असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् । यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्युु हुनाका साथै ७८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा प्रहरीद्वारा ५० जनाको उद्धार गरिएको छ । यस अवधिमा सवारी दुुर्घटनातर्फ कूल ८ सय ५५ कारबाही भएकोमा आठ लाख ५५ हजार ५ सय राजस्व दाखिला भएको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

चुनावको तयारी, सरकारका गलत कामको प्रचार गर्न नेकपाको जागरण अभियान
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी चुनावको तयारी र सरकारको गलत कामको प्रचारमा केन्द्रित हुँदै दुईमहिने जागरण अभियान सन्चालन गर्ने भएको छ । गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको गरेको निर्णयअनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो । नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् केन्द्रीय कार्यालय सचिव गणेशमान पुन (रश्मी)ले अनलाइनखबरसँग भने, ...

बायर्न म्युनिखका प्रशिक्षक कोम्पनी प्रशिक्षणका क्रममा बेहोस
काठमाडौं । बायर्न म्युनिखका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनी प्रशिक्षणका क्रममा बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । ४० वर्षीय कोम्पानी शुक्रबार क्लबको दोस्रो टोलीको अभ्यास हेर्ने क्रममा अचानक ढलेका थिए । उनी केही दिनदेखि भाइरल सङ्क्रमणबाट अस्वस्थ थिए । त्यसकै कारण उनले आर्सनलविरुद्धको च्याम्पियन्स लिग खेलअघि आयोजित पत्रकार सम्मेलनमा समेत भाग लिएका थिएनन् । जर्मन सञ्चारमाध्यमका अनुसार कोम्पनीको अवस्था स्थिर छ । ...

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ
कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागूऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालिका २९ वर्षीया अमिसा ढुंगानालाई प्रहरीले लागूऔषधका चक्कीसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारीसमेत रहेका […] ...

प्यारिसनजिक घातक गोलीकाण्ड, 'जातिवादी आतङ्कवादी हमला' को सङ्ज्ञा
EPA फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्यारिसनजिक भएको गोलीकाण्डलाई "जातिवादी आतङ्कवादी हमला" को सङ्ज्ञा दिएका छन्।उक्त हमलामा परी एक जनाको ज्यान गएको छ भने अरू पाँच जना घाइते भएका छन्।"हमला हाम्रो गणतन्त्र ...


