अर्थमन्त्री वाग्लेमाथि गोकुल वास्कोटाको प्रहारः ‘बौद्धिक ज्ञानको टाट पल्टाई’ भो !

काठमाडौं । नेकपा (एमाले)का प्रभावशाली नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि कडा प्रहार गरेका छन् । भारत भ्रमणका क्रममा डा. वाग्लेले नेपाली राष्ट्रवाद र नेपाल–भारत सम्बन्धका विषयमा दिएको अभिव्यक्तिलाई लिएर उनले चर्को आलोचना गरेका हुन् । बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै वाग्लेको अभिव्यक्तिलाई ‘बौद्धिक ज्ञानको टाट पल्टाई’ को संज्ञा दिएका छन् । उनले स्टाटसमा लेखेका छन्, ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन् । नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो– त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हित सम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो ।’ हालै भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा डा. वाग्लेले विगतमा नेपालमा ‘भारतको विरोध गर्नु नै राष्ट्रवाद हो’ भन्ने भाष्य बनाइएको र नयाँ पुस्तामा त्यो सोच परिवर्तन भइसकेको धारणा व्यक्त गरेका थिए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जलवायु नीतिको कार्यान्वयनमा केन्द्रित हुनेछ कोप–३१ः टर्कीकी उपविदेशमन्त्री
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्ने विषयमा केन्द्रित हुने टर्कीकी उपविदेशमन्त्री बेरिस एकिन्चीले बताएकी छन्। संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताको ठोस कार्यान्वयनलाई सम्मेलनले प्राथमिकता दिने बताइन्। पेरिस सम्झौताको दोस्रो दशकमा नयाँ निर्णयका लागि वार्ता गर्नुभन्दा पनि यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने अपेक्षा बढिरहेको ...

हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला
मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ । ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो । प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ...

यू–१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
नेपाल क्रिकेट संघले सार्वजनिक गरेको प्रारम्भिक टोलीका खेलाडीले आइतबारदेखि पोखरामा बन्द प्रशिक्षणमा प्रतिस्पर्धा गर्नेछन्, जहाँबाट अन्तिम टोली चयन हुनेछ। ...