Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

Share:WhatsAppFacebookX (Twitter)Telegram
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप
Photo / Coverage: नेपालन्युज

म्याड्रिड। आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी प्रदर्शनका क्रममा म्याड्रिड र बार्सिलोनामा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र रबरका गोली प्रयोग गरेको छ । प्रदर्शनमा राजधानी म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी सहभागी भएको अधिकारीहरूले बताएका छन् । सन् २०१२ यताकै पहिलो राष्ट्रव्यापी २४ घण्टे हडतालका क्रममा लाखौँ मानिस सडकमा उत्रिएका थिए । प्रदर्शनका क्रममा मास्क र हुड लगाएका केही समूहले प्रहरीमाथि वस्तु प्रहार गर्नुका साथै आगजनी गरेका थिए । बार्सिलोनामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । आगामी नोभेम्बर २९ मा हुने मध्यावधि निर्वाचनअघि भएको प्रदर्शनलाई सरकारप्रतिको जनअसन्तुष्टिको सङ्केतका रूपमा हेरिएको छ । आवासको मूल्य नियन्त्रण र सर्वसाधारणलाई सुलभ आवास उपलब्ध गराउन प्रदर्शनकारीले माग गरेका छन् । म्याड्रिडमा प्रदर्शनकारीले घरको आकारका प्लेकार्ड बोकेर ‘हामीसँग घर छैन’ भन्दै नाराबाजी गरेका थिए । बार्सिलोनामा पनि हजारौँले भाडा नियन्त्रणको माग गरेका थिए । प्रदर्शनकारीका अनुसार आम्दानीको ठूलो हिस्सा घरभाडामै खर्च गर्नुपर्ने अवस्था छ । देशका विभिन्न सहरमा भएका प्रदर्शनले सार्वजनिक यातायात र केही व्यावसायिक गतिविधिमा समेत असर पारेको थियो । मजदुर सङ्गठन युजिटीले हडताललाई ठूलो सफलता भने पनि रोजगारदाता सङ्गठनले अधिकांश क्षेत्रमा कामकाज सामान्य रहेको भन्दै यसलाई असफल दाबी गरेको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले सन् २०२७ मा हुनुपर्ने निर्वाचन यसै महिना अगाडि सारेका थिए । उनको अल्पमत सरकारले आवाससम्बन्धी प्रस्तावित सुधारका उपायलाई संसद्बाट पारित गराउन नसकेपछि निर्वाचन घोषणा गरिएको हो । श्रमिक सङ्गठनहरूले आवास सङ्कट समाधानका लागि सरकारमाथि दबाब बढाउन हडताल आह्वान गरेका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मकवानपुरको भीमफेदीमा भएको इभी दुर्घटनामा १४ जनाको मृत्यु, सबैको पहिचान खुल्यो
Latest NewsJust now

मकवानपुरको भीमफेदीमा भएको इभी दुर्घटनामा १४ जनाको मृत्यु, सबैको पहिचान खुल्यो

काठमाडौँ । मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डको चिसापानी गढीमा भएको इभी माइक्रो बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको २० यात्रु बोकेको इभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खस्दा चालकसहित १४ जनाको ज्यान गएको हो । नेपाल प्रहरीका अनुसार घटनास्थलबाट १४ जनाको शव फेला परेको ...

टक्सार
तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार
Latest NewsJust now

तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार

काठमाडाैँ। अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले समुद्र तटका तस्बिर विश्लेषण गरी सम्भावित रिप करेन्ट (समुद्रको पानी तीव्र गतिमा समुद्रतर्फ फर्कने धार) पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मोबाइल उपकरण विकास गरेका... ...

रातोपाटी
‘भारतमा उठाउने एजेन्डाले प्रधानमन्त्रीको नेतृत्व परीक्षण गर्छ’
Latest NewsJust now

‘भारतमा उठाउने एजेन्डाले प्रधानमन्त्रीको नेतृत्व परीक्षण गर्छ’

प्रधानमन्त्री वालेन्द्र शाह मंसिरको पहिलो साता भारत भ्रमणमा जाँदै छन्। २०८२ चैत १३ गते प्रधानमन्त्री पद सम्हालेको आठ महिनापछि हुन लागेको उनको यो पहिलो ‍औपचारिक विदेश भ्रमण हो। यसअघि उनी राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका थिए। यद्यपि, कात्तिक अन्तिम भइसक्दा पनि भारतीय र नेपाली दुवै पक्षले अहिलेसम्म वालेन्द्रको भ्रमणको औपचारिक मिति घोषणा गरिसकेका छैनन्। […] ...

काठमाण्डुपाटी
छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी सुरु
Latest NewsJust now

छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी सुरु

काठमाडौं । लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ । गौरीघाट, विष्णुमति, कुपण्डोललगायत काठमाडौँका बिभिन्न स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको हो । छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play