Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

ऋण असुलीबाट समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऋण असुलीबाट समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी, शिवशिखर सहकारीका २३ जनाको पुर्ण बचत र कान्तीपुर सहकारी,गौतमश्री बहुउदेश्यीय सहकारी, कृषि विकास बहुउदेश्यीय सहकारी, श्री लालिगुराँस बहुउदेश्यीय सहकारीको ९९ जनाको आंशिक बचत फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
समस्याग्रस्त सहकारीबाट बचत फिर्ता
Latest NewsJust now

समस्याग्रस्त सहकारीबाट बचत फिर्ता

काठमाडौं।सात वटा समस्याग्रस्त सहकारीले १२२ जनाको बचतकर्ताको बचत रकम फिर्ता गरेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीले २३ जनाको पूर्ण बचत फिर्ता गरेका छन्। त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले ९९ जनाको बचतकर्ताको आंशिक बचत रकम फिर्ता दिएका हुन्। भूमि व्यवस्था, ...

नेपालन्युज
अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता
Latest NewsJust now

अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

वासिङ्टन, कात्तिक १८ गते । अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले प्रारम्भिक सफलता हासिल गर्दै रिपब्लिकनको एक सिनेट सिट जितेको छ । रिपब्लिकनको बलियो पकड मानिएका क्षेत्रमा स... ...

गोरखापत्र
मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु
Latest NewsJust now

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकबाट विभिन्न निर्णय गरिनेछ । The post मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal. ...

कर्पोरट खबर
आईजीपीमा मनोजकुमार केसी, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
Latest NewsJust now

आईजीपीमा मनोजकुमार केसी, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाउँदै एआईजीलाई नेपाल प्रहरीको नयाँ नेतृत्व दिएको एक मन्त्रीले बताए। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play