Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

‘मिनि संसदमा’ उठ्यो पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘मिनि संसदमा’ उठ्यो पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरण
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसकी सांसद नीनुकुमारी कर्णले पत्रकारमाथिको धरपकड तथा बिचौलिया इनम सापकोटासँग न्यायाधीश जोडिएको प्रकरणमा छानबिन समिति गठन गरी अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । समाचार कक्षमै प्रवेश गरेर पत्रकारमाथि गरिएको धरपकडको निन्दा गर्दै उनले पत्रकार पक्राउ गर्न प्रहरी सञ्चारगृहमा पुग्ने तर पक्राउबारे गृह मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयको सचिवालयले अनभिज्ञता प्रकट गर्ने घटनामा सरकारसँग जवाफ माग गरिन् । आगामी दिनमा सञ्चारमाध्यम र पत्रकारलाई आतंकित पार्ने गतिविधि नगर्न पनि उनले चेतावनी दिइन् । न्यायालयमाथि सामाजिक सञ्जालमार्फत नेतृत्व तहकै व्यक्तिहरूबाट आक्रमणको प्रयास भइरहेको भन्दै उनले आपत्ति जनाइन् । बिचौलिया इनम सापकोटा र उनीसँग नेक्सस रहेका न्यायाधीशहरूमाथि अनुसन्धान गर्न छानबिन समिति गठन गर्न पनि उनले समिति सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराइन् । त्यसैगरी, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारको अडियो प्रकरणको अनुसन्धानको प्रगति विवरण सार्वजनिक गर्न उनले माग गरिन् । सांसद सुनारमाथि यथाशीघ्र कारबाही प्रक्रिया अघि बढाउनसमेत उनले आग्रह गरिन् । उनले भनिन्, ‘प्रहरी पत्रकारलाई समात्न मिडियाहाउसमा पुग्छ, मिडियाकर्मीहरुलाई समातेर प्रहरीले लैजान्छ र गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयको सचिवालयले थाहा छैन भनेर सामाजिक संजालबाटै बाहिर लेख्छ । यो के हो ? यस विषयमा म समिति सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । पत्रकार र मिडिया र मिडियालाई किन आतंकित पार्ने काम गरेको ? समाचारको बारेमाख सत्यतथ्य लेख्ने निकाय सरकारसँग छ कि छैन ? यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ न्यायालयसँग सम्बन्धित विषयमा छानबिन समिति गठन गर्न माग गर्दै उनले भनिन्, ‘दोस्रो, अहिले न्यायालय देशको सर्वोच्च निकाय हो, जहाँ प्रत्येक नागरिकले न्याय पाउने अधिकार छ । अहिले न्यायालयलाई पनि आतंकित बनाइएको छ, त्यो पनि सामाजिक संजाल मार्फत नै भइरहेको छ । त्यो न्यायालय माथि प्रहार गर्ने को हो ? न्यायालयसँग सम्बन्धित यतिधेरै कुरा किन आइरहेको छ ? एक जना ३० वर्षे युवक इनम सापकोटा भन्ने व्यक्तिको कारणले अहिले न्यायालय माथि गम्भीर प्रश्न तेर्सिएको छ । त्यसको जवाफ कसले दिने ? यसको जवाफ दिन न्यायलयमाथि उठेका प्रश्नहरुको विषयमा छानबिन समिति गठन गरेर अनुसन्धान गर्न समेत सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ रास्वपा सांसदसँग जोडिएको अडियो प्रकरणबारे उनले भनिन्, ‘अर्को, रास्वपाका एक जना माननीयज्यूसँग जोडिएको घटना पनि सामाजिक संजालमा एकदम धेरै आयो । जसमा पूर्व राज्यमन्त्रीको नाम जोडिएको थियो । त्यो पनि अडियोहरु बाहिर आएको थियो । सार्वजनिक अडियोमा सार्वजनिक भएका शब्दहरु सुन्नै नसकिने किसिमका छन् । किन यो विषयमा छानबिन भइरहेको छैन । उच्च पदस्थ पदमा हुने व्यक्तिमाथि कारबाही नहुने हो ?’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अदालतको फैसला कार्यान्वयन चुनौती : ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकी
OthersJust now

अदालतको फैसला कार्यान्वयन चुनौती : ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकी

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले मेलमिलापलाई न्याय निरुपणको वैकल्पिक उपायका रूपमा नभई न्याय प्रणालीकै अभिन्न अंगका रूपमा आत्मसात गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । मेलमिलापलाई विवाद समाधानको प्रभावकारी माध्यमका रूपमा संस्थागत गर्नुपर्ने उनको भनाइ छ । नेपालको संविधान र कानूनले समेत मेलमिलाप ...

पर्दाफास
विश्वप्रकाश शर्माले भने- ‘सरकारकै नियन्त्रणमा रहेका व्यक्तिको बयानबाट कांग्रेसलाई बदनाम गर्न खोजियो’
OthersJust now

विश्वप्रकाश शर्माले भने- ‘सरकारकै नियन्त्रणमा रहेका व्यक्तिको बयानबाट कांग्रेसलाई बदनाम गर्न खोजियो’

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको नियन्त्रणमा रहेका व्यक्तिका कथित बयान र अडियो सार्वजनिक गर्दै कांग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारकै नियन्त्रणमा रहेका व्यक्तिबाट रेकर्ड गराइएका भनिएका सामग्री किस्ताबन्दीमा सार्वजनिक गरिनुले तिनको विश्वसनीयतामाथि प्रश्न उठाएको बताएका हुन् । सरकारको नियन्त्रणमा रहेको व्यक्तिले के बोल्ने र कति बोल्ने ...

पर्दाफास
लगातार सातौं हारपछि पनि ओमान शीर्ष चारमा, नामिबियाले प्लेअफ खेल्ने
OthersJust now

लगातार सातौं हारपछि पनि ओमान शीर्ष चारमा, नामिबियाले प्लेअफ खेल्ने

१८ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार सातौं हार बेहोरे पनि ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै प्रवेश गरेको छ । यूएईविरुद्ध बुधबार भएको अन्तिम खेलमा हार बेहोरे पनि आवश्यक रनको सीमा पार गरेर नेट रन रेटमा नामिबिया भन्दा अगाडि रहँदै ओमानले शीर्ष चारमा स्थान पक्का गरेको हो… ...

अनलाइन खबर
सरकारको बेरुजु साढे १० अर्ब बढी, संरचना र कागजातमा आगजनीले अझ बढायो
OthersJust now

सरकारको बेरुजु साढे १० अर्ब बढी, संरचना र कागजातमा आगजनीले अझ बढायो

गत आवमा भएको जेनजी आन्दोलन र त्यसबाट सार्वजनिक सवारीसाधन, सरकारी कागजात तथा भौतिक सम्पत्तिमा पुगेको क्षतिले बेरुजु रकम बढाएको विश्लेषण महालेखाले गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play