धनकुटा । धनकुटा प्रहरीले अवैध गाँजा खेती फडानी तथा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । प्रहरीले शहीदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा १० रोपनी क्षेत्रफलमा रहेका ६ हजार ५ सय गाँजाका बोट फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतका इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखिल्ला र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–५ र साँगुरीगढी गाउँपालिका–८ का विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका तथा खेतबारीमा लगाइएका गाँजाका बोट नष्ट गरेको हो । यसअघि पनि प्रहरीले सोही क्षेत्रका विभिन्न खेतबारीमा लगाइएका ९ रोपनी क्षेत्रफलमा रहेका ५ हजार २ सय गाँजाका बोट फडानी गरी नष्ट गरेको थियो । अवैध गाँजा खेती फडानी तथा नष्ट गर्ने अभियानलाई प्रहरीले निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले बताए ।
धनकुटामा अवैध गाँजा खेती फडानी अभियान तीव्र

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






