Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

आतङ्कको राज सधैँ चल्दैन, एमाले फेरी उठ्छ, कसैले नसोचेको परिणाम ल्याउँछ : कपी ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
आतङ्कको राज सधैँ चल्दैन, एमाले फेरी उठ्छ, कसैले नसोचेको परिणाम ल्याउँछ : कपी ओली
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले अहिले राजनीतिक धक्का बेहोर्नुपरे पनि पुनः उठेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बन्ने दाबी गर्नुभएको छ। उहाँले एमाले शून्यबाट उठेर स्थापित भएको पार्टी भएकाले अहिलेको परिस्थितिबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ। अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “आज हामीले धक्का खाएका छौँ, तर हामी शून्यबाट पैदा भएका हौँ। अहिले धक्का खाए पनि तीनवटा प्रदेशमा हामीले सरकारको नेतृत्व गरिरहेका छौँ। दुईवटा प्रदेशमा सरकारमा सहभागी छौँ। अहिले पनि हामी पाँचवटा प्रदेश सरकारमा छौँ।” मधेस प्रदेशमा भने एमालेले सरकार छाडेको उल्लेख गर्दै उहाँले मंसिर ४ गतेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय रहेकाले त्यसपछि मात्रै थप राजनीतिक अवस्था स्पष्ट हुने बताउनुभयो। सर्वोच्च अदालतको यसअघिको फैसलाका कारण सात दिनको समय पूरा हुनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो। अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष ओलीले आफूहरूलाई सरकारमा जान नदिन र सरकारमा पुगेपछि हटाउन सर्वोच्च अदालतले फरक–फरक व्यवहार गरेको आरोप लगाउनुभयो। गत वर्ष प्रतिनिधिसभा विघटन तथा सरकार परिवर्तनका घटनालाई उहाँले असंवैधानिक भएको दाबी गर्नुभयो। “समयमा न्याय प्राप्त नहुनु, ढिला न्याय प्राप्त हुनु न्याय नदिनुजस्तै हो,” उहाँले भन्नुभयो, “निर्वाचनअघि फैसला हुनुपर्थ्यो। सर्वोच्च अदालत मुद्दा टेबलमा राखेरै बसिराख्यो, फैसला भएन।” अदालतका केही फैसलाप्रति प्रश्न उठाउँदै उहाँले नेपाली भाषा बुझ्न नसकेको हो कि अदालतले नै बुझ्न छाडेको हो भन्ने प्रश्नसमेत गर्नुभयो। यद्यपि, अदालतबारे थप टिप्पणी गर्दा मुद्दा लाग्न सक्ने भन्दै उहाँले यस विषयमा धेरै नबोल्ने बताउनुभयो। अध्यक्ष ओलीले एमाले सरकारबाट बाहिरिनुपरेको घटनालाई सामान्य राजनीतिक प्रक्रियाबाट भएको परिवर्तनका रूपमा स्वीकार गर्न नसकिने धारणा राख्नुभयो। उहाँले आगजनी, लुटपाट, तोडफोड तथा राज्यका संयन्त्र निष्क्रिय पारिएको अवस्थाका कारण आफूहरू सरकारबाट बाहिरिनुपरेको दाबी गर्नुभयो। “हामीले धक्का खाएका छौँ, न्यायोचित बाटोबाट, संवैधानिक बाटोबाट र लोकतान्त्रिक बाटोबाट धक्का खाएको होइन,” उहाँले भन्नुभयो, “बलजफ्ती आगो लगाएर, लुटपाट गरेर, तोडफोड गरेर राज्यका संयन्त्रहरू निष्क्रिय र निष्प्रभावी भएर हामी सरकारबाट हटाइयौँ।” उहाँले उक्त घटनामा मानवीय क्षति भएको विषयको निष्पक्ष छानबिन हुन नसकेको बताउनुभयो । कसले गोली चलायो, कसको कारण मानिसको ज्यान गयो भन्ने विषयमा छानबिन हुनुपर्नेमा आयोगहरूबाट अपेक्षित काम नभएको उहाँको भनाइ थियो। “गोली चलाउने आदेश थिएन भनेर उहाँहरूकै प्रतिवेदनमा छ,” भन्दै उहाँले घटनाको छानबिनभन्दा आफूलाई आरोपित गर्ने प्रयास भएको दाबी गर्नुभयो। मेटा कम्पनीलाई नेपालको कानुनअनुसार दर्ता भएर सञ्चालन हुनुपर्ने विषयमा सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गर्दा तत्कालीन सञ्चार मन्त्रीमाथि कारबाहीको मानव अधिकार आयाेगले सिफारिस गरेको प्रसङ्ग पनि