Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
Photo / Coverage: पर्दाफास

गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकमैत्री बनाउँदै शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। बुधबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रममा गृहमन्त्री गुरुङले नागरिकसँगको व्यवहार सुधार गरी प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्न निर्देशन दिएका हुन्। उनले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्नुपर्नेमा जोड दिँदै सेवा प्रवाहका क्रममा नागरिकसँग गरिने व्यवहारमा विशेष संवेदनशीलता अपनाउन आग्रह गरे। गृहमन्त्री गुरुङले प्रहरी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिए। शान्ति सुव्यवस्था कायम राख्ने र अपराध नियन्त्रण गर्ने जिम्मेवारीसँगै विपद् व्यवस्थापनमा समेत प्रहरीको सक्रियता आवश्यक रहेको उनले बताए। विशेषगरी नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने फिल्डमा खटिएका प्रहरी कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सङ्गठनको तल्लो तहसम्म नागरिकमैत्री व्यवहार र जिम्मेवार कार्यसम्पादनलाई प्राथमिकता दिन निर्देशन दिए। प्रहरी सङ्गठनले सकारात्मक काम गर्दा गृह मन्त्रालय सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै गुरुङले कार्यसम्पादनका क्रममा आइपर्ने समस्या समाधानमा आवश्यक सहयोग उपलब्ध गराइने बताए। उनले प्रहरी नेतृत्वलाई संगठनको प्रभावकारिता अभिवृद्धि गर्दै नागरिकको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘मिनि संसदमा’ उठ्यो पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरण
OthersJust now

‘मिनि संसदमा’ उठ्यो पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरण

नेपाली कांग्रेसकी सांसद नीनुकुमारी कर्णले पत्रकारमाथिको धरपकड तथा बिचौलिया इनम सापकोटासँग न्यायाधीश जोडिएको प्रकरणमा छानबिन समिति गठन गरी अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । समाचार कक्षमै प्रवेश गरेर पत्रकारमाथि गरिएको धरपकडको निन्दा गर्दै उनले पत्रकार पक्राउ गर्न प्रहरी सञ्चारगृहमा पुग्ने तर पक्राउबारे गृह ...

पर्दाफास
आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगर
OthersJust now

आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगर

पुरानो भवन रहेको ठाउँमा बहुतले भवन बनाउने योजना बुनिरहेको महानगरले आफैं पनि धेरै ठाउँमा व्यापारिक भवन बनाएर भाडा खाइरहेको छ । तर आफैं भने प्रशासनिक भवनविहीन छ । ...

अनलाइन खबर
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष
OthersJust now

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवस अवसर पारेर बुधबारदेखि उक्त प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो । ...

अनलाइन खबर
ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म
OthersJust now

ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म

विशेष महाधिवेशनबाट गगन सभापति निर्वाचित भएको र ओलीको सम्बन्ध तत्कालीन सभापति शेरबहादुर देउवासँग घनिष्ठ रहेकाले पनि यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play