Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

भाटभटेनी पछि पर्दा सी.जी. इम्पेक्स उत्कृष्ट करदाता,गुरुङको गुनासोपछि ‘विशेष सम्मान’

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाटभटेनी पछि पर्दा सी.जी. इम्पेक्स उत्कृष्ट करदाता,गुरुङको गुनासोपछि ‘विशेष सम्मान’
Photo / Coverage: टक्सार

काठमाडौँ । राष्ट्रिय कर दिवस २०८३ का दिन सरकारले विभिन्न विधामा सबैभन्दा धेरै कर तिर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्छ । यसमा ‘वस्तु व्यापारको कारोबार’ गर्नेमध्ये बढी आयकर दाखिला गर्नेमा भाटभटेनी अग्रस्थानमा रहँदै आएको थियो । यसपटक करदिवसको पूर्वसन्ध्यामा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले आफू निकटलाई सुनाए,“यसपटक हामीलाई नदिने (वस्तु व्यापारको कारोबार गर्नेमध्ये बढी आयकर दाखिला गर्ने सम्मान ) भए ।” भदौ २३,२४ को जेनजी आन्दोलनकाक्रममा काठमाडौँको मुख्यसहित विभिन्न आउटलेटहरूमा ठुलो क्षति पुगेको थियो । यसले भाटभटेनीको खर्चमात्रै बढेको थिएन बिक्री पनि स्वाभाविक रूपमा घटेको थियो । यसै पृष्ठभूमिमा गुरुङले आफू निकटसँग आफ्नो विधा अन्तर्गतको‘उत्कृष्ट करदाता’को सम्मान नपाउने गुनासो गरेका थिए । यो सोमबारको प्रसँग थियो । सरकारले आज (मङ्गलबार) आजमात्रै उत्कृष्ट करदातालाई सम्मान गरेको छ । गुरुङलाई बिगमार्ट वा सी.जी एम्पेक्स प्रा.लि.ले यो सम्मान पाउने अनौपचारिक जानकारी पुगिसकेको थियो । त्यसैले उनलाई यो छटपटी भएको थियो । गुरुङ निकट स्रोतकाअनुसार ‘आन्दोलनका कारण व्यवसायमा ठुलो क्षति पुगेको र बिक्री घट्दा आयकर कम हुनु स्वाभाविक भएको’ भनेर उच्च व्यवस्थापकहरूले सम्झाउने प्रयास गरेका थिए । यो गुनासो अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र आन्तरिक राजस्व विभागका अधिकारी समक्ष पनि पुगेको थियो । यसै गुनासोको पृष्ठभूमिमा भाटभटेनी सुपरमार्केटलाई ‘प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद उत्कृष्ट करदाता’ विधामा सम्मान गरिएको छ । भाटभटेनीले पाउँदै आएको ‘वस्तु व्यापारको कारोबार’ गर्नेमध्ये बढी आयकर दाखिला गर्ने ‘ताज’ सिजी इम्पेक्स प्रा.लि.को भागमा परेको छ । यससँगै सी.जी.ग्रुप अन्तर्गतको कम्पनी पहिलोपटक सबैभन्दा धेरै कर तिर्ने सूचीमा परेको छ । यद्यपी पब्लिक कम्पनीमा रहेको नबिल बैंक भने उत्कृष्ट करदाताको रूपमा रहँदै आएको छ । सी.जी. इम्पेक्स उत्कृष्ट करदाताको सूचीमा परेपछि चौधरी ग्रुप यसपटक आलोचनाको घेराबाट जोखिने देखिएको छ । विगतमा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनका कम्पनीले किन सबैभन्दा धेरै कर तिर्दैनन् भनेर ‘ट्रोल’ बन्ने गरेको थियो । ट्रोल बनेपछि उत्कृष्ट करदाताको रुपमा सम्मानित नभए पनि आफ्ना कम्पनीले तिरेका कर भन्दै बाहिर ल्याउने गरेको थियो । यसपटक भाटभटेनी आन्दोलनको मारमा पर्दा सी.जी. इम्पेक्स प्रा.लि.लाई फाइदा भएको देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वित्तीय अपराध रोकथामलाई नेपाल प्रहरीको मूल अभियान बनाउने आईजीपी केसीको प्रतिबद्धता
Latest NewsJust now

वित्तीय अपराध रोकथामलाई नेपाल प्रहरीको मूल अभियान बनाउने आईजीपी केसीको प्रतिबद्धता

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन प्रविधिको प्रयोग र वैज्ञानिक अनुसन्धानमा जोड दिएका हुन्। उनले वित्तीय अपराध नियन्त्रणका लागि सरकारी ...

केन्द्रबिन्दु
आयकरको उच्चतम दर ३९ बाट २९ प्रतिशतमा झारिएको छः अर्थमन्त्री वाग्ले
Latest NewsJust now

आयकरको उच्चतम दर ३९ बाट २९ प्रतिशतमा झारिएको छः अर्थमन्त्री वाग्ले

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले यस वर्ष करका दरमा उल्लेख्य कटौती गरेको बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौँमा मंगलबार बोल्दै अर्थमन्त्री वाग्लेले आयकरको उच्चतम स्ल्यावमा एकैपटक १० प्रतिशत बिन्दुले कटौती गरिएको जानकारी दिए । करको दर घटाउँदा राजस्वमा ठूलो असर पर्ने आशंका गरिए पनि सरकारले कर प्रणाली सुधार गर्ने उद्देश्यसहित यस्तो निर्णय लिएको उनको भनाइ छ ...

टक्सार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
Latest NewsJust now

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

दाङ। दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म ४४ लाख... ...

रातोपाटी
कर तिर्नु असल नागरिकको पहिचान
Latest NewsJust now

कर तिर्नु असल नागरिकको पहिचान

दाङ, मङ्सिर १ गते । उद्योग वाणिज्य सङ्घ, दाङका अध्यक्ष विनील केसीले कर तिर्नु असल नागरिकको पहिचान भएको बताउनुभएको छ । उहाँले पन्ध्रौँ राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा तुलसीपुरमा आज... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play