Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

आज पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस
Photo / Coverage: पर्दाफास

पत्रकारमाथि हुने हत्या, हिंसा, धम्की तथा आक्रमणका घटनामा दण्डहीनता अन्त्य गर्ने उद्देश्यले आज विश्वभर ‘पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१३ मा नोभेम्बर २ लाई यो दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। पत्रकारमाथि हुने अपराधको अनुसन्धान, दोषीलाई कानुनी कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। यस वर्ष सन् २०२६ को दिवस ‘खतरा बदलिँदै छन्, दण्डहीनता कायमै छ’ भन्ने नारासहित मनाइँदैछ। नयाँ प्रविधि र हतियारका कारण विशेषगरी द्वन्द्वग्रस्त क्षेत्रमा पत्रकारमाथि हुने आक्रमणका स्वरूप परिवर्तन हुँदै गएको विषयलाई यस वर्ष प्राथमिकता दिइएको छ। पत्रकारले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने क्रममा विभिन्न किसिमका धम्की, आक्रमण, अपहरण, यातना तथा हत्यासम्मका जोखिम सामना गर्नुपरेको छ। यस्ता घटनामा दोषीमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने र स्वतन्त्र पत्रकारितामाथि गम्भीर असर पर्ने गरेको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का अनुसार सन् २००६ देखि २०२५ सम्म विश्वभर एक हजार ६०० भन्दा बढी पत्रकारको हत्या भएको छ। तीमध्ये करिब सातमध्ये छ घटनामा अझै न्यायिक निरुपण हुन सकेको छैन। संयुक्त राष्ट्रसंघले पत्रकारमाथि हुने सबै प्रकारका आक्रमणको निष्पक्ष अनुसन्धान, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पत्रकारले स्वतन्त्र र सुरक्षित रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गर्दै आएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री
OthersJust now

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री

सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । सरकारले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत भूमि प्रशासनका सेवा स्थानीय तहबाटै प्रवाह गर्ने योजना अघि बढाएको हो । प्रधानमन्त्री शाहका अनुसार हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा आइसकेको छ ...

पर्दाफास
उच्च रक्तचाप छ ? नियन्त्रणमा राख्न अपनाउनुपर्ने ७ बानी
OthersJust now

उच्च रक्तचाप छ ? नियन्त्रणमा राख्न अपनाउनुपर्ने ७ बानी

अहिले उच्च रक्तचापको समस्याबाट ठूलो संख्यामा मानिसहरू प्रभावित छन् । धेरैले औषधिको सहायताले आफ्नो रक्तचाप नियन्त्रणमा राख्ने प्रयास गरिरहेका हुन्छन् । यो समस्या सामान्य लाग्न सक्छ, तर वास्तवमा त्यस्तो होइन । लामो समयसम्म रक्तचाप बढिरहँदा मुटुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यसले हृदयाघातजस्ता समस्याको जोखिमसमेत बढाउँछ । पहिले उच्च रक्तचापको समस्या विशेषगरी वृद्धवृद्धामा बढी… ...

अनलाइन खबर
१० लाख जितेका गौरीशंकर भन्छन्- घर मर्मत गर्छु, लोक सेवा पढ्छु
OthersJust now

१० लाख जितेका गौरीशंकर भन्छन्- घर मर्मत गर्छु, लोक सेवा पढ्छु

एकातिर परिवारको आर्थिक अवस्था सुधार्ने जिम्मेवारी, अर्कोतिर सरकारी जागिर खाने सपना । यी दुवैका बीच संघर्ष गरिरहेका पण्डितका लागि ४१५ रुपैयाँको खरिद अप्रत्याशित खुसी बनेर आएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play