Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजना तथा कार्यालयको स्थलगत अनुगमन

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजना तथा कार्यालयको स्थलगत अनुगमन
Photo / Coverage: नेपालन्युज

पाेखरा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत अनुगमन गरेका छन्। त्यसक्रममा उनले आयोजनाको भौतिक प्रगतिलगायत समग्र विषयमा जानकारी लिनुभएको थियो। मन्त्री श्रेष्ठसमक्ष आयोजना व्यवस्थापनका तर्फबाट हाससम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५–८६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराइएको थियो। मन्त्री श्रेष्ठले आयोजनास्थलमा देखिएको रुख कटानसम्बन्धी समस्या समाधान गरी आयोजनाको कामलाई थप गति दिन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए। कूल रु चार अर्ब ५२ करोड लागत रहेको यस आयोजना रुपातालको संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन र स्थानीय विकासका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ। रुपाताललाई वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना र पर्यापर्यटनको नमूना गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड छ। यही आधारमा कास्कीका अन्य तालको पनि संरक्षण योजना बनाउन सकिने उनले बताए। प्राकृतिक स्रोतको संरक्षण, विकास र दिगो उपयोगलाई सँगसँगै अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठले उल्लेख गरे। उनले शुक्रबार नै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँग भेट गरी पोखराको पहिचानसँग जोडिएको फेवाताललगायत गण्डकी प्रदेशका ताल तथा जलाशयहरूको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि सङ्घ र प्रदेशबीच सहकार्य गर्ने विषयमा छलफल गरे। दुई मन्त्रीबीच गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको बहुआयामिक उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई सङ्घ र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा कुराकानी भएको थियो। यस्तै मन्त्री श्रेष्ठले पोखरास्थित लेखनाथ सब–स्टेसनको स्थलगत अनुगमन गरी पोखरा तथा आसपासका क्षेत्रको विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे जानकारी लिए। अनुगमनका क्रममा उनले विद्युत् प्रणालीको वास्तविक समयको तथ्याङ्क व्यवस्थापन, अनुगमन र विश्लेषणका लागि डाटा सेन्टरको प्रभावकारी सञ्चालन तथा उपयोगिताबारे जानकारी लिए। हिउँदमा आन्तरिक उत्पादन, बढ्दो माग र अन्तरदेशीय विद्युत् व्यापारबीच उचित तालमेल मिलाउँदै विद्युत आपूर्ति व्यवस्थापन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए। उनले नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी विद्युत् वितरण प्रणालीको अवस्था, सेवा प्रवाह र सुधारका चुनौतीबारे जानकारी लिएका थिए। विद्युत् चुहावटलाई लक्ष्यभन्दा तल झार्ने, काठका पोल प्रतिस्थापन गर्ने, सामुदायिक विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने तथा बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग
Latest NewsJust now

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ। सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा क... ...

नेपालखबर
सर्लाहीमा टमाटर प्रशोधन उद्योग स्थापनाबारे अर्थमन्त्रीसँग सांसद कार्कीको छलफल
Latest NewsJust now

सर्लाहीमा टमाटर प्रशोधन उद्योग स्थापनाबारे अर्थमन्त्रीसँग सांसद कार्कीको छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा कार्कीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी सर्लाहीमा टमाटर प्रशोधन उद्योग स्थापना गर्ने विषयमा छलफल गरेकी छन्। भेटमा टमाटर प्रशोधन युनिट स्थापनाको कार्यविधि, आवश्यक बजेट विनियोजन तथा निजी क्षेत्रको लगानी र सहभागिताका सम्भावनाबारे छलफल भएको सांसद कार्कीले बताएकी छन्। सर्लाही टमाटर उत्पादनका लागि देशकै प्रमुख जिल्लामध्ये एक हो। सर्लाहीमा मात्र २ हजार हेक्टर भन्दा बढी क्षेत्रमा ...

टक्सार
धेरै अधुरा कामले थाकिरहेको छ तपाईंको मस्तिष्क ? तनाव कम गर्न अपनाउनुस् यी पाँच उपाय
Latest NewsJust now

धेरै अधुरा कामले थाकिरहेको छ तपाईंको मस्तिष्क ? तनाव कम गर्न अपनाउनुस् यी पाँच उपाय

काठमाडौं– काम सकिएपछि पनि दिमागमा अनेक कुरा खेलिरहन्छन् ? गर्न बाँकी कामको चिन्ताले फुर्सदको समयमा समेत मन शान्त हुँदैन ? यस्तो समस्या ‘जाइगार्निक प्रभाव’ का कारण हुन सक्छ । केही सामान्य उपाय अपनाएर अधुरा कामको मानसिक बोझ कम गर्न सकिन्छ । मेरो कम्प्युटरमा प्रायः दर्जनौँ ब्राउजर ट्याब खुलिरहेका हुन्छन् । तीमध्ये धेरैजसो यसै स्तम्भका लागि आवश्यक अनुसन्धान सामग्री हुन्छन् । आज ...

विश्वखबर
सर्लाहीको टमाटर प्रशोधन उद्योग स्थापनाबारे अर्थमन्त्रीसँग सांसद कार्कीको छलफल
Latest NewsJust now

सर्लाहीको टमाटर प्रशोधन उद्योग स्थापनाबारे अर्थमन्त्रीसँग सांसद कार्कीको छलफल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा कार्कीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी सर्लाहीमा टमाटर प्रशोधन उद्योग स्थापना गर्ने विषयमा छलफल गरेकी छन्। भेटमा टमाटर प्रशोधन युनिट स्थापनाको कार्यविधि, आवश्यक बजेट विनियोजन तथा निजी क्षेत्रको लगानी र सहभागिताका सम्भावनाबारे छलफल भएको सांसद कार्कीले बताएकी छन्। सर्लाही टमाटर उत्पादनका लागि देशकै प्रमुख जिल्लामध्ये एक हो। सर्लाहीमा मात्र २ हजार हेक्टर भन्दा बढी क्षेत्रमा ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement