आरुघाटमा दुई दिनमै बेलिब्रिज जडान

काठमाडौं।नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ जडान थालेको थियो। दुई दिनमा उक्त खण्डमा बेलिब्रिज जडान गरी यातायात सञ्चालनलाई सहज बनाएको भनी स्थानीय जनताका तर्फबाट सेनाको प्रशंसा गरिएको छ। करिब २७ दशमलव ४३ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको उक्त बेलिब्रिज जडान भएसँगै धादिङ र गोरखा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ। पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने सेनाको विश्वास छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![हट्यो पृथ्वी राजमार्गको अवरोध, यात्रुलाई राहत [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/prithvi-highway-83-7-2%20(7).jpg)
हट्यो पृथ्वी राजमार्गको अवरोध, यात्रुलाई राहत [तस्बिरहरू]
भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त सडक मर्मत सम्पन्न भएसँगै पृथ्वी राजमार्गमा अहिले निर्वाध रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। ...

सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
• नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा दुई दिनमा 'बेलिब्रिज' जडान सम्पन्न गरेको छ। • बाढीले क्षति पुर्याएको पक्की पुलको स्थानमा जडान गरिएको बेलिब्रिजले स्थानीय जनतालाई आवतजावतमा सहजता प्रदान गरेको छ। • पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा राहत र अत्यावश्यक सामग्रीको ढुवानीमा सजिलो हुने विश्वास व्यक्त गरिएको छ। ...

रुसी आक्रमणमा युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति
किएभ।रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस पटक आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै पूर्व चेतावनी नपाएको बताएका छन्। जेलेन्स्कीका अनुसार, रुसी आक्रमणबाट देशभरका १० भन्दा बढी ऊर्जा संरचनामा क्षति पुगेको छ। पाँच लाखभन्दा बढी मानिस विद्युत्, ताप सुविधा र खानेपानीको पहुँचबाट वञ्चित भएका छन्। किएभ र आसपासको क्षेत्रलाई लक्षित गरी रुसले ...


