आज विदेशी मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । यसैगरी युरो एकको खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा रहेको छ । पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा कायम भएको छ । स्विस फ्रैन्क एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४९ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६७ पैसा कायम भएको छ । त्यस्तै, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ ०७ पैसा रहेको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा कायम भएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

गोलबजारमा खैरो हेरोइनसहित दुई जना पक्राउ
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ पक्राउ गरेको छ । लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्रहरी टोलीले लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास, महोत्तरीसँगको संयुक्त सहकार्यमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार २०८३ साल कात्तिक ८ गते साँझ करिब ५स्३० बजे गोलबजार नगरपालिका–४ ...

सुनसरी गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ
९ कात्तिक, सिरहा । सुनसरीको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते सिरहाको गोलबजारमा भएको घटनामा संलग्न भएको आरोपमा वडाध्यक्ष अनवर पक्राउ परेका हुन् । उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका… ...

कञ्चनपुरमा भन्सार छलीको सामान बरामद
९ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपाल ल्याइएका २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट सशस्त्र प्रहरी निरीक्षक सागर सिंह धामीको कमान्डमा खटिएको टोलीले आइतबार बिहान उक्त सामान बरामद गरेको हो ।… ...

‘कबड्डी ५’ ले मुस्ताङलाई के दियो ? प्रचारप्रसारसँगै स्थानीय लाभको प्रश्न
हिमाली जिल्ला मुस्ताङको भूगोल, प्रकृति, संस्कृति र जीवनशैलीले यसलाई नेपालकै विशिष्ट जिल्लामध्ये एक बनाएको छ । यहाँको हिमाली सौन्दर्य, रैथाने उत्पादन, धार्मिक तथा सांस्कृतिक सम्पदा र मौलिक जनजीवनले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ। पछिल्लो समय नेपाली चलचित्रका माध्यमबाट पनि मुस्ताङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चर्चा पाउँदै आएको छ । मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ गाउँपालिका ऐतिहासिक थाक ...


