बायर्न म्युनिखका प्रशिक्षक कोम्पनी प्रशिक्षणका क्रममा बेहोस

काठमाडौं । बायर्न म्युनिखका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनी प्रशिक्षणका क्रममा बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । ४० वर्षीय कोम्पानी शुक्रबार क्लबको दोस्रो टोलीको अभ्यास हेर्ने क्रममा अचानक ढलेका थिए । उनी केही दिनदेखि भाइरल सङ्क्रमणबाट अस्वस्थ थिए । त्यसकै कारण उनले आर्सनलविरुद्धको च्याम्पियन्स लिग खेलअघि आयोजित पत्रकार सम्मेलनमा समेत भाग लिएका थिएनन् । जर्मन सञ्चारमाध्यमका अनुसार कोम्पनीको अवस्था स्थिर छ । अस्पतालमा उनको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ र चिकित्सकको निगरानीमा रहनेछन् । बायर्नका खेल निर्देशक म्याक्स एबरलले कोम्पानीको स्वास्थ्य क्लबको पहिलो प्राथमिकता भएको बताएका छन् । उनको अनुपस्थितिमा प्रशिक्षक टोलीले अभ्यास तथा खेलसम्बन्धी जिम्मेवारी सम्हाल्नेछ । बायर्नले आइतबार जर्मन लिगअन्तर्गत फ्राइबर्गसँग खेल्दैछ । कोम्पनीले सन् २०२४ मा बायर्नको जिम्मेवारी सम्हालेका थिए र उनको प्रशिक्षणमा क्लबले पछिल्ला दुई सिजन जर्मन लिगको उपाधि जितेको छ । The post बायर्न म्युनिखका प्रशिक्षक कोम्पनी प्रशिक्षणका क्रममा बेहोस appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

युरोप न्यून ग्यास भण्डारसहित जाडोमा प्रवेश गर्दै, अभाव चर्किन सक्ने चेतावनी
बर्लिन । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुख फातिह बिरोलले युरोप ऐतिहासिक रूपमा न्यून प्राकृतिक ग्यास भण्डारसहित जाडोयाममा प्रवेश गरिरहेको भन्दै थप आपूर्ति अवरोध थेग्न कठिन हुने चेतावनी दिएका छन्... ...

ध्यान र योगले बदलिँदै छ कैदीबन्दीको जीवनशैली
शशिधर पराजुली विराटनगर, कात्तिक ७ गते । पटक पटक कैदीबन्दीको आन्दोलन, उनीहरुमाथि हुने आर्थिक शोषण, डर त्रासको वातावरणका कारण चर्चामा रहनेगरेको मोरङ कारागारमा रहेका कैदीबन्दीको जीवनश... ...

व्यक्तिगत क्यान्सर खोपको परीक्षण सफल, घट्यो रोग दोहोरिने जोखिम
काठमाडौं । व्यक्तिगत रूपमा तयार पारिएको नयाँ क्यान्सर खोपलाई इम्युनोथेरापी औषधिसँगै प्रयोग गर्दा क्यान्सर दोहोरिने वा त्यसबाट मृत्यु हुने जोखिम ४२ प्रतिशतले घटेको क्लिनिकल परीक्षणले देखाएको छ । अनुसन्धानकर्ताहरूले यसलाई क्यान्सर उपचारमा महत्वपूर्ण उपलब्धि मानेका बीबीसीले बताएको छ । परीक्षणअनुसार, इम्युनोथेरापी मात्र प्रयोग गर्दा भन्दा खोपसहितको उपचारले दुई वर्षमा मेलानोमा (घातक छालाको क्यान्सर) शरीरका अन्य भागमा फैलिने जोखिम ३८ प्रतिशतले घटाएको ...

वेस्ट इन्डिजका रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्ध
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान शेरफेन रदरफोर्डलाई अनुबन्ध गरेको छ । पाकिस्तानका पूर्व कप्तान मिशवाह उल हकको मुख्य प्रशिक्षणमा रहेको सुदूरपश्चिमले रदरफोर्डलाई अनुबन्ध गरेको जानकारी दिएको छ । उनले वेस्ट इन्डिजका लागि ६१ टी-२० खेल खेलेका छन् भने ३१ एकदिवसीय खेल खेलेका छन् । The post वेस्ट इन्डिजका रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्ध appeared ...


