Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

करको दर बढाउनुभन्दा दायरा विस्तार र प्रशासनिक सुधारमा जोड दिनुपर्छ : वीरेन्द्रराज पाण्डे

Share:WhatsAppFacebookX (Twitter)Telegram
करको दर बढाउनुभन्दा दायरा विस्तार र प्रशासनिक सुधारमा जोड दिनुपर्छ : वीरेन्द्रराज पाण्डे
Photo / Coverage: पर्दाफास

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजश्व वृद्धि गर्न करको दरमा निरन्तर वृद्धि गर्नुभन्दा करको दायरा विस्तार, आर्थिक गतिविधिको औपचारिकीकरण र कर प्रशासनमा सुधार गर्नुपर्ने बताएका छन् । करको भार पहिले नै वहन गरिरहेका करदातामाथि थप भार सिर्जना गर्नुभन्दा कर प्रणालीको दायराभन्दा बाहिर रहेका आर्थिक गतिविधि, सम्पती तथा पेशालाई करको दायरामा ल्याउनु बढी प्रभावकारी र न्यायोचित हुने उनले बताएका हुन्। राष्ट्रिय कर दिवसका अवसरमा अध्यक्ष पाण्डेले कर नीतिको स्थायित्वलाई लगानीकर्ताले उद्योग स्थापना, उत्पादन विस्तार तथा दीर्घकालीन लगानीको महत्वपूर्ण आधारका रूपमा लिने गरेको बताए । करसम्बन्धी नीतिगत परिवर्तन गर्दा पर्याप्त अध्ययन, निजी क्षेत्रसँगको परामर्श र त्यसको दीर्घकालीन प्रभावलाई ध्यान दिनुपर्ने उनले बताए । कर नीतिमा बारम्बार हुने परिवर्तनले लगानीकर्ताको निर्णय प्रक्रियालाई प्रभावित गर्न सक्ने भएकाले नीतिगत स्थिरता आवश्यक रहेको उनको भनाइ छ । सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत कर प्रणालीलाई सरल बनाउने, करको दायरा विस्तार गर्ने, भन्सार तथा राजश्व प्रशासनमा सुधार गर्ने र डिजिटल प्रणालीमार्फत आर्थिक कारोबारलाई औपचारिक अर्थतन्त्रमा आबद्ध गर्ने उद्देश्यसहित अघि सारेका नीतिगत पहललाई सकारात्मक रहेको उनले बताए । तर यस्ता सुधारको प्रभाव त्यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने पाण्डेले बताए । सुधारका कार्यक्रम कार्यान्वयन हुनसके कर अनुपालन बढाउन, राजस्व चुहावट नियन्त्रण गर्न र व्यवसाय सञ्चालन लागत घटाउन महत्त्वपूर्ण योगदान पुग्ने उनको धारणा छ । उनले कर प्रशासन र भन्सार प्रशासनलाई निजी क्षेत्रको लगानी, उत्पादन तथा व्यापार सहजीकरणसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण निकायका रूपमा व्याख्या गर्दै दुवै प्रशासनलाई सहजीकरणमुखी, प्रविधिमैत्री, पारदर्शी र सेवामुखी बनाउनुपर्नेमा जोड दिए। त्यस्तै, कर परीक्षण तथा अनुसन्धानका प्रक्रियालाई जोखिममा आधारित, तथ्यपरक र पारदर्शी बनाउनुपर्ने उनले बताए । कानूनको व्याख्या तथा कार्यान्वयनमा एकरूपता कायम हुनुपर्ने र व्यवसायीले अनावश्यक प्रशासनिक झमेला तथा प्रक्रियागत अस्पष्टता बेहोर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ छ । करसम्बन्धी विवाद समाधानका लागि प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए । वर्षौंसम्म कर विवादको निरूपण नहुँदा व्यवसायीको पुँजी अवरुद्ध हुने र त्यसले लगानीको वातावरणमा नकारात्मक प्रभाव पार्ने पाण्डेको भनाइ छ । पाण्डेले कर प्रणालीलाई उत्पादन र रोजगारी सिर्जनासँग जोड्नुपर्नेमा समेत जोड दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निजी क्षेत्रलाई राजश्व संकलनको स्रोत मात्र नभई आर्थिक विकासको सहयात्रीका रूपमा हेर्नुपर्छः कमलेश अग्रवाल
OthersJust now

निजी क्षेत्रलाई राजश्व संकलनको स्रोत मात्र नभई आर्थिक विकासको सहयात्रीका रूपमा हेर्नुपर्छः कमलेश अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रलाई सरकारको राजस्व संकलनको स्रोतका रूपमा मात्र नभई आर्थिक विकासको सहयात्रीका रूपमा हेर्नुपर्ने बताएका छन् । कर दिवसका अवसरमा राजधानीमा मंगलवार आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई सहभागी नगराई राजस्व वृद्धिको लक्ष्य दीर्घकालीन रूपमा हासिल गर्न नसकिने बताएका हुन् । अग्रवालले मुलुकको अर्थतन्त्र विगत करिब ६ वर्षदेखि कोभिड–१९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कमजोर ...

पर्दाफास
घट्यो छठपछिको सेयर बजार, बढ्यो कारोबार
OthersJust now

घट्यो छठपछिको सेयर बजार, बढ्यो कारोबार

१ मंसिर, काठमाडौं । छठपछि खुलेको सेयर बजार दोहोरो अंकले झरेको छ । १२.७९ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६३६ अंकमा कायम भएको छ । आज ८६ कम्पनीको मूल्य बढेको छ भने १८५ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारका क्रममा अधिकांश समय बजार रातो अंकमा रह्यो ।… ...

अनलाइन खबर
भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति
OthersJust now

भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति

प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । ...

अनलाइन खबर
अष्ट्रेलियामा नेपालीको ५० वर्ष :  सिड्नीमा विशेष कार्यक्रम हुँदै
OthersJust now

अष्ट्रेलियामा नेपालीको ५० वर्ष : सिड्नीमा विशेष कार्यक्रम हुँदै

सिड्नी । पचास वर्षअघि अष्ट्रेलियाको भूमिमा पाइला टेक्ने नेपालीहरूको संख्या थोरै थियो । भाषा, संस्कृति, भूगोल र जीवनशैली सबै नयाँ थिए । सीमित स्रोतसाधन, अपरिचित समाज र अनेकौँ चुनौतीका बीच उनीहरूले यहाँ आफ्नो भविष्य खोज्न थाले। त्यो समय आजजस्तो नेपाली समुदाय थिएन । न नेपाली पसलहरूको बाक्लो उपस्थिति थियो, न सामुदायिक संस्था, न नेपाली भाषा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play