Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

काँग्रेसले भन्यो- भय र भ्रमको शासन बन्द गर !

Share:WhatsAppFacebookX (Twitter)Telegram
काँग्रेसले भन्यो- भय र भ्रमको शासन बन्द गर !
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाली कांग्रेसले सरकारमाथि स्वेच्छाचारी र निरंकुश शैलीमा शासन सञ्चालन गरेको आरोप लगाउँदै भय र भ्रम सिर्जना गरेर सत्ता चलाउने प्रवृत्ति बन्द गर्न आग्रह गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै काँग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो घटनाक्रममा काँग्रेसको धारणा सार्बजनिक गर्दै विधिको शासन, नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन् । कांग्रेसले २०८२ पुसमा सम्पन्न विशेष महाधिवेशन निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको र सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भएको दाबी गरेको छ । त्यसपछि २०८३ असोज १६ देखि २३ गतेसम्म पार्टीको १५औँ महाधिवेशनसमेत सम्पन्न भइसकेको उल्लेख गर्दै पार्टीको वैधानिकतामाथि उठाइएका प्रश्न, अडियो बयान र प्रचारलाई निराधार तथा नियोजित भनेको छ । पार्टीले आफूमाथि उठेका सबै प्रश्न र छानबिनको सामना गर्न तयार रहेको जनाएको छ । कांग्रेसले ‘इनम सापकोटा प्रकरण’ मा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम जोडिँदै राज्यका निकाय दुरुपयोग भएको आरोप लगाएको छ । प्रधानमन्त्री कार्यालयको संलग्नतामा अनधिकृत व्यक्तिबाट फोन नियन्त्रणमा लिने, प्रमाण नष्ट गर्ने तथा अनुसन्धानमा रहेका व्यक्ति र प्रमाणमाथि हस्तक्षेप भएको विषय सार्वजनिक भएको उसको दाबी छ । प्रहरी महानिरीक्षक हटाउने घटनालाई पनि कांग्रेसले यसै प्रकरणसँग जोड्दै सबै घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ । पार्टीले पछिल्लो समय पत्रकारमाथि धरपकड, अपारदर्शी निर्णय र संवैधानिक निकायमाथि नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाएको छ । यस्ता गतिविधिविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा अघि बढ्ने जनाउँदै उपसभापति पुष्पा भुसालको नेतृत्वमा कानुनी परामर्श प्रक्रिया अघि बढाउने र संसदीय दलका तर्फबाट नेता भीष्मराज आङ्गम्वेको नेतृत्वमा संसद्मा पहल गर्ने जनाएको छ । कांग्रेसले सरकारको प्राथमिकता विपद्पीडितको राहत तथा पुनर्स्थापना, अर्थतन्त्रको पुनरुत्थान र जलवायु संकटको सम्बोधन हुनुपर्ने बताएको छ । प्रश्न उठाउने नागरिकको आवाज दबाउने र प्रतिपक्षलाई कमजोर बनाउने प्रयास नगर्न आग्रह गर्दै पार्टीले जनसरोकारका विषयमा रचनात्मक सहयोग गर्न आफू तयार रहेको जनाएको छ । साथै, पार्टी पङ्क्तिलाई विधिको शासन, नागरिक स्वतन्त्रता र जनताका मुद्दामा दृढ रहन अपिल गरेको छ । The post काँग्रेसले भन्यो- भय र भ्रमको शासन बन्द गर ! appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री वालेनको भारत भ्रमणका एजेन्डामा विदेश सचिव मिस्रीले गरे प्रारम्भिक छलफल
Latest NewsJust now

प्रधानमन्त्री वालेनको भारत भ्रमणका एजेन्डामा विदेश सचिव मिस्रीले गरे प्रारम्भिक छलफल

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि आज काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विक्रम मिस्त्रीले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाको बारेमा प्रारम्भिक छलफल गरेका छन्। समकक्षी एवं परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलाई भेटेर द्विपक्षीय वार्ता सुरु गरेको मिस्रीले परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले र ऊर्जा, जलस्रोत तथा सिँचाइम... ...

नेपालखबर
बिमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त
Latest NewsJust now

बिमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त

अर्थ मन्त्रालयको छनोट समितिको सिफारिसमा मन्त्रिपरिषद्ले मंगलबार थापालाई अध्यक्ष नियुक्त गरेको हो । बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेले उनलाई पद तथा गोपनीयताको शपथ गराए । ...

कान्तिपुर
निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त
Latest NewsJust now

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषकाे कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरेको हो। बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए । संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन निर्देशन दिए । The post निक्षेप तथा कर्जा ...

कर्पोरट खबर
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
Latest NewsJust now

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play