Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/‘कबड्डी ५’ ले मुस्ताङलाई के दियो ? प्रचारप्रसारसँगै स्थानीय लाभको प्रश्न

‘कबड्डी ५’ ले मुस्ताङलाई के दियो ? प्रचारप्रसारसँगै स्थानीय लाभको प्रश्न

10/26/2026, 8:39:01 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
‘कबड्डी ५’ ले मुस्ताङलाई के दियो ? प्रचारप्रसारसँगै स्थानीय लाभको प्रश्न

हिमाली जिल्ला मुस्ताङको भूगोल, प्रकृति, संस्कृति र जीवनशैलीले यसलाई नेपालकै विशिष्ट जिल्लामध्ये एक बनाएको छ । यहाँको हिमाली सौन्दर्य, रैथाने उत्पादन, धार्मिक तथा सांस्कृतिक सम्पदा र मौलिक जनजीवनले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ। पछिल्लो समय नेपाली चलचित्रका माध्यमबाट पनि मुस्ताङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चर्चा पाउँदै आएको छ । मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ गाउँपालिका ऐतिहासिक थाक सात सय क्षेत्रका रूपमा परिचित छ । धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको काखमा अवस्थित यस क्षेत्रको प्राकृतिक सौन्दर्य, हरियाली वनजङ्गल र थकाली समुदायको मौलिक संस्कृति यसको प्रमुख विशेषता हुन्। कुनै समय नेपाल र तिब्बतबीचको व्यापारबाट समृद्ध बनेको थकाली समुदायले आफ्नो परम्परा, संस्कृति र सामाजिक मूल्य–मान्यतालाई पुस्तान्तरण गर्दै आएको छ । थकाली सेवा समिति केन्द्रका अध्यक्ष शान्ति तुलाचनका अनुसार केन्द्रदेखि क्षेत्र, गाउँ र व्यक्तिसम्मका सांस्कृतिक मूल्य, मान्यता तथा परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास भइरहेको छ। यही सामाजिक र सांस्कृतिक परिवेशलाई कथाको आधार बनाउँदै निर्देशक रामबाबु गुरुङले निर्माण गरेको ‘कबड्डी’ चलचित्र शृङ्खलाले नेपाली दर्शकमाझ लोकप्रियता हासिल गरेको छ। थकाली समुदायको सामाजिक परिवेश र स्थानीय संस्कृतिलाई पर्दामा प्रस्तुत गर्दै चलचित्र पाँचौँ शृङ्खलासम्म आइपुग्नु नेपाली चलचित्र क्षेत्रका लागि पनि महत्त्वपूर्ण उपलब्धि हो। नेपाली चलचित्रले बजेट, प्रविधि र भव्यताका हिसाबले बलिउड तथा हलिउडसँग प्रतिस्पर्धा गर्न चुनौती सामना गरिरहेको अवस्थामा आफ्नै भूगोल, संस्कृति र समाजभित्रका कथालाई पर्दामा उतारेर दर्शकको मन जित्न सकिने सम्भावना ‘कबड्डी’ले देखाएको छ। तर, ‘कबड्डी ५’ सम्म आइपुग्दा मुस्ताङका जनताले के पाए भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ। चलचित्रले मुस्ताङको प्राकृतिक सौन्दर्य, स्थानीय जीवनशैली र सांस्कृतिक पहिचानलाई व्यापक दर्शकमाझ पु¥याउन सहयोग गरेको छ। यसले मुस्ताङप्रति दर्शकको चासो बढाउनुका साथै पर्यटन प्रवद्र्धनको सम्भावनासमेत विस्तार गर्न सक्छ। चलचित्र हेरेपछि त्यसमा देखिएका स्थान अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेमा होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन र अन्य व्यवसायले लाभ लिन सक्नेछन्। त्यसैगरी, स्थानीय कलाकार तथा कामदारलाई छायाङ्कनमा अवसर दिने, स्थानीय उत्पादनको प्रयोग बढाउने र मौलिक संस्कृतिको सम्मानजनक प्रस्तुति गर्ने हो भने चलचित्रले स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउन सक्छ। यद्यपि, प्रचारप्रसार हुनु र त्यसको प्रत्यक्ष लाभ स्थानीय जनताले पाउनु फरक विषय हुन्। चलचित्रले मुस्ताङको नाम देशविदेशमा चिनाए पनि त्यसबाट सिर्जना हुने रोजगारी, व्यावसायिक अवसर र आर्थिक लाभ स्थानीय समुदायसम्म कति पुगे भन्ने विषयमा मूल्याङ्कन आवश्यक छ। स्थानीय जनताको सहभागिताबिना पर्यटन प्रवद्र्धनको लाभ सीमित व्यवसाय वा बाह्य पक्षमा केन्द्रित हुने सम्भावना रहन्छ। त्यसैले चलचित्रसँग जोडिएका पर्यटन गतिविधिमा स्थानीयलाई प्राथमिकता दिने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने र संस्कृति संरक्षणमा समुदायको भूमिका सुनिश्चित गर्ने विषयमा ध्यान दिन आवश्यक देखिन्छ। मुस्ताङको पहिचान केवल हिमाल, प्राकृतिक दृश्य र चलचित्रमा देखिने आकर्षक स्थानमा मात्र सीमित छैन। यहाँको भाषा, संस्कृति, परम्परा, रैथाने उत्पादन र स्थानीय जनताको जीवनशैली पनि उत्तिकै महत्त्वपूर्ण सम्पदा हुन्। यी पक्षको संरक्षण र प्रवद्र्धनसँगै आर्थिक अवसर सिर्जना गर्न सकिएमा चलचित्रले जिल्लाको दीर्घकालीन विकासमा योगदान पु¥याउन सक्छ। ‘कबड्डी ५’ मुस्ताङका लागि एउटा चलचित्र मात्र नभई आफ्नै भूगोल र संस्कृतिप्रति गर्व गर्ने अवसर पनि हो। तर चलचित्रको सफलता स्थानीय जनताको जीवनमा कति सकारात्मक परिवर्तन ल्याउन सक्यो भन्ने आधारमा पनि हेरिनुपर्छ। मुस्ताङको नाम पर्दामा चम्किनु उपलब्धि हो, तर त्यसको उज्यालो स्थानीय जनताको जीवनसम्म पुग्नु अझ महत्त्वपूर्ण उपलब्धि हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एनपीएलमा सुरक्षा तयारी, यस्तो छ प्रहरीको योजना
OthersJust now

