Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

इनम प्रकरणमा विश्वप्रकाशको प्रश्न: गगन थापा लगायत विरुद्ध बयान दिए छोडिदिने,नत्र फसाइदिने भन्ने उजुरीको वास्तविकता के हो?

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनम प्रकरणमा विश्वप्रकाशको प्रश्न: गगन थापा लगायत विरुद्ध बयान दिए छोडिदिने,नत्र फसाइदिने भन्ने उजुरीको वास्तविकता के हो?
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको बयान र उहाँकी पत्नीले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीलाई लिएर प्रधानमन्त्रीसमक्ष गम्भीर प्रश्न उठाउनुभएको छ । शर्माले सापकोटाकी पत्नीले आयोगमा दिएको उजुरीमा उल्लेखित ‘कांग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने’ भन्ने विषयको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रश्न गर्दै उजुरीमा उल्लेखित विषय झुटो हो वा राज्यकै आडमा एकपछि अर्को अपराधका योजना बनिरहेका छन् भन्नेबारे स्पष्ट पार्नुपर्ने बताउनुभएको छ । शर्माले लेख्नुभएको छ, ‘काँग्रेस सभापति गगन थापालगायत व्यक्तिहरूविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने ! इनम सापकोटाकी श्रीमतीको उजुरीमा उल्लेखित विषयको वास्तविकता के हो प्रधानमन्त्रीज्यू ?’ उहाँले मानव अधिकार आयोगमा परेको उजुरीलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै यस प्रकरणको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभएको छ । ‘मानव अधिकार आयोगमा उहाँले दिनुभएको उजुरी झुटो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरू क्रमशः एकपछि अर्को बन्दैछन् ?’ उहाँले प्रश्न गर्नुभएको छ । के छ इनमकी पत्नीले मानव अधिकार आयाेगमा दिएकाे उजुरीमा ? अनधिकृत आर्थिक कारोबार तथा बिचौलियाको भूमिकासम्बन्धी आरोपमा अनुसन्धानका लागि पक्राउ परेका इनम सापकोटालाई प्रहरी हिरासतमा दबाब र यातना दिइएको दाबी गरिएकाे छ। उहाँकी पत्नी कविता पाण्डेले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगमा पतिको जीवन रक्षा र मानव अधिकार संरक्षणको माग गर्दै उजुरी दर्ता गराउनुभएको हो । उजुरीमा सापकोटालाई पक्राउ गरेपछि आँखामा कालोपट्टी बाँधेर अज्ञात स्थानमा लगिएको, मानसिक यातना दिइएको तथा विभिन्न राजनीतिक नेता, व्यवसायी र न्यायिक क्षेत्रका व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको उल्लेख छ । उजुरीमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, होटल हिमालयका नवीन तुलाधरलगायत व्यक्तिविरुद्ध प्रमाण र बयान दिन आफूलाई दबाब दिइएको सापकोटाको दाबी छ । उहाँलाई आफूले भनेअनुसार बयान नदिए लामो समय जेल बस्नुपर्ने गरी झुटा मुद्दा लगाउने र परिवारसमेतलाई जोखिममा पार्ने धम्की दिइएको उल्लेख छ । प्रहरीले आफूले लेखेको कागज पढ्न लगाएर अडियो रेकर्ड गरेको र त्यही सामग्रीलाई आधार बनाएर थप बयान दिन दबाब दिइएको दाबीसमेत उजुरीमा गरिएको छ । सापकोटाको उजुरीपछि राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे अनुसन्धान अघि बढाउने र सम्बन्धित सरकारी निकायसँग जानकारी लिने जनाएको छ । हिरासतमा रहेका सापकोटाको अवस्थाबारे अनुगमन गर्ने तयारीसमेत आयोगले गरेको छ । ‘इनम प्रकरण’लाई सस्पेन्स थ्रिलर फिल्म बनाउन मिल्दैन : शर्मा वरिष्ठ उपसभापति शर्माले लोकतन्त्रमा पारदर्शिता आधारभूत स्तम्भ भएको उल्लेख गर्दै ‘इनम प्रकरण’लाई रहस्यमय घटनाका रूपमा लम्ब्याउनुको सट्टा सम्पूर्ण सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भमध्ये एक हो । इनम प्रकरणलाई सस्पेन्स थ्रिलर फिल्मका रूपमा होइन, यसमा जोडिएका सम्पूर्ण सत्यतथ्य जान्न पाउने हक नागरिकलाई छ ।’ साे प्रकरणसँग सम्बन्धित घटनाक्रमका विभिन्न पाटाहरू क्रमशः सार्वजनिक भइरहेकाले अब वास्तविकता लुकाएर राख्न नहुने उहाँको भनाइ छ । षड्यन्त्रका तहहरू क्रमशः खुल्दै गएको उल्लेख गर्दै उहाँले अब सम्पूर्ण सत्य बाहिर आउनुपर्ने धारणा राख्नुभएको छ । शर्माले यस प्रकरणमा उठेका प्रश्नहरूको निष्पक्ष र पारदर्शी छानबिनका लागि संसद्ले अग्रसरता लिनुपर्नेमा जोड दिनुभएको छ ।उहाँले भन्नुभएको छ, ‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पूरै च्यातिनुपर्छ । वास्तविकता जे हो, त्यसउपर अब निष्पक्ष र पारदर्शी छानबिन गराउन संसद्ले अग्रसरता लिन जरुरी छ ।’ सापकोटामाथि लागेका आरोप, उहाँले प्रहरी अनुसन्धानका क्रममा दिएको भनिएको बयान र पत्नीमार्फत मानव अधिकार आयोगमा दर्ता भएको उजुरीबीचका विषयहरू अब निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्ने देखिन्छ । हिरासतमा रहेका व्यक्तिले लगाएको दबाब, यातना र धम्कीसम्बन्धी आरोपले प्रहरी अनुसन्धानको निष्पक्षता र राज्यको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अस्पतालको हलमा रास्वपाको कार्यकर्ता भेला, सभामुख अर्याल प्रमुख अतिथि
PoliticsJust now

