आर्यन राईको आरोप– सरकार कामभन्दा प्रचारबाजी र फन्डामा केन्द्रित भयो

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारको पछिल्लो ६–७ महिनाको कार्यशैलीमाथि टिप्पणी गर्दै राईले सामाजिक सञ्जाल र त्यसका अल्गोरिदमका आधारमा सरकारको कामको मूल्याङ्कन गर्न नहुने बताएका हुन् । उनले सरकारका वास्तविक उपलब्धि र परिणामका आधारमा कामको मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । ‘सरकार परिणामभन्दा फन्डाको पछि लागेको छ । सरकारले गरेका कामको मूल्याङ्कन गर्ने मापदण्ड सामाजिक सञ्जाल र अल्गोरिदम होइनन्, उनले भने, त्यसैले वर्तमान सरकारलाई परिणाममुखी भएर काम गर्न विनम्र अनुरोध गर्दछु ।’ राईले छिमेकी मुलुकसँगको सम्बन्ध र राष्ट्रिय स्वाधीनताका विषयमा पनि सरकारको भूमिकामाथि प्रश्न उठाए । कुनै पनि राजनीतिक दल स्थापित हुन छिमेकी मुलुकसामु झुक्नुपर्ने अवस्था दुःखद् भएको उल्लेख गर्दै उनले नेपालले पञ्चशीलको सिद्धान्त र बुद्धका विचारअनुरूप सबै राष्ट्रसँग सन्तुलित तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताए । कुनै पनि देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्नुको अर्थ राष्ट्रिय सार्वभौमिकतामा सम्झौता गर्नु नभएको उनको भनाइ छ । प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै राईले त्यसलाई सच्याउन माग गरे । प्रधानमन्त्रीको अभिव्यक्ति र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका भनाइप्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताउँदै उनले यी विषय संसद्मा उठाउने जानकारी दिए । सीमा र राष्ट्रियताका विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच मतभेद हुन नहुने उनको भनाइ छ । राष्ट्रियता र देश निर्माणका सवालमा सबै राजनीतिक शक्ति दलगत स्वार्थभन्दा माथि उठेर एकजुट हुनुपर्ने उनले बताए । ‘राष्ट्रियता र सीमा जस्ता विषयमा सत्ता र प्रतिपक्षभन्दा माथि उठेर हामी सबैले जिम्मेवार नागरिकका रूपमा उभिनुपर्छ । यी विषयमा सदनमा प्रश्न उठाउने नै छौँ,’ उनले भने । राईले राष्ट्रियताको पक्षमा उभिनु कुनै राष्ट्रको विरोध गर्नु नभएको स्पष्ट पारे । आफ्नो देशको सार्वभौमिकताको रक्षा गर्नु र राष्ट्रिय स्वाभिमानका पक्षमा बोल्नु अरू देशको विरोध गर्नु नभएको उनको भनाइ छ । यसैगरी, सामाजिक सञ्जालमा अल्गोरिदम र साइबर समूहको प्रयोग गरी फरक मत राख्ने व्यक्तिको चरित्रहत्या गर्ने प्रवृत्तिप्रति पनि उनले चिन्ता व्यक्त गरे । राजनीतिक दलप्रति अन्धभक्त बन्ने र राष्ट्रिय हितका विषयमा प्रश्न उठ्दा पनि समर्थनमा ताली बजाउने प्रवृत्तिबाट मुक्त हुन उनले युवाहरूलाई आग्रह गरे । ‘कुनै पनि राजनीतिक दलको अन्धभक्त नबनौँ । देशको हित र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्दा पनि ताली बजाउने प्रवृत्तिबाट मुक्त बनौँ,’ उनले भने । देशको हित, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका सवालमा दलगत आग्रहभन्दा माथि उठेर सचेत नागरिकका रूपमा उभिनुपर्नेमा राईले जोड दिए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा आज सामान्य वृद्धि आएको छ । आज मंगलबार नेप्से ०.९४ अंकले घटेर २६३०.७६ विन्दुमा पुगेर रोकिएको छ । आज ३६० कम्पनिका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मा कारोबार भएको थियो । आज हाइड्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा ...

तिहारमा ५२ लाख फूलका माला खपत हुने, विदेश जाँदै मखमलीका २ लाख माला
फूल उत्पादन र बजार हरेक वर्ष विस्तार हुँदै जाँदा यसले कृषक तथा पुष्प व्यवसायीको आम्दानी वृद्धि र आयात प्रतिस्थापनमा ठूलो योगदान पुर्याएको छ । ...

स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’को ट्रेलर सार्वजनिक, शनाया दोहोरो भूमिकामा
करण जोहरको चर्चित फिल्म फ्रेन्चाइज ‘स्टुडेन्ट अफ द इयर’ अब नयाँ वेब सिरिजका रूपमा दर्शकमाझ आउने भएको छ । ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ नाम दिइएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ । यसमा अभिनेत्री शनाया कपुर दोहोरो भूमिकामा देखिनेछिन् । यसपटक सिरिजमा कलेजको प्रेम, ग्ल्यामर र प्रतिस्पर्धाभन्दा हत्या रहस्य र रोमाञ्चलाई प्राथमिकता दिइएको… ...

ट्यांकी छ, घर-घरमा धारा छ तर पानी देख्नै मुस्किल
काठमाडौं । गाउँमा खानेपानीको ट्यांकी बनेको छ । मुहानबाट पानी ल्याउन पाइप विस्तार गरिएको छ । घरघरमा धारा जडान गरिएका छन्। गाउँपालिकाले बजेट र पाइप उपलब्ध गराएको छ, स्थानीयवासीले श्रमदानसमेत गरेका छन् । हेर्दा खानेपानीको समस्या समाधान भइसकेको जस्तो लाग्छ । तर धाराबाट पानी बग्दैन। सुनकोशी गाउँपालिका–३ का ताम्लिङ, साधनबोट, मैनापुर र सिम्पानीका करिब ६०… ...


