अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

अर्नब चक्रवातको अवशेषस्वरूप पश्चिम नेपालनजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएको छ। यससँगै देशभरको मौसममा क्रमिक सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मात्र रहेको छ। अहिले लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, आज राति पनि देशका अधिकांश भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार तराई क्षेत्र, उपत्यका तथा नदीका खोँचहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

रुसी ड्रोनबाट बच्न महिनौंसम्म ग्यास पाइपलाइनमा लुक्दै युक्रेनी सैनिक
रुस-युक्रेन युद्ध अब आफ्नो पाँचौँ वर्षमा प्रवेश गरेको छ। यस्तो अवस्थामा रुसको निरन्तरको ड्रोन आक्रमणले युक्रेनी सैनिकहरूलाई जमिनमा खुलेआम हिँडडुल गर्न मुस्किल बनाएको छ। ...

तमोरको बगरमा ड्रागन फलको हरियाली (तस्वीरहरू)
१३ कात्तिक, धनकुटा । नेपालका धेरै स्थानमा खेतीयोग्य जमिन बाँझो छ भने परम्परागत खेतीबाट किसानले पर्याप्त आम्दानी गर्न सकेका छैनन् । जमिनको प्रकृति, सिँचाइ अभाव र बजारको चुनौतीका कारण कतिपय स्थानमा खेतीप्रतिको आकर्षणसमेत घट्दै गएको छ । तर, उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान गर्न सके कम उत्पादन दिने जमिनबाट पनि राम्रो… ...

फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी
फ्रान्समा बढ्दो महँगीको विरोधमा लगातार तेस्रो सप्ताहान्त पनि प्रदर्शन भएको छ । सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनका उम्मेदवार तथा वामपन्थी नेता जाँ–लुक मेलँसों शनिबार पेरिसमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् । फ्रान्सेली समाचार संस्था फ्रान्स २४ का अनुसार शनिबारको प्रदर्शनमा करिब १५ हजार मानिस सहभागी भएका थिए । मेलँसों गत अक्टोबर २४ मा भएको प्रदर्शनमा पनि सहभागी भएका थिए । फ्रान्सको ...

आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने
१५ कात्तिक, काठमाडौं । आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो । सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा… ...


