चालु आर्थिक वर्षको तेस्रो महिना असोज २०८३ मा नेपालमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम घटेको छ भने संख्या बढेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको असोज मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार ई–कमर्समार्फत हुने कारोबारको रकम ८१ करोड ३ लाख रुपैयाँले घटेको छ भने सङ्ख्या ६७ हजारभन्दा माथिले बढेको पाइएको हो। विवरण अनुसार असोज महिनाभरीमा ई–कमर्समार्फत १ अर्ब ६७ करोड २० लाख रुपैयाँ कारोबार भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् भदौ मसान्तसम्म २ अर्ब ४८ करोड ५० रुपैयाँ रहेको थियो। यसरी हेर्दा भदौ बाट असोज मसान्तसम्म आउँदा ईकमर्स मार्फत हुने कारोबार ८१ करोड ३० लाख रुपैयाँले बढेको देखिन्छ। कारोबार सङ्ख्याका हिसाबले हेर्दा २०८३ असोज मसान्तसम्म ईकमर्स मार्फत ३ लाख १३ हजार ३६३ पटक कारोबार भएको पाइएको छ। अघिल्लो महिना अर्थात् २०८३ भदौ मसान्तसम्म भने २ लाख ४४ हजार ४८८ पटक कारोबार भएको थियो। तुलनात्मक रुपमा हेर्दा भदौ मसान्त देखि असोज मसान्तसम्म आउँदा ईकमर्समार्फत हुने कारोबार सङ्ख्यामा ६७ हजार ८७५ ले बढेको विवरणबाट प्रस्ट हुन्छ। The post असोज मसान्तमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम गिरावट हुँदा सङ्ख्यामा बृद्धि appeared first on Technology Khabar.
असोज मसान्तमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम गिरावट हुँदा सङ्ख्यामा बृद्धि

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






