कुमलुङको केबलकार आयोजना खारेज गर्न माग
Latest NewsJust now

मुक्कुमलुङको केबलकार आयोजना खारेज गर्न माग

साहारा लिम्बूताप्लेजुङ, मङ्सिर ३ गते । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्र (मुक्कुमलुङ) मा प्रस्तावित केबुलकार निर्माण योजना तत्काल खारेज गर्न माग गर्दै संरक्षण अभियानमा सक्रिय द... ...

गोरखापत्र
प्रोटोन ईमास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड, नेपालमा कति छ मूल्य ?
Latest NewsJust now

प्रोटोन ईमास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड, नेपालमा कति छ मूल्य ?

काठमाडौं । मलेसियाली विद्युतीय एसयूभी प्रोटोन ईमास ७ ले अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड प्राप्त गरेको छ । नोभेम्बर १० मा मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा यसले ‘सेफ्टी असिस्ट’ विधामा अवार्ड जितेको हो । कम्पनीका अनुसार गाडीमा रहेका आधुनिक सुरक्षा प्रविधिका कारण यो अवार्ड प्रदान गरिएको हो। सन् २०२६ को मोडलमा इभेसिभ म्यानुभर […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play