Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’
Photo / Coverage: नेपालन्युज

अर्घाखाँची। नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा यो प्रजाति देखिनु जैविक विविधताको अध्ययन र अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन। ठाडादहमा यसको उपस्थिति पुष्टि भएपछि जिल्लाको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराको विविधताबारे थप जानकारी प्राप्त भएको छ। कार्यालयका सूचना अधिकारी केसर खड्काले नेपालबाहेक विश्वका अन्य कुनै पनि देशमा प्राकृतिक रूपमा नपाइने यो चरा ठाडादहमा देखिनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। अङ्ग्रेजीमा ‘स्पाइनी ब्याब्लर’ नामले चिनिने काँडे भ्याकुरको वैज्ञानिक नाम ‘एकान्थोप्टिला निपालेन्सिस’ हो। यो नेपालको मौलिक जैविक सम्पदाका रूपमा परिचित छ। काँडे भ्याकुर सामान्यतया घना झाडी, वनका झाडीदार क्षेत्र तथा प्राकृतिक वनस्पतिले ढाकिएका स्थानमा बस्ने लजालु स्वभावको चरा हो। झाडीभित्र लुकेर बस्ने भएकाले यसलाई सहजै देख्न कठिन हुन्छ। त्यसैले नयाँ क्षेत्रमा यसको उपस्थिति अभिलेख हुनु पक्षी अध्ययन तथा जैविक विविधताको पहिचानका दृष्टिले महत्वपूर्ण मानिने सूचना अधिकारी खड्काले बताए। प्राकृतिक सुन्दरता र जैविक विविधताका दृष्टिले महत्वपूर्ण ठाडादह क्षेत्रमा यसको उपस्थिति देखिनुले यहाँको पर्यावरणीय महत्वसमेत उजागर गरेको छ। यस क्षेत्रका वन तथा प्राकृतिक बासस्थानमा अन्य प्रजातिका चरासमेत हुन सक्ने सम्भावना रहेको छ। सूचना अधिकारी खड्काले काँडे भ्याकुरजस्ता दुर्लभ चराको संरक्षणका लागि प्राकृतिक बासस्थान जोगाउनुपर्ने बताए। वन विनाश, झाडी तथा प्राकृतिक वनस्पतिको क्षयीकरण र मानवीय गतिविधिले यस्ता चराको बासस्थानमा असर पार्न सक्ने भएकाले संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ। ठाडादहमा काँडे भ्याकुरको उपस्थिति अभिलेख हुनुले अर्घाखाँचीको जैविक विविधताको पहिचानसँगै पक्षी अवलोकन, अनुसन्धान तथा पर्यापर्यटनको सम्भावनासमेत उजागर गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहार र छठ बिदापछि सरकारी अस्पतालमा बिरामीको चाप, सेवा लिन घण्टौँ लाइन
Latest NewsJust now

तिहार र छठ बिदापछि सरकारी अस्पतालमा बिरामीको चाप, सेवा लिन घण्टौँ लाइन

काठमाण्डु- तिहार र छठ पर्वको लगातारको सार्वजनिक बिदापछि काठमाण्डुका प्रमुख सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ। मंगलबारदेखि सरकारी अस्पताल नियमित रूपमा सञ्चालनमा आएसँगै वीर अस्पताल, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामी तथा आफन्तको भीड लागेको हो। लामो बिदाका कारण रोकिएका स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिन एकैपटक धेरै […] ...

काठमाण्डुपाटी
शक्तिशाली एल निनोले विश्वभर खडेरी, आगलागी र खाद्य सङ्कटको जोखिम
Latest NewsJust now

शक्तिशाली एल निनोले विश्वभर खडेरी, आगलागी र खाद्य सङ्कटको जोखिम

पेरिस । यस वर्ष विकसित शक्तिशाली एल निनोका कारण ब्राजिलमा जङ्गलमा आगलागी, इन्डोनेसियामा वन विनाश र पश्चिम अफ्रिकामा कृषि उत्पादन घट्ने जोखिम बढेको छ । यसले विश्वभर खाद्य सुरक्षामा समेत गम्भीर चुनौती थप्ने संयुक्त राष्ट्रसङ्घका निकाय र मौसमविद्हरूले चेतावनी दिएका छन् । मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्ने एल निनोका कारण विश्वव्यापी वर्षा, हावा र तापक्रमको ...

केन्द्रबिन्दु
भारतका भत्किएका सडक र अव्यवस्थित जग्गा अभिलेख सुधार्दै एआई स्टार्टअप
Latest NewsJust now

भारतका भत्किएका सडक र अव्यवस्थित जग्गा अभिलेख सुधार्दै एआई स्टार्टअप

नयाँदिल्ली । सन् २०२० मा सञ्जय मन्डवा व्यक्तिगत जग्गा विवाद समाधान गर्न अमेरिकाको सिकागोबाट भारतको दक्षिणी सहर चेन्नई पुगेका थिए । त्यसपछिका केही महिना उनले आफ्नो परिवारको नाममा रहेको जग्गाको स्वामित्व... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play