Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

त्रिविको सात सय रोपनी भन्दा बढी जग्गा फिर्ता, ६ महिनामै यसरी भयो सम्भव

Share:WhatsAppFacebookX (Twitter)Telegram
त्रिविको सात सय रोपनी भन्दा बढी जग्गा फिर्ता, ६ महिनामै यसरी भयो सम्भव
Photo / Coverage: नेपालन्युज

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, संघ-संस्था तथा व्यक्तिद्वारा ओगटिएको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतापछि वर्षौँदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका विश्वविद्यालयका जग्गा फिर्ता ल्याइएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेसँगै मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको सम्पत्ति संरक्षण र प्राज्ञिक सुधारलाई प्राथमिकतामा राख्नुभएको थियो। मन्त्रालयको प्रत्यक्ष निर्देशन, समन्वय र सक्रियतामा त्रिविले अतिक्रमित जग्गा खाली गराउन ३५ दिने सार्वजनिक अल्टिमेटम जारी गरेको थियो। यो अल्टिमेटम र त्यसपछिको निरन्तर प्रशासनिक तथा कानुनी पहलकदमीका कारण ६ महिनाभित्रै यो महत्त्वपूर्ण उपलब्धि सम्भव भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन र आन्तरिक अभिलेखलाई मुख्य आधार बनाएर सञ्चालन गरिएको जग्गा फिर्ती अभियानका क्रममा काठमाडौँ उपत्यकाभित्र नियन्त्रणमा रहेका जग्गाको लगत संकलन गरिएको थियो। ३५ दिने समयसीमाभित्र अनधिकृत रूपमा सञ्चालनमा रहेका संरचना खाली गराउने र सम्झौता नवीकरण नभएका क्षेत्रहरूलाई विश्वविद्यालयको प्रत्यक्ष स्वामित्वमा ल्याउने काम तीव्रताका साथ अगाडि बढाइएको थियो। मन्त्रालयको अग्रसरता र त्रिवि प्रशासनको सक्रियताका कारण ६ महिनाको छोटो अवधिमा ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता भएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए। उहाँका अनुसार, फिर्ता आएका यी जग्गाहरूलाई विश्वविद्यालयको गुरुयोजना अनुसार अत्याधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र, केन्द्रीय पुस्तकालय र शैक्षिक पूर्वाधार निर्माणमा उपयोग गर्ने तयारी त्रिविले गरेको छ। यसबाहेक फिर्ता आउन बाँकी रहेको जग्गाका लागि पनि काम भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए । ‘हामी आएपछि हडपिएका जग्गा फिर्ताको काममा सक्रियता पूर्वक लागेका थियौँ। आजसम्म काठमाडौँ उपत्यकाभित्र मात्र त्रिविको ७०५ रोपनी जग्गा फिर्ता भएको छ। उपत्यकाबाहिरको हकमा पनि काम भइरहेको छ,’ मन्त्री पोखरेलले भने, ‘अब ती फिर्ता भएका जग्गाका हकमा अन्य शैक्षिक गतिविधि र त्यसका लागि आवश्यक पुर्वाधारहरुमा काम गर्छौँ।‘

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राजेश एकलको शब्द र सङ्गीतमा 'लम्क लम्क' बोलको राष्ट्रिय गीत सार्वजनिक
Latest NewsJust now

राजेश एकलको शब्द र सङ्गीतमा 'लम्क लम्क' बोलको राष्ट्रिय गीत सार्वजनिक

काठमाडौँ । म्युजिक नेपालले 'लम्क लम्क..' बोलको राष्ट्रिय गीत बजारमा ल्याएको छ। राजेश एकलको शब्द तथा सङ्गीतमा सजिएको यस देशभक्तिपूर्ण गीतमा गायक सञ्जय खड्गी र गायिका प्राश्ना शाक्यले आफ्नो स्वर... ...

रातोपाटी
नेपाल टेलिकमको सहुलियतदरको फाइबर इन्टरनेटमा ग्राहकको आकर्षण, तीन सातामै ११ हजारभन्दा बढी जोडिए
Latest NewsJust now

नेपाल टेलिकमको सहुलियतदरको फाइबर इन्टरनेटमा ग्राहकको आकर्षण, तीन सातामै ११ हजारभन्दा बढी जोडिए

काठमाडौँ। नेपाल टेलिकमले सहुलियत दरमा उपलब्ध गराउन थालेको फाइबर इन्टरनेट सेवाप्रति ग्राहकको आकर्षण बढेको छ । गत असोज ३० गतेदेखि सुरु गरिएको सहुलियतदरको इन्टरनेट सेवा १८ दिनको अवधिमा ११ हजार... ...

रातोपाटी
पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना
Latest NewsJust now

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौँ । पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने एक ट्रेकिङ एजेन्सीलाई अध्यागमन विभागले ५० हजार जरिवाना गरेको छ। बेल्जियमका दुई नागरिकलाई आवश्यक पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई जरिवाना गरिएको विभागले जनाएको छ । एजेन्सीलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम कारबाही गरिएको हो । जिल्ला प्रशासन कार्यालय ...

नेपालन्युज
फुलकोर्टको छानबिन आह्वानपछि नयाँ मोडमा न्यायालय
Latest NewsJust now

फुलकोर्टको छानबिन आह्वानपछि नयाँ मोडमा न्यायालय

काठमाडौँ । बिचौलियासँगको अवाञ्छित संवाद, गोप्य भेटघाट र आर्थिक लेनदेनको गम्भीर आरोपमा सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँल मुछिएपछि उत्पन्न न्यायिक संकटले नयाँ मोड लिएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play