Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

पुल नहुँदा तुइनको भर, जोखिमपूर्ण यात्रामा रसुवावासी

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुल नहुँदा तुइनको भर, जोखिमपूर्ण यात्रामा रसुवावासी
Photo / Coverage: पर्दाफास

भोटेकोशी नदीमा आएको बाढीले भौतिक संरचनासहित पुलहरू बगाएपछि रसुवाका स्थानीय बासिन्दा अहिले पनि सहज आवतजावतको पर्खाइमा छन् । गत भदौ १० गते आएको बाढीले गाउँ जोड्ने बाटो र पुलहरूमा क्षति पुर्याएपछि स्थानीयवासी तुइनको सहारामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हिउँदमा जसोतसो तुइन तरेर वारपार गरिरहेका उनीहरूलाई वर्षायाममा कसरी आवतजावत गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । पुल नहुँदा नदी वारपार गर्न तुइन चढ्नुपर्ने बाध्यता छ । तुइनमा झुन्डिएर नदी पार गर्दा हरेक पटक स्थानीयको मन ढुकढुक हुन्छ । एकातिर नदीको बहाव र अर्कोतिर चुँडिने हो कि भन्ने डरबीच उनीहरू दैनिक जीवनका लागि जोखिम मोलिरहेका छन् । बाढीले भौतिक संरचनामा क्षति पुर्याउनुका साथै स्थानीयको जीवनसमेत तहसनहस बनाएको छ । स्थानीय नान्सी तामाङले बाढीमा आफ्नो ठूलो छोरा गुमाए । बाढीका कारण गाउँ नै विस्थापित भएपछि आवतजावतका लागि बाटोसमेत नहुँदा उनले भोग्नुपरेको सास्ती झनै पीडादायी छ । तीन दिनअघि गाउँ फर्किँदा पहिलेको तुलनामा गाउँ झन् सुनसान र दुःखद अवस्थामा देखेको उनी बताउँछिन् । कुनै समय दुईदेखि तीन सय जनासम्मको बसोबास रहेको गाउँमा अहिले मुस्किलले ५०–६० जना मात्रै भेटिने गरेको उनको भनाइ छ । बाढीले धेरै परिवारलाई आफन्तविहीन बनाएको छ भने कतिपयलाई गाउँ छाड्न बाध्य बनाएका छन् । काठमाडौँबाट ईभी चढेर दिउँसो साढे ४ बजे धुन्चे पुगेका तामाङले राति करिब साढे ८ बजेसम्म पनि तुइन तर्न नसकेको अनुभव सुनाए टर्चको उज्यालोमा एक्लै कुरेर बस्नुपरेको र पछि पारिबाट आएका व्यक्तिको सहयोगमा मात्रै नदी पार गर्न सकेको उनले बताए । फर्किने क्रममा तुइन चढ्दा डरले आँखा चिम्लिएर नदी पार गरेको उनको अनुभव छ । बाढीले पुर्याएको क्षति र विस्थापनको पीडामाथि पुल नहुँदाको सास्ती थपिएको छ । स्थानीयवासीका अनुसार तत्काल आवतजावत सहज बनाउने व्यवस्था नहुँदा दैनिक जीवनयापनदेखि बिरामीलाई अस्पताल लैजान र अत्यावश्यक कामका लागि समेत समस्या भइरहेको छ । स्थानीयले स्थानीय सरकार, प्रदेश सरकार, वडा अध्यक्ष तथा विभिन्न सहयोगी निकायलाई तत्काल सुरक्षित पुल निर्माण वा अस्थायी वारपारको व्यवस्था गरिदिन आग्रह गरेका छन । हिउँदमा तुइनको सहारामा जसोतसो दिन काटिरहेका उनीहरूलाई वर्षायाम सुरु हुनुअघि नै सुरक्षित विकल्प उपलब्ध गराउनुपर्ने माग छ । भोटेकोशीको बाढीले भत्काएका संरचना अझै पुनर्निर्माणको पर्खाइमा छन् । पुल नहुँदा तुइनमा झुन्डिएर नदी पार गर्नुपर्ने रसुवावासीको बाध्यता कहिले हट्ने हो भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्यालेस्टाइनको कथा : युरोपमा कोरिएको पेन्सिलको धर्को कसरी बन्यो रक्तरञ्जित सिमाना?
OthersJust now

प्यालेस्टाइनको कथा : युरोपमा कोरिएको पेन्सिलको धर्को कसरी बन्यो रक्तरञ्जित सिमाना?

सन् १९४७ को फेब्रुअरीमा बेलायतले हात टक्टक्याउँदै घोषणा गर्‍यो– ‘हामी प्यालेस्टाइनको म्यान्डेट त्याग्दै छौँ। अब यसको फैसला नवगठित संयुक्त राष्ट्रसंघले गरोस्।’ ...

अनलाइन खबर
बाजुरामा ट्याक्टर दुर्घटना : मृतकको संख्या ३ पुग्यो
OthersJust now

बाजुरामा ट्याक्टर दुर्घटना : मृतकको संख्या ३ पुग्यो

१२ मंसिर, धनगढी । बाजुरामा शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकी जगन्नाथ गाउँपालिका–३ मनिकाँडाकी ५२ वर्षीया रामशरा देवी सिंहको शुक्रबार राति कोल्टीस्थित आधारभूत अस्पतालमा उपचारका क्रममा… ...

अनलाइन खबर
धनकुटामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर कर्मचारीको मृत्यु
OthersJust now

धनकुटामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर कर्मचारीको मृत्यु

१२ मंसिर, धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका वडा नं. २ कबिर टोलका ४३ वर्षीय रामकुमार राई रहेका छन् । उनी पिप्ले फ्युज सेवामा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत थिए । शुक्रबार बेलुका स्थानीय ट्रान्सफर्मरमा समस्या आएपछि राई विद्युत् मर्मतका लागि… ...

अनलाइन खबर
विदेशी नागरिकता लिएकाको वंशजको नागरिकता किन खोस्ने ? अभियन्ता घिमिरेले दिए यस्तो तर्क
OthersJust now

विदेशी नागरिकता लिएकाको वंशजको नागरिकता किन खोस्ने ? अभियन्ता घिमिरेले दिए यस्तो तर्क

‘नागरिकता खोई ?’ अभियानका अभियन्ता बासुदेव घिमिरेले विदेशमा नागरिकता लिएका नेपालीको वंशजको नागरिकताको निरन्तरता कायम गर्नुपर्ने बताएका छन् । उनले वंशजको नागरिकताको निरन्तरता विदेशमा बस्ने नेपालीको व्यक्तिगत आवश्यकताभन्दा पनि नेपालको राष्ट्रिय आवश्यकता भएको बताएका हुन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा घिमिरेले ठूलो सङ्ख्यामा नेपाली युवा विदेश पलायन भइरहेका बेला उनीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालसँग जोड्न वंशजको नागरिकताको निरन्तरता आवश्यक रहेको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement