Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Others/आज विजयादशमी : टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

आज विजयादशमी : टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

10/21/2026, 6:52:16 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आज विजयादशमी : टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

नेपालीहरुको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदैछ । आजको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका लगाउने
OthersJust now

राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका लगाउने

४ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले शुभ साइत १०:२६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भएपनि गत वर्षदेखि… ...

अनलाइन खबर
जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन
OthersJust now

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मंगलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो । तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहिआएको छ । कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु परिसरमा पुर्‍याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ...

पर्दाफास
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
OthersJust now

राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभ साइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन् । शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको आज बिहान शुभ साइत १०:२६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भएपनि गत वर्षदेखि मुलुकले विषय परिस्थितिको सामना गर्नु परेको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play