उहाँले उठाउनुभयो। यस विषयमा मानव अधिकार आयोगको भूमिकाप्रति समेत उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। अध्यक्ष ओलीले एमाले अहिले आतङ्कपूर्ण क्रियाकलापका कारण पछाडि धकेलिएको दाबी गर्दै यस्तो अवस्था सधैँ कायम नरहने बताउनुभयो। “यही आतङ्कको राज सधैँ चल्न सक्दैन। यही आतङ्क सधैँ कायम रहन सक्दैन,” उहाँले भन्नुभयो, “अब हामी फेरि उठ्न सक्छौँ, अगाडि बढ्न सक्छौँ।” उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यक परे आन्दोलनमा उत्रनुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि मानसिक र सङ्गठनात्मक रूपमा तयारी अवस्थामा रहन निर्देशन दिनुभयो। “आवश्यकताअनुसार हामीले आन्दोलन गर्नुपर्ने हुन्छ। आन्दोलनको तयारीका साथ हामी हरदम तयारीको अवस्थामा रहनुपर्छ,” उहाँले भन्नुभयो, “कुनै पनि समयमा आन्दोलनमा जानुपर्ने हुन सक्छ। साथीहरू सबै जना मानसिक रूपमा तयारीमा बस्नुस्।” एमालेलाई विगतदेखि नै विभिन्न षड्यन्त्र, गैरकानुनी गिरफ्तारी, झुटा मुद्दा र घेराबन्दीमार्फत कमजोर पार्ने प्रयास हुँदै आएको अध्यक्ष ओलीको भनाइ थियो। पार्टी एकीकरणपछि पनि आन्तरिक तथा बाह्य शक्तिको मिलेमतोमा पार्टी विभाजन गराइएको उहाँले बताउनुभयो। तर विगतका चुनौतीबाट पार्टी पुनः उठेको उल्लेख गर्दै उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्य दोहोर्‍याउनुभयो। “नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्छौँ र समृद्ध नेपाल, सुखी नेपालीको बाटोमा अगाडि बढ्छौँ,” उहाँले भन्नुभयो। अध्यक्ष ओलीले अहिले पनि देशमा बलियो सङ्गठन, राजनीतिक दृष्टिकोण तथा लोकतन्त्र, सुशासन र विकासको एजेन्डा बोकेको शक्ति एमाले नै रहेको दाबी गर्नुभयो। ‘अहिले पनि नेपालको सबैभन्दा मजबुत, देशभक्त, लोकतान्त्रिक, सुशासन र विकास दिने, दृष्टिकोण र व्यापक र सुदृढ संगठन भएको शक्ति नेकपा एमाले नै हो’, उहाँले भन्नुभयो । आगामी निर्वाचनमा पार्टी निर्माणको अभियानसहित नभई बलियो पार्टी लिएर चुनाव जित्ने उद्देश्यका साथ जाने उहाँको भनाइ थियो। “हामी चुनावमा पार्टी बनाउन होइन, पार्टी लिएर चुनाव जित्न जान्छौँ। हामी हरेस खानुपर्ने कुनै आवश्यकता छैन,” उहाँले कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो। उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई एकैसाथ आन्दोलन र निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो। विशेष गरी किसान समुदायसँग प्रत्यक्ष सम्पर्क बढाउन र प्रत्येक किसानको घरसम्म पुग्न उहाँले आग्रह गर्नुभयो। “साथीहरू आन्दोलनको तयारी गर्नुस्, चुनावको तयारी गर्नुस्। हरेक साथी किसानको घरमा पुग्नुस्,” उहाँले भन्नुभयो। अध्यक्ष ओलीले नेकपा एमालेले आगामी दिनमा अपेक्षा नगरिएको सफलता हासिल गर्ने दाबीसमेत गर्नुभयो। बैठकमा उहाँले नेपालको किसान आन्दोलनको ऐतिहासिक योगदानबारे पनि चर्चा गर्नुभएको थियो। किसान आन्दोलन केवल वर्तमान समयको विषय नभई लामो समयदेखि अधिकार प्राप्तिका लागि हुँदै आएको सङ्घर्षको इतिहास भएको उहाँले बताउनुभयो। नेपाली समाजको जागरण र रूपान्तरणमा किसान आन्दोलनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले किसानका अधिकार, सङ्घर्ष र योगदानलाई राजनीतिक आन्दोलनको अभिन्न हिस्साका रूपमा व्याख्या गर्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नयाँ प्रहरी प्रमुखको कार्ययोजनाः वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउने
PoliticsJust now

