चक्रवात अर्नबको जोखिम, भारतमा उद्धारकार्य तीव्र

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग (आइएमडी) ले चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने जनाएको छ । विभागले मङ्गलबार जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’ का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशका अधिकारीहरूले तल्लो तथा बढी जोखिम भएका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । केही जिल्लामा मङ्गलबारदेखि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गरिएको छ । राज्यका मुख्यमन्त्री नारा चन्द्रबाबु नायडूले आँधीको निरन्तर निगरानी गर्न र पूर्वसावधानी अपनाउन निर्देशन दिएको उनको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । द इन्डियन एक्सप्रेस का अनुसार सम्भावित जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने चार हजार सात सयभन्दा बढी गर्भवती महिलालाई अस्पतालमा सारिएको छ । भारतको मौसम विभागले चक्रवातका कारण कमजोर घरहरू पूर्ण रूपमा भत्किन सक्ने, स्थानीय क्षेत्रमा बाढी आउन सक्ने तथा बिजुली र सञ्चारका खम्बा ढल्न सक्ने चेतावनी दिएको छ । आँधीले खेतमा लगाइएका बालीमा पनि व्यापक क्षति पु¥याउन सक्ने विभागको अनुमान छ । बङ्गालको खाडी र उत्तरी हिन्द महासागरमा चक्रवात नियमित जोखिमका रूपमा रहँदै आएका छन् । उत्तरी अटलान्टिकमा यस्ता आँधीलाई ‘हरिकेन’ र प्रशान्त महासागरमा ‘टाइफुन’ भनिन्छ । यसपटक एल निनो मौसमी घटनाले तापक्रम असाधारण रूपमा बढाएकाले आँधीको मौसम थप शक्तिशाली बनेको समाचारमा उल्लेख छ । यसैबीच, छिमेकी श्रीलङ्कामा पनि मुसलधारे वर्षाको चेतावनी जारी गरिएको छ । त्यहाँको मौसम विज्ञान विभागले आँधीका कारण आकस्मिक बाढी र पहिरो जान सक्ने जोखिम औँल्याउँदै विद्यालयहरू बन्द गरेको छ । कोलम्बोस्थित विपद् व्यवस्थापन केन्द्रका अनुसार सेनालाई पनि सतर्क अवस्थामा राखिएको छ । -एएफपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ
काठमाडौं।काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल काठमाडौं महानगरपालिका–१३ कालीमाटी बस्ने २५ वर्षीय विकास ...

पोखराको ‘टाइटल स्पोन्सर’मा शहंशाह अपार्टमेन्ट
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले एनपीएल सिजन ३ को पहिलो खेलमा बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । ...

कर्णालीविरुद्ध जनकपुरले थाल्यो ब्याटिङ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले ब्याटिङ थालेको... ...
.jpg)
पाँचदिने निःशुल्क योग शिविर हुने
अनिल पराजुलीहेटौँडा, कात्तिक १० गते । नसर्ने रोगको न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले हेटौँडामा पाँचदिने निःशुल्क वृहद् योग विज्ञान शिविर आयोजना हुनेभएको छ । पतञ... ...


