Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आज नेपालले ओमानसँग खेल्दै, शिर्ष ६ मा पुग्न जित्नै पर्ने दबाब

आज नेपालले ओमानसँग खेल्दै, शिर्ष ६ मा पुग्न जित्नै पर्ने दबाब

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष ६ मा पुग्न जित्नै पर्ने दबाब

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । लिग–२ को अङ्कतालिकामा शीर्ष ६ भित्र रहँदै ओडीआई मान्यता कायम राख्ने लक्ष्यमा रहेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण छ। क्यानडासँग शनिबार भएको खेलमा पराजित भएपछि नेपाल अङ्कतालिकाको सातौँ स्थानमा झरेको छ । त्यसैले शीर्ष ६ मा पुनः उक्लिन नेपालले ओमानलाई हराउनुपर्नेछ । जारी त्रिदेशीय शृङ्खलामा नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो। नेपालले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । तर, तेस्रो खेलमा क्यानडासँग २४ रनले पराजित भएपछि नेपालको शीर्ष ६ मा पुग्ने यात्रामा दबाब थपिएको हो । क्यानडाले नेपाललाई हराएसँगै ३६ खेलबाट २९ अङ्क जोडेर अङ्कतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । ३५ खेलबाट २८ अङ्क रहेको नेपाल भने सातौँ स्थानमा पुगेको छ । यस्तो अवस्थामा आज ओमानलाई पराजित गर्न सके नेपालले क्यानडालाई पछि पार्दै छैटौँ स्थानमा उक्लिने अवसर पाउनेछ । विश्वकप लिग–२ को अङ्कतालिकामा शीर्ष ६ स्थानमा रहने टोलीले आफ्नो ओडीआई मान्यता कायम राख्ने भएकाले नेपालका लागि बाँकी खेलका नतिजा निर्णायक हुनेछन् । त्यसैले ओमानविरुद्धको खेल नेपालका लागि अङ्क जोड्ने अवसर मात्र नभई ओडीआई मान्यता जोगाउने अभियानमा महत्त्वपूर्ण प्रतिस्पर्धासमेत बनेको छ । नेपालले यसअघि ओमानलाई पराजित गरिसकेको भए पनि घरेलु मैदानमा खेल्ने टोलीविरुद्ध उक्त प्रदर्शन दोहोर्‍याउनु चुनौतीपूर्ण हुनेछ । शीर्ष ६ को दौडमा आफ्नो स्थान सुधार्न नेपालले आज जित निकाल्नुपर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन
ताजा खबरJust now

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै छ । ओमान क्रिकेट एकेडेमीमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । अर्जुन कुमालको स्थानमा देव खनाल टोलीमा आएका छन्। अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने ...

कर्पोरट खबर
अर्घाखाँचीमा यात्रुकाे चाप धान्न देउरालीले थप्यो ७ नयाँ बस
ताजा खबरJust now

अर्घाखाँचीमा यात्रुकाे चाप धान्न देउरालीले थप्यो ७ नयाँ बस

दसैं मनाउन राजधानीबाट घर फर्कने यात्रुको सहजताका लागि सन्धिखर्क–काठमाडौँ रुटमा तीनवटा र सन्धिखर्क–दिल्ली रुटमा चारवटा बस थपिएको हो । ...

कान्तिपुर
नेपाल, भुटान र भारतका याकपालकको क्षेत्रीय सञ्जाल स्थापना हुँदै
ताजा खबरJust now

नेपाल, भुटान र भारतका याकपालकको क्षेत्रीय सञ्जाल स्थापना हुँदै

काठमाडौं । नेपाल, भुटान र भारतका याक तथा चौँरीपालक कृषकलाई एकै मञ्चमा जोड्ने उद्देश्यले हिमालय याक कृषक सञ्जाल स्थापना हुने भएको छ। भुटानमा आयोजना हुने नवौँ रोयल हाइल्यान्ड महोत्सवका अवसरमा सञ्जाल औपचारिक रूपमा सुरु गरिनेछ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार याकपालक समुदायमा मात्र केन्द्रित यो पहिलो क्षेत्रीय मञ्च हुनेछ। जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण र युवाको बसाइँसराइजस्ता चुनौती बढिरहेका ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play