इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्ट। इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको भित्री भागमा वर्षमा दुई पटक सूर्यको सुनौलो किरण प्रवेश गरी मूर्तिहरूलाई उज्यालो पार्ने दुर्लभ खगोलीय दृश्य हेर्न बिहीबार बिहान सयौँ पर्यटक र स्थानीयवासी भेला भएका छन्। रामसेस द्वितीयको महान् मन्दिरमा हरेक वर्ष अक्टोबर २२ र फेब्रुअरी २२ मा सूर्यको किरण प्रवेश गर्छ। यी मितिहरूलाई प्राचीन इजिप्टका राजा रामसेस द्वितीयको जन्मदिन र सिंहासन आरोहणसँग सम्बन्धित मानिन्छ। मन्दिरको बनावट र सूर्यसँगको यसको विशेष पङ्क्तिबद्धताका कारण भित्री कक्षमा प्रवेश गर्ने प्रकाश करिब २० मिनेटसम्म रहन्छ। इटालीका पर्यटकका लागि स्थानीय पथप्रदर्शकका रूपमा काम गर्ने हिशाम खेलाले यो दिन विशेष उत्सव र ऐतिहासिक महत्त्वको अवसर भएको बताए। सूर्योदयको दुर्लभ दृश्य हेर्न पर्यटकहरू बिहानैदेखि लामबद्ध भएका थिए। कतिपय पर्यटक रातभर बाहिरै बसेका थिए। मोबाइल फोन र क्यामेराबाट तस्बिर खिच्ने तथा सेल्फी लिनेहरूको भीड मन्दिर परिसरमा लागेको थियो। विशाल मूर्तिहरूको अगाडि भेला भएका पर्यटकहरू साना देखिन्थे। मन्दिर नाइल नदीतर्फ फर्किएको छ। उत्सवका क्रममा मन्दिर परिसरमा परम्परागत पोसाक लगाएका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए। उनीहरूले घण्टी, तबलाको ताल र प्राचीन इजिप्टको बिगुलजस्तो बाजा मिजमारको धुनमा नृत्य गरेर आगन्तुकलाई मनोरञ्जन दिएका थिए। मन्दिरको भित्री कक्षमा रामसेस द्वितीय तथा अमुन–रा र रा–होरख्ती देवताका मूर्तिहरू रहेका छन्। सामान्यतया अँध्यारो रहने यस कक्षमा सूर्यको किरण करिब ६० मिटर भित्रसम्म पुगेर मूर्तिहरूलाई उज्यालो पार्छ। नेसनल रिसर्च इन्स्टिच्युट अफ एस्ट्रोनोमी एन्ड जियोफिजिक्सका अनुसार यो दृश्य मन्दिरको वास्तु संरचना र सूर्यको अवस्थाबीचको विशेष सम्बन्धका कारण सम्भव भएको हो। अमेरिकाको एटलान्टाबाट इजिप्ट पुगेकी जेनिस साउदीले विशाल मूर्तिहरू र तिनको संरक्षणबाट आफू प्रभावित भएको बताइन्। उनले मन्दिरका भित्तामा कुँदिएका आकृति, चित्रलिपि र रङहरूको सुन्दरताले आफूलाई अझ बढी आकर्षित गरेको उल्लेख गरिन्। सन् १९६० को दशकमा अस्वान उच्च बाँध निर्माणपछि बढ्न सक्ने पानीबाट मन्दिरलाई जोगाउन पुरातत्त्वविद् र इन्जिनियरहरूले ठूलो परियोजना सञ्चालन गरी मन्दिरलाई सुरक्षित स्थानमा सारेका थिए। स्थानान्तरणका क्रममा सूर्यसँग मन्दिरको पङ्क्तिबद्धता कायम राख्न विशेष ध्यान दिइएको थियो। त्यसैले तीन हजार वर्षभन्दा बढी समयपछि पनि वर्षमा दुई पटक सूर्यको किरण मन्दिरको भित्री कक्षसम्म पुग्ने प्राचीन परम्परा निरन्तर छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

हिंसात्मक फ्रान्सेली आन्दोलन : फेरि सडकमा उत्रिने कि नउत्रिने भन्नेमा प्रदर्शनकारीबिच अन्योल
काठमाडौँ । अक्टोबर १७ मा फ्रान्सभर भएका विरोध प्रदर्शनमा सहभागी मानिसहरू पसलमा भएको लुटपाट, सार्वजनिक भवनमा भएको तोडफोड र शान्तिपूर्ण जुलुसमा व्यापक रूपमा अश्रुग्यास प्रयोग गरिएको घटनाबाट अझै स्तब्ध छन् ।... ...

बांगलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने
काठमाडौं।बांगलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। “एनपिएलको तेस्रो संस्करणका लागि बांगलादेशका अन्तर्राष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ। सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन्। उनले सन् २०१७ मा ...

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न
बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका–९, लालुका सचेत युवाहरुको समूहले जिल्लामा नै पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो । कालीकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागितामा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगितामा […] ...

रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धनगढी विमानस्थल अवतरण गरेका छन्। भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लाग्नेछन्। लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए। धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ आउँदैछन्। सडकमार्ग हुँदै उनी गड्डाचौकी नाका भएर भारत जानेछन्। भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने ...


