आयुर्वेदमा जमरा: ‘सुपरफुड’ र बहुगुणी औषधि पनि

काठमाडौं- बडादसैंको पवित्र अवसरमा घरघरमा जमरा राख्ने र विजया दशमीको दिन मान्यजनको हातबाट टीकासँगै जमरा लगाउने गरिन्छ । यसको धार्मिक, सांस्कृतिक मात्रै होइन, वैज्ञानिक महत्त्व र स्वास्थ्यगत फाइदाहरू पनि रहेका छन् । जमरालाई माता दुर्गा भवानीको प्रसाद र उनको स्वरूपको रूपमा लिइन्छ । घटस्थापनाका दिन कलश स्थापना गरी राखिने जमरामा नवदुर्गाको शक्ति आह्वान गरिएको हुन्छ । हरिया जमरालाई जीवनमा हरियाली, सुख, शान्ति, समृद्धि र आरोग्यको प्रतीक मानिन्छ । दसैं पर्व प्रकृति, कृषि र वनस्पतिसँग गहिरो रूपमा जोडिएको छ । नयाँ अन्न (यव वा जौ) लाई अङ्कुरित गरेर प्रसादको रूपमा ग्रहण गर्नु प्रकृतिको पूजा र कृतज्ञता प्रकट गर्नु हो । दसैंमा टीकासँगै लगाइने जमरा केवल धार्मिक आस्थाको विषय मात्र नभई यो शारीरिक स्वास्थ्यका लागि समेत अत्यन्त गुणकारी र लाभदायक मानिन्छ । जमराको सेवनले स्वास्थ्यमा हुने फाइदाहरू – जौको जमरालाई आयुर्वेदमा एक प्रकारको सुपरफुडु मानिन्छ । यसको रस वा सेवनले स्वास्थ्यलाई धेरै किसिमले फाइदा पुर्याउँछ । – जमरामा क्लोरोफिल उच्च मात्रामा पाइन्छ, जसले रगत सफा गर्न र शरीरमा अक्सिजनको मात्रा बढाउन मद्दत गर्छ । – यसमा पाइने भिटामिन ए, सी, ई, के, एन्टिअक्सिडेन्ट र मिनरल्सले शरीरको इम्युन सिस्टमलाई बलियो बनाउँछ । – जमराको रस वा यसको नियमित सेवनले पेटको ग्यास्ट्रिक, अपच र कब्जियत जस्ता समस्याहरूलाई कम गर्न सहयोग गर्छ । – यसले शरीरमा जम्मा भएका विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्दछ । – जमराको नियमित सेवनले रगतमा चिनीको मात्रा र उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सघाउ पुर्याउँछ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

कुमारीको हातबाट सर्वसाधारणले लगाए विजयादशमीको टीका
एकान्त कुमारी (लुनिभा बज्राचार्य) को हातबाट स्थानीय भक्तजन तथा सर्वसाधारणले टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। ...

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
भक्तपुर । विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका थिए । त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाउनुभएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ...

भोटेकोसी बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र? वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका-५ सुखारका केही परिवारका लागि यस वर्ष दसैँको खुसी आएन। भोटेकोसी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न ... ...

भक्तपुरका नेवार समुदायले मनाए मोहनी नखः, ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको घुइँचो
भक्तपुर । भक्तपुरका नेवार समुदायले विजयादशमीका दिन परम्परागत रूपमा मनाइने मोहनी नखः पर्व मनाएका छन् । यस अवसरमा उनीहरूले मान्यजनको हातबाट कालो टीका (मोहनी सिःनं), रातो टीका र जमरा ग्रहण गरेका छन् । नेवार समुदायमा मोहनी नखःको विशेष सांस्कृतिक र धार्मिक महत्त्व छ । नवदुर्गा भवानीको पूजा आराधनाका क्रममा महानवमीको दिन घरघरमा दियो बालेर त्यसबाट निस्किएको कालो ध्वाँसो सङ्कलन गरिन्छ । ...