नयाँ प्रहरी प्रमुखको कार्ययोजनाः वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउने

काठमाण्डु– नेपाल प्रहरीले अनुसन्धान वित्तीय अपराधका घटनामा अनुसन्धान, प्रमाण सङ्कलन र अभियोजनबीचको समन्वय कमजोर हुँदा न्यायिक प्रक्रियासमेत प्रभावित हुन सक्ने चुनौतीलाई सम्बोधन गर्न प्रणाली सुधारमा जोड दिएर काम गर्ने भएको छ । वित्तीय कारोबारमा प्रविधिको प्रयोग बढ्दै जाँदा अपराधको स्वरूप पनि जटिल बन्दै गएको निष्कर्षसहित प्रहरीले अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने विषयलाई प्राथमिकतामा राखेको हो […] ...

काठमाण्डुपाटी
एमाले स्थायी कमिटी बैठक सुरु (तस्बिरहरु)
PoliticsJust now

एमाले स्थायी कमिटी बैठक सुरु (तस्बिरहरु)

काठमाण्डु– नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा सुरु भएको छ । बैठकमा बुधबार र बिहीबार काठमाण्डुमा आयोजना हुने राष्ट्रिय भेलाको व्यवस्थापन तथा एजेण्डाका विषयमा छलफल भइरहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ...

काठमाण्डुपाटी
जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयारी अवस्थामा रहनुस् : केपी शर्मा ओली
PoliticsJust now

जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयारी अवस्थामा रहनुस् : केपी शर्मा ओली

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई जुनसुकै बेला पनि आन्दोलनमा जानुपर्ने हुन सक्ने संकेत दिएका छन् । मङ्गलबार अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आन्दोलन लामो समय तयारी गरेर हुने नभएका कारण तयारी अवस्थामा रहन निर्देशन दिए। सरकारको गतिविधिमा असन्तुष्टि जनाउँदै ओलीले आन्दोलनको नाम जपेका हुन्। ‘आन्दोलनको मानसिकताका साथ […] ...

काठमाण्डुपाटी
अर्घाखाँचीमा पहिलोपटक भेटियो नेपालमा मात्र पाइने काँडेभ्याकुर
PoliticsJust now

अर्घाखाँचीमा पहिलोपटक भेटियो नेपालमा मात्र पाइने काँडेभ्याकुर

नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा यो प्रजाति देखिनु जैविक विविधताको अध्ययन र अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ ।      डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन । ठाडादहमा यसको उपस्थिति पुष्टि भएपछि जिल्लाको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play