एनपीएलमा सुरक्षा तयारी, यस्तो छ प्रहरीको योजना

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल)मा सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । एनपीएलमा हुन सक्ने बेटिङदेखि म्याच फिक्सिङसम्मको निगरानीका लागि प्रहरीका विशेष टोली परिचालन गरिएको छ ।यस्तै सुरक्षाका लागि झण्डै १४ सय प्रहरी परिचालन गरिने छ। जिल्ला सुरक्षा समितिले नेपाल क्रिकेट संघ (क्यान) सँगको समन्वयमा सुरक्षा योजना तयार पारेको हो। निजी सुरक्षा कम्पनीलाई भित्रको […] ...

काठमाण्डुपाटी
अमेरिकाको अग्रणी फिन्टेक बैंकको बोर्ड रुममा नेपाली
OthersJust now

अमेरिकाको अग्रणी फिन्टेक बैंकको बोर्ड रुममा नेपाली

नेपाल छाडेर स्नातक तह पढ्न अस्ट्रेलिया पुग्दा विराटनगरका प्रवेश रिजाल १८ वर्षका थिए । त्यसपछिको १८ वर्षमा उनी अहिले अमेरिकाको वित्तीय प्रविधि क्षेत्रको बैंक क्रस रिभर बैंकको नेतृत्वदायी भूमिकामा छन् । परम्परागत बैंकिङलाई प्रविधि, डेटा र कृत्रिम बुद्धिमत्तासँग जोड्ने काममा सक्रिय उनी विश्व वित्तीय प्रणालीको भविष्यसँगै नेपालको आर्थिक सम्भावनाबारे पनि सोचिरहेका छन् । ...

अनलाइन खबर
सुपर एआई: हाम्रो विवेकको सार्वभौमिकता कति सुरक्षित छ ?
OthersJust now

सुपर एआई: हाम्रो विवेकको सार्वभौमिकता कति सुरक्षित छ ?

हामी एआईलाई सूचना खोज्ने र विश्लेषण गर्ने एजेन्ट मात्र बनाइरहेका छौँ कि आफ्नो अन्तिम निर्णय गर्ने विवेक (एजेन्सी) नै सुम्पिँदै छौँ ? एआई इकोनोमीको युगमा मानव र यन्त्रबीचको सम्बन्धको सीमा कहाँनिर कोर्ने भन्नेबारे गम्भीर बहसको बेला आएको छ। ...

अनलाइन खबर
रोल्पामा विपद् प्रभावित ५२ परिवारलाई राहत वितरण
OthersJust now

रोल्पामा विपद् प्रभावित ५२ परिवारलाई राहत वितरण

९ कात्तिक, रोल्पा। रोल्पा-काठमाडौं सम्पर्क समितिले प्राकृतिक विपद्‍मा परी ज्यान गुमाएका, बेपत्ता भएका र घाइते भएका व्यक्तिका ५२ परिवारलाई आर्थिक राहत वितरण गरेको छ। समितिले आइतबार रोल्पाको लिबाङमा कार्यक्रम गरी ६ लाख १ हजार ६०१ रुपैयाँ राहत रकम हस्तान्तरण गरेको हो। राहत रकम संकलन अभियान सञ्चालन गरेर जम्मा भएको रकम पीडित परिवारलाई उपलब्ध गराइएको अभियानका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play