Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रूपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्मः एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठ’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीसँग भेटवार्ता गर्ने उनका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले बताए । सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग र जलवायु क्षतिपूर्तिको विषय उठाउने महर्जनले बताए । भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तरराष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी हुनुहुन्छ । मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

चक्रवात अर्नबको जोखिम, भारतमा उद्धारकार्य तीव्र
ताजा खबरJust now

चक्रवात अर्नबको जोखिम, भारतमा उद्धारकार्य तीव्र

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग (आइएमडी) ले चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने जनाएको छ । विभागले मङ्गलबार जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’ का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । ...

केन्द्रबिन्दु
भोटेकोसी बाढीका कारण घरपरिवार र व्यवसायम ७९ अर्बको क्षति
ताजा खबरJust now

भोटेकोसी बाढीका कारण घरपरिवार र व्यवसायम ७९ अर्बको क्षति

रसुवाको भोटेकोसी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ।   राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसायरप्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ। सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरण... ...

नेपालखबर
कांग्रेस महाधिवेशनमा धेरै मतान्तरले जितेका ५ उम्मेदवार
ताजा खबरJust now

कांग्रेस महाधिवेशनमा धेरै मतान्तरले जितेका ५ उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेस गत असोज १८ देखि २३ गतेसम्म भएको १५औँ महाधिवेशनमा आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दा केही उम्मेदवार ठुलो मतान्तरले निर्वाचित भएका छन् ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play