Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आईजीपी प्रकरणमा सरकार र पार्टीकै कुरा बाझियो : विश्वप्रकाश शर्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी प्रकरणमा सरकार र पार्टीकै कुरा बाझियो : विश्वप्रकाश शर्मा
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने विषयमा सरकार र सत्तारूढ दलका नेताहरूबाटै फरक–फरक अभिव्यक्ति आएको भन्दै व्यङ्ग्य गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा शर्माले आईजीपी हटाउने निर्णयको आधार र त्यससँग जोडिएका घटनाक्रम पारदर्शी रूपमा सार्वजनिक गर्न सरकारसँग माग गरे। सरकारका प्रवक्ता पार्टीको निर्देशनमा आईजीपी हटाइएको बताउने तर पार्टीका प्रवक्ताले भने त्यस्तो निर्देशन नदिएको बताउने गरेको उल्लेख गर्दै उनले सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको टिप्पणी गरे। शर्माले मुलुकका वास्तविक समस्या र राष्ट्रिय प्राथमिकतालाई बेवास्ता गरेर सरकार आईजीपी हटाउने विषयमा केन्द्रित भएको आरोप लगाए। भोटेकोशी विपत्तिको पीडा र आगामी कोप–३१ सम्मेलनको तयारी जस्ता विषय सरकारको प्राथमिकतामा हुनुपर्ने उनको भनाइ थियो। उनले वर्तमान सरकारलाई पाँच वर्षसम्म काम गर्न दिनुपर्नेमा कांग्रेस स्पष्ट रहेको बताए। विगत ७५ वर्षको राजनीतिक इतिहासमा कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको कार्यकाल पूरा गर्न नपाएको उल्लेख गर्दै उनले वर्तमान प्रधानमन्त्रीले भने पूरा कार्यकाल सरकार चलाउन पाउनु पर्ने धारणा राखे। कांग्रेस सरकार ढाल्ने वा सत्तामा पुग्नेभन्दा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न केन्द्रित रहेको शर्माले स्पष्ट पारे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुद्दा र कार्यशैलीमा अनेकताका बिच गगनको ‘कटसी’ पोलिसी
Latest NewsJust now

मुद्दा र कार्यशैलीमा अनेकताका बिच गगनको ‘कटसी’ पोलिसी

काठमाडौँ । बिचौलिया इनम सापकोटा ‘इनम’ प्रकरण ‘कनेक्सन’ले राज्यका विभिन्न अङ्ग र हाई प्रोफाइलको टाउको दुखाइ भइरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाबिचको भेटवार्ताले... ...

रातोपाटी
फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गा
Latest NewsJust now

फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौं उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, संघसंस्था तथा व्यक्तिले ओगेको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ।    शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतापछि वर्षौँदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका विश्वविद्यालयका जग्गा फिर्ता ल्याइएको हो। त्रिविल... ...

नेपालखबर
नेपाल प्रहरीका ३४औँ प्रहरी महानिरीक्षक मनोज केसी को हुन्?
Latest NewsJust now

नेपाल प्रहरीका ३४औँ प्रहरी महानिरीक्षक मनोज केसी को हुन्?

काठमाडौं । सरकारले बुधबार अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। आकस्मिक मन्त्रिपरिषद् बैठकले प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागका प्रमुख रहेका केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारले यसअघि आईजीपी रहेका दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको छ। मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईजीपीसरहको ...

नेपालन्युज
रसेलदेखि वार्नरसम्म, एनपिएलमा कसको प्रदर्शन कस्तो ?
Latest NewsJust now

रसेलदेखि वार्नरसम्म, एनपिएलमा कसको प्रदर्शन कस्तो ?

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा विदेशी स्टार खेलाडीले आफ्नो प्रभाव देखाउन थालेका छन् । विश्व क्रिकेटका चर्चित खेलाडीहरू कीर्तिपुर मैदानमा उत्रिएसँगै प्रतियोगिताको रौनक बढेको छ । ब्याटिङ र बलिङ दुवैतर्फ केही विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने केही स्टार अझै आफ्नो लय खोजिरहेका छन् । यसैबीच दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर डेभिड मिलर पनि बुधबार नेपाल आइपुगेका छन् ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play