अस्पतालको हलमा रास्वपाको कार्यकर्ता भेला, सभामुख अर्याल प्रमुख अतिथि

काठमाडौं, मंसिर १२ । राज्यको महत्वपूर्ण निकाय प्रतिनिधिसभाको सभामुखजस्तो गरिमामय पदमा रहनुभएका डोलप्रसाद अर्याल शुक्रबार बुटवलस्थित लायन्स आँखा अस्पतालमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकर्ता भेलामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ । लायन्स आँखा अस्पतालमा अस्पताल प्रशासनको छुट्टै कार्यक्रम आयोजना गरिएको भए पनि सोही परिसरको अर्को ठूलो हलमा रास्वपाका नगर, प्रदेश तथा संघीय तहका नेता–कार्यकर्ताको भेला आयोजना गरिएको थियो ...

जनताटाइम्स
गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा तथा पदस्थापना, ८ जिल्लाका प्रजिअ फेरिए
PoliticsJust now

गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा तथा पदस्थापना, ८ जिल्लाका प्रजिअ फेरिए

काठमाडौं, मंसिर १२ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयको मंसिर ११ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो । मन्त्रालयको निर्णयसँगै ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समेत फेरिएका छन् । निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा ...

जनताटाइम्स
संसदमा महाभियोग : प्रस्ताव आउँछन् टुङ्गोमा पुग्दैनन्
PoliticsJust now

संसदमा महाभियोग : प्रस्ताव आउँछन् टुङ्गोमा पुग्दैनन्

काठमाडौँ, मङ्सिर १२ गते । बिचौलिया भनिएका इनम सापकोटासँगको ह्वाट्सएप सञ्चारको विवरण बाहिरिएसँगै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउने न... ...

गोरखापत्र
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
Politics5h ago

रास्वपाले ६ प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

गोरखापत्र अनलाइनकाठमाडौँ, मङ्सिर ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement