Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सर्लाहीमा टमाटर प्रशोधन उद्योग स्थापनाबारे अर्थमन्त्रीसँग सांसद कार्कीको छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीमा टमाटर प्रशोधन उद्योग स्थापनाबारे अर्थमन्त्रीसँग सांसद कार्कीको छलफल
Photo / Coverage: टक्सार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा कार्कीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी सर्लाहीमा टमाटर प्रशोधन उद्योग स्थापना गर्ने विषयमा छलफल गरेकी छन्। भेटमा टमाटर प्रशोधन युनिट स्थापनाको कार्यविधि, आवश्यक बजेट विनियोजन तथा निजी क्षेत्रको लगानी र सहभागिताका सम्भावनाबारे छलफल भएको सांसद कार्कीले बताएकी छन्। सर्लाही टमाटर उत्पादनका लागि देशकै प्रमुख जिल्लामध्ये एक हो। सर्लाहीमा मात्र २ हजार हेक्टर भन्दा बढी क्षेत्रमा टमाटर खेती गर्ने गरिएको छ । राष्ट्रिय कृषि गणना २०७८/७९ ले सर्लाहीमा ३ हजार १९७ कृषि घरधुरीले ६८०.२ हेक्टरमा टमाटर खेती गरेको देखाएको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लालबन्दी, नवलपुर, अत्रौली, हरिपुर, हिरापुरलगायत क्षेत्रमा व्यावसायिक रूपमा टमाटर उत्पादन हुँदै आएको छ। यहाँ उत्पादित टमाटर काठमाडौंसहित देशका विभिन्न ठूला बजारमा आपूर्ति हुने गरेको छ। उत्पादनको समयमा बजारमा टमाटरको मूल्य घट्ने, भारतीय टमाटरसँग प्रतिस्पर्धा गर्नुपर्ने तथा तत्काल बिक्री गर्नुपर्ने बाध्यताका कारण किसानले उचित मूल्य नपाउने समस्या देखिँदै आएको छ। लालबन्दीबाट मात्रै दैनिक ठूलो परिमाणमा टमाटर काठमाडौंको कालीमाटीलगायत बजारमा पुग्ने गरेको विवरण छ। यही अवस्थालाई मध्यनजर गर्दै स्थानीय उत्पादनलाई प्रशोधनमार्फत मूल्य अभिवृद्धि गर्ने र बजारको मागअनुसार टमाटरको विभिन्न परिकार तथा प्रशोधित वस्तु उत्पादन गर्ने उद्योग आवश्यक रहेको सांसद कार्कीले बताएकी छन्। उनका अनुसार स्थानीय उत्पादनको उचित मूल्य सुनिश्चित गर्दै किसानको आम्दानी बढाउन र टमाटरको आयात प्रतिस्थापन गर्न प्रशोधन उद्योग महत्त्वपूर्ण हुनेछ। “उत्पादनदेखि प्रशोधन र बजारीकरणसम्म किसानलाई जोड्नु नै हाम्रो प्राथमिकता हो,” कार्कीले भनेकी छन्। उनले सर्लाहीमा टमाटर प्रशोधन युनिट स्थापना गर्न सरकारको बजेट तथा नीतिगत सहयोगसँगै निजी क्षेत्रको लगानी र सहभागिता आवश्यक रहेको बताएकी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आठ जिल्लाका सीडीओ परिवर्तन, अध्यागमन विभागको महानिर्देशकमा घिमिरे
Latest NewsJust now

आठ जिल्लाका सीडीओ परिवर्तन, अध्यागमन विभागको महानिर्देशकमा घिमिरे

काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गर्दै ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। गृह मन्त्रालयले मंसिर ११ गते गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो। जसअनुसार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ भने यसअघिका महानिर्देशक रामचन्द्र तिवारीलाई ...

केन्द्रबिन्दु
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग
Latest NewsJust now

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ। सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा क... ...

नेपालखबर
१०औँ राष्ट्रिय खेलकुदमा आयोजक कर्णाली पदकविहीन, बागमती शीर्ष स्थानमा
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुदमा आयोजक कर्णाली पदकविहीन, बागमती शीर्ष स्थानमा

सुर्खेत । कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समग्र पदक तालिकामा आयोजक कर्णाली प्रदेश पदकविहीन बनेको छ । प्रतियोगितामा सहभागी अन्य प्रदेश तथा विभागीय टोलीले पदक जितिरहँदा घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको कर्णालीले भने अहिलेसम्म स्वर्ण, रजत र कास्य कुनै पनि पदक जित्न सकेको छैन । प्रतियोगिताको समग्र पदक तालिकामा बागमती प्रदेशले अग्रता कायम गरेको छ । बागमतीले १७ स्वर्ण, ११ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement