Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/इजरायलको चुनावी मतगणना : नेतान्याहू अगाडि, सरकार बनाउन अरब दलको साथ आवश्यक

इजरायलको चुनावी मतगणना : नेतान्याहू अगाडि, सरकार बनाउन अरब दलको साथ आवश्यक

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजरायलको चुनावी मतगणना : नेतान्याहू अगाडि, सरकार बनाउन अरब दलको साथ आवश्यक

काठमाडौं । इजरायलको चुनावी मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू समर्थक गठबन्धन अगाडि देखिए पनि नयाँ सरकार गठनका लागि आवश्यक बहुमत कुनै पनि पक्षले जुटाउन सकेको छैन। यस्तो अवस्थामा अरब नेतृत्वका दलहरू सरकार गठनमा निर्णायक बन्न सक्ने देखिएको छ। स्थानीय समयअनुसार बिहान १०ः०३ बजेसम्म ७२.४ प्रतिशत मतगणना सकिँदा नेतान्याहू समर्थक गठबन्धनले ५४ सिट र विपक्षी नेता गादी आइसेनकोट नेतृत्वको समूहले ४८ सिट पाउने अनुमान गरिएको छ। अरब नेतृत्वका दलहरूले भने १८ सिट पाउने आकलन गरिएको छ। इजरायली संसद् नेसेटमा १२० सिट छन्। सरकार गठनका लागि कम्तीमा ६१ सिटको समर्थन आवश्यक पर्छ। तर, अहिलेसम्मको मतगणनाले कुनै पनि गठबन्धनले स्पष्ट बहुमत पाउने अवस्था देखाएको छैन। बाँकी मतगणना र राजनीतिक दलहरूबीचको सहकार्यले सरकार गठनको समीकरण निर्धारण गर्नेछ। यसैबीच, विपक्षी गठबन्धनमा आबद्ध डेमोक्र्याट्स पार्टीका नेता याइर गोलानले अरब नेतृत्वका दलहरूलाई समेत समेटेर सरकार गठन गर्न आह्वान गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा नेतान्याहू पराजित भइसकेको दाबी गर्दै विपक्षी गठबन्धनलाई अरब दलहरूको समर्थन जुटाउन आग्रह गरेका हुन्। ‘नेतान्याहू हारे। मलाई १२० सम्म कसरी गणना गर्ने थाहा छ। ६५ भनेको ५५ भन्दा बढी हो। इजरायली लोकतन्त्र यसरी नै चल्छ,’ गोलानले लेखेका छन्। उनले यहूदी र अरब समुदायबीच विभाजन बढाउने राजनीति अन्त्य गर्दै सबै नागरिकलाई समेट्ने सरकार बनाउनुपर्ने बताएका छन्। अरब नागरिकको मतलाई बेवास्ता गरेर परिवर्तन सम्भव नहुने उनको भनाइ छ। निर्वाचनअघि गोलान विपक्षी गठबन्धनका त्यस्ता नेतामध्ये एक थिए, जसले अरब नेतृत्वका जोइन्ट लिस्ट र राम दलसँग सहकार्य गर्न सकिने बताएका थिए। तर, आइसेनकोटसहित विपक्षी गठबन्धनका अन्य नेताहरूले साझा मूल्य र मान्यताको अभाव रहेको भन्दै ती दलसँग सहकार्य नगर्ने बताएका थिए। हालको मतगणनामा नेतान्याहू समर्थक गठबन्धन विपक्षीभन्दा अगाडि देखिए पनि सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन उसलाई पनि कठिन हुने देखिएको छ। अरब नेतृत्वका दलहरूले समर्थन गरेमा विपक्षी गठबन्धनले सरकार गठनका लागि आवश्यक सिट संख्या पुर्‍याउन सक्ने सम्भावना छ। चुनावी नतिजाले इजरायलको अर्थतन्त्रमा समेत प्रभाव पारेको छ। सरकार गठनबारे अनिश्चितता बढेसँगै अमेरिकी डलरको तुलनामा इजरायली मुद्रा शेकेल ०.७ प्रतिशतले कमजोर हुँदै एक डलर बराबर ३.०७६५ शेकेलमा झरेको समाचारमा उल्लेख छ। मतगणना जारी रहेकाले अन्तिम नतिजा परिवर्तन हुन सक्छ। सैनिकसहित केही मतदाताले खसालेका मत पछि गणना गरिनेछ। अन्तिम नतिजापछि राष्ट्रपति इसाक हर्जोगले विभिन्न दलका नेताहरूसँग छलफल गरी सरकार गठनको सम्भावना सबैभन्दा बढी भएको उम्मेदवारलाई जिम्मेवारी दिनेछन्। सरकार गठनको जिम्मेवारी पाउने उम्मेदवारले सुरुमा २८ दिनको समय पाउनेछन्। आवश्यक परे राष्ट्रपतिले थप १४ दिन समय दिन सक्छन्। पहिलो उम्मेदवार असफल भएमा अर्को सांसदलाई जिम्मेवारी दिन सकिनेछ। त्यसपछि पनि सरकार गठन हुन नसके संसद् विघटन भएर नयाँ निर्वाचन हुन सक्नेछ। इजरायलमा यसअघि पनि राजनीतिक गतिरोधका कारण पटकपटक निर्वाचन भएको थियो। त्यसैले दलहरूबीच सहमति नजुटेमा फेरि चुनावमा जानुपर्ने अवस्था आउन सक्ने विश्लेषण गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा
ताजा खबरJust now

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेशका ३० जना खेलाडीहरूको उपस्थिति छ । गृह प्रदेशको टिम सुदूरपश्चिम रोयल्समा नेपालका चर्चित क्रिकेटर दीपेन्द्रसिंह ऐरीसहित दश जना खेलाडी सुदूरपश्चिमकै छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दको गृह प्रदेशका खेलाडीहरू अहिले तेस्रो संस्करणका आठ वटै टिममा अनुबन्धित भएर क्रिकेटको भिडन्तमा छन् । सुदूरपश्चिमका नौ जिल्लामा सबैभन्दा बढी ...

नेपालन्युज
म्याद सकिएको १२ दिनपछि थपियो कम्पनी खारेज गर्ने समय
ताजा खबरJust now

म्याद सकिएको १२ दिनपछि थपियो कम्पनी खारेज गर्ने समय

काठमाडौँ । सरकारले लामो समयसम्म अद्यावधिक नभएका कम्पनीहरूको खारेज गर्न दिएको सुविधाको समय बढाएको छ । यसअघि २०८३ असोज मसान्तसम्म रहेको यो म्यादलाई बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो। २०८३... ...

रातोपाटी
न्यायाधीशमाथि प्रश्न उठ्दा उन्मुक्ति होइन, आत्मपरीक्षण र छानबिन जरुरी
ताजा खबरJust now

न्यायाधीशमाथि प्रश्न उठ्दा उन्मुक्ति होइन, आत्मपरीक्षण र छानबिन जरुरी

काठमाडाैँ। नेपालको सर्वोच्च अदालतका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीश हरिप्रसाद फुयाल सम्बन्धमा कात्तिक १२ गते सार्वजनिक भएका समाचारले न्यायपालिकाको निष्पक्षता, न्यायिक आचरण, इजलास गठनको पारदर्शिता तथा न्यायप्रशासनप्रतिको सार्वजनिक... ...

रातोपाटी
बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः शिक्षा तथा खेलकुदमन्त्री पोखरेल
ताजा खबरJust now

बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

• शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बजारको मागमा आधारित पाठ्यक्रमको आवश्यकता र विश्वविद्यालयको सञ्चालनमा भूगोलको आवश्यकतामा जोड दिएका छन्। • मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयबाट उत्पादित जनशक्ति समाजमा योगदान गर्न सक्ने हुनुपर्ने र शैक्षिक संस्थाहरूलाई समाजको आवश्यकतासँग जोडिनुपर्ने बताएका छन्। • बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले शिक्षा प्रणालीमा गुणस्तर निर्धारण गर्ने स्वायत्त निकायको निर्माणको आवश्यकता औंल्याएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play