आरुघाटमा ९ दिनमै बन्यो बेलीब्रिज, बूढीगण्डकीमा फेरियो वारपारको अवस्था

गोरखा । बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीको आवागमन पुनः सहज हुने भएको छ । नेपाली सेनाले बाढीले क्षति पु¥याएको पुलको विकल्पमा निर्माण गरेको बेलीब्रिज सोमबार सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ । नेपाली सेना र सडक विभागको सहकार्यमा निर्माण गरिएको २७.४३ मिटर लामो पुल सञ्चालनमा आएसँगै नदी वारपार गर्न स्थानीयवासीलाई राहत मिलेको छ । पुलको अधिकतम भारवहन क्षमता २५ टन रहेको छ। यद्यपि, हाललाई पैदलयात्री र मोटरसाइकलका लागि मात्र आवागमन खुला गरिएको छ । ठूला सवारीसाधनको सञ्चालन भने सुरु भइसकेको छैन । गत असोज २५ गते बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले आरुघाटस्थित पक्की पुल बगाएको थियो । पुल क्षतिग्रस्त भएपछि नदी वारपार गर्न स्थानीयवासीले समस्या भोग्दै आएका थिए । सडक सम्पर्क र दैनिक आवागमन प्रभावित भइरहेका बेला बेलीब्रिज निर्माणले तत्कालका लागि वैकल्पिक मार्ग उपलब्ध गराएको छ । असोज ३१ गतेबाट सुरु गरिएको निर्माणकार्य सोमबार सम्पन्न भएको हो। यसरी पक्की पुल बगाएको नौ दिनमै अस्थायी प्रकृतिको बेलीब्रिज तयार पारिएको छ । बेलीब्रिज सञ्चालनमा आए पनि सबै प्रकारका सवारीसाधनका लागि आवागमन खुलिसकेको छैन । त्यसैले पुल पूर्ण रूपमा सञ्चालनमा आउन र स्थानीयको आवागमन सहज बनाउन बाँकी व्यवस्थापन महत्वपूर्ण हुनेछ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

भोटेकोसी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ शोक र प्रतीक्षामा
घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ। तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दसैँ खुसीको पर्व बन्न सकेको छैन। परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोसी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ। बाढीमा बेपत्ता प्रदीप थारुकी श्रीमती सि... ...

राष्ट्रपति पौडेलले गरे काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन
रामचन्द्र पौडेलले बडादशैँका अवसरमा सोमबार काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । ...

मैतीदेवी मन्दिरमा राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल महाअष्टमीका अवसरमा मैतीदेवी मन्दिर पुगेर दर्शन गरेका छन् । ...

फ्रान्समा सुरक्षा असफलताको स्वीकारोक्ति: २ हजार ४०० पक्राउ, गृहमन्त्रीको राजीनामा अस्वीकृत
काठमाडौं । फ्रान्समा महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध उर्लिएको जनप्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रों सरकारमाथि दबाब चुलिएको छ। देशभर भएको प्रदर्शनका क्रममा २ हजार ४०० जनाभन्दा बढी पक्राउ परेका छन् भने झन्डै एक हजार प्रहरी तथा सुरक्षाकर्मी घाइते भएका छन्। सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र व्यापक तोडफोड भएपछि सरकारको सुरक्षा तयारीमाथि गम्भीर प्रश्न उठेको छ। सुरक्षा व्यवस्थापनमा ...


