Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/आज देशभरको मौसम कस्तो रहला ?

आज देशभरको मौसम कस्तो रहला ?

10/27/2026, 7:09:55 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आज देशभरको मौसम कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज राति देशभर आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार र बिहीबार भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा र हिमपातको तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
OthersJust now

मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो घोषणा गरेका हुन् । धाँधलीमा संलग्न व्यक्तिहरू पक्राउ परी दोषी ठहरिएपछि मात्र पुरस्कार दिइने उनले उल्लेख गरेका छन् । ‘विगतका निर्वाचन वा आगामी सन् २०२६ को ...

पर्दाफास
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
OthersJust now

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गरेको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । बैंकले ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको छ । कुल निष्काशित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड ...

पर्दाफास
अन्तिम फिल्ममा नाना : ४० डिग्री तापक्रममा गरे छायाङ्कन, इरफान खानलाई निकै सम्झन्थे
OthersJust now

अन्तिम फिल्ममा नाना : ४० डिग्री तापक्रममा गरे छायाङ्कन, इरफान खानलाई निकै सम्झन्थे

दिवंगत अभिनेता नाना पाटेकरले दिनेश विजनको म्याडक फिल्म्सको ब्यानरमा बनेको आफ्नो अन्तिम फिल्म 'शक्तिशालिनी'मा काम गरेका थिए । यो परम्परागत हरर–कमेडीभन्दा फरक छ । नानाको चरित्र हास्यप्रधान नभई गम्भीर र विद्रोही स्वभावको छ । यसको कथा गम्भीर नाटकमा आधारित छ, जहाँ सामाजिक परिस्थितिबाट उत्पन्न हुने डर र तनाव महत्त्वपूर्ण छन् । फिल्मको कथा वास्तविक घटनाबाट… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play