Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/उपत्यकाका सडकमा सवारी चाप बढ्दै

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ। मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइत पछि सडकमा सवारी साधन बढेका छन् । सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ । अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारी साधन सामान्य अवस्थामा सञ्चालनमा आइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए। “टीकाका दिन आज आफन्तकामा आउने–जाने मानिसको सङ्ख्या उल्लेख्य रुपमा बढ्दा गत दुई–तीन दिनको तुलनामा उपत्यकाका सडकमा सवारी साधन बाक्लो देखिएको छ”, उनले भने। ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन योजनाबद्धरुपमा ट्राफिक प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ । ट्राफिक प्रहरीले सम्भावित क्षेत्रमा निगरानी र ट्राफिक नियम पालना गराउन नियमित जाँच गरिरहेका छन् । दसैँ मनाउन गाउँघर पुगेको सर्वसाधारण आफ्नो पेसा व्यवसायका सिलसिलामा पुनः काठमाडौँ फर्कने क्रम पनि आजैदेखि सुरु भएको छ। नेपाल प्रहरीसँगको समन्वयमा यात्रु सुरक्षाका लागि सवारी सधानको यान्त्रिक परीक्षण, तीव्र गति, चालकले मादक पदार्थ र लागु औषध सेवन गरे, नगरेको परीक्षणलगायतलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए। ट्राफिक प्रहरीको सक्रियताका कारण सडक दुर्घटना र मानवीय क्षति न्यूनीकरण भएको उनको भनाइ छ। अब दसैँ मानेर काठमाडाैँ फर्कने यात्रुको चाप बढ्ने हुँदा प्रमुख नाका र राजमार्गमा सोही अनुसारको व्यवस्थापन गरिने प्रहरीले जनाएको छ। दसैँका अवसरमा काठमाडौँ उपत्यकाबाट करिब दश लाख नागरिक बाहिरिएको सुरक्षा निकायको अनुमान छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

‘मैले कहिल्यै महिला भनेर सहानुभूति मागिनँ, क्षमता प्रमाणित गरेरै आएँ’
ताजा खबरJust now

‘मैले कहिल्यै महिला भनेर सहानुभूति मागिनँ, क्षमता प्रमाणित गरेरै आएँ’

काठमाडौँ । नेपालको अर्थतन्त्र लामो समयदेखि न्यूनपुँजीगत खर्च र बजार मागको संकुचनबाट गुज्रिरहेको छ । नयाँ सरकार गठन भएको ६ महिना बितिसक्दा पनि निजी क्षेत्रको आत्मविश्वास अपेक्षित रूपमा फर्किन सकेको छैन... ...

रातोपाटी
बदलिए विजय, बदलिन पाएन विके
ताजा खबरJust now

बदलिए विजय, बदलिन पाएन विके

१३ वर्षअघि ‘कबड्डी’को विके चरित्रबाट दर्शकमाझ चिनिएका विजय बराल फेरि पाँचौं शृंखलामा त्यही भूमिकामा फर्किएका छन् । ‘पूर्णबहादुरको सारङ्गी’पछि नयाँ उचाइमा पुगेका विजयका लागि विके अझै उत्तिकै विशेष छ, जसले उनको अभिनय यात्रालाई नयाँ मोड दिएको थियो । ...

कान्तिपुर
थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु
ताजा खबरJust now

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यस वर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ । स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्त्व... ...

रातोपाटी
बेनी–जोमसोम–कोरला सडक : पुनर्निर्माण गर्न ४ अर्बसम्म खर्च लाग्ने
ताजा खबरJust now

बेनी–जोमसोम–कोरला सडक : पुनर्निर्माण गर्न ४ अर्बसम्म खर्च लाग्ने

म्याग्दी । पछिल्लो मनसुनमा आएको बाढी र पहिरोले चीनसँगको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकलाई नराम्ररी क्षति पुर्‍याएको छ। सडकका विभिन्न संरचनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन भने तीनदेखि चार अर्ब रुपैयाँसम्म खर्च गर्नुपर्ने देखिएको छ। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी, नदी कटान र ठाउँठाउँमा खसेको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play