Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

शक्तिशाली एल निनोले विश्वभर खडेरी, आगलागी र खाद्य सङ्कटको जोखिम

Share:WhatsAppFacebookX (Twitter)Telegram
शक्तिशाली एल निनोले विश्वभर खडेरी, आगलागी र खाद्य सङ्कटको जोखिम
Photo / Coverage: केन्द्रबिन्दु

पेरिस । यस वर्ष विकसित शक्तिशाली एल निनोका कारण ब्राजिलमा जङ्गलमा आगलागी, इन्डोनेसियामा वन विनाश र पश्चिम अफ्रिकामा कृषि उत्पादन घट्ने जोखिम बढेको छ । यसले विश्वभर खाद्य सुरक्षामा समेत गम्भीर चुनौती थप्ने संयुक्त राष्ट्रसङ्घका निकाय र मौसमविद्हरूले चेतावनी दिएका छन् । मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्ने एल निनोका कारण विश्वव्यापी वर्षा, हावा र तापक्रमको ढाँचामा परिवर्तन आउँछ । यस वर्षको एल निनो डिसेम्बरमा उच्च विन्दुमा पुग्ने अनुमान गरिएको छ । यसको प्रभाव सन् २०२७ सम्म पनि कायम रहन सक्ने बताइएको छ । ब्राजिलको पारा राज्यमा नोभेम्बरको सुरुदेखि पाँच हजारभन्दा बढी डढेलोका घटना भएका छन् । गम्भीर खडेरी र आगलागीका कारण राज्यले आपत्काल घोषणा गरेको छ । आगलागी नियन्त्रण गर्न अमेजन क्षेत्रमा वनस्पति तथा जमिन सफा गर्न आगो लगाउन प्रतिबन्धसमेत लगाइएको छ । यसअघि पेरुले पनि एल निनोसम्बन्धी बाढी र पहिरोको जोखिमका कारण आपत्काल घोषणा गरेको थियो । पश्चिम अफ्रिकाको प्रमुख कोको उत्पादक आइभोरी कोस्टमा यस वर्ष उत्पादन २१ देखि २५ प्रतिशतसम्म घट्न सक्ने मौसमविद्हरूले अनुमान गरेका छन् । वर्षामा १० देखि २७ प्रतिशतसम्म कमी र लामो सुक्खा मौसमका कारण कोकोका फल समयअगावै सुक्ने तथा रूखका पात झर्ने जोखिम छ । यसले किसानको आम्दानी र मुलुकको निर्यात राजस्वमा असर पार्नेछ । यसैगरी, इन्डोनेसियामा यस वर्ष लागेको डढेलोमा एल निनोको प्रमुख भूमिका रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । जुलाईदेखि अक्टोबरसम्म दक्षिणपूर्वी एसियामा भएको वर्षाको कमीका लागि एल निनो जिम्मेवार रहेको र जलवायु परिवर्तनले यस्तो अवस्था सिर्जना हुने सम्भावना तथा तीव्रता झन्डै तीन गुणा बढाएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ । वन विनाश, दलदली जमिनको दोहन र खानी गतिविधिले पनि आगलागी बढाएको बताइएको छ । सन् २०२६ मा इन्डोनेसियामा हालसम्म करिब २९ लाख हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको नुसानतारा एटलसले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका प्रमुख अलेक्जान्डर डे क्रूका अनुसार एल निनोको प्रभाव न्यूनीकरण गर्न अहिले नै कदम चाल्दा करिब ३६ अर्ब अमेरिकी डलर खर्च हुनेछ । ढिलाइ गरेमा यो लागत बढेर ७३ अर्ब डलर पुग्न सक्छ । उनले समयमै काम नगर्नु जलवायु नीतिको सबैभन्दा महँगो विकल्प हुने बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले एल निनोका कारण खडेरी र बाढीबाट खाद्य असुरक्षा थप बढ्ने चेतावनी दिएको छ । जोखिममा रहेका २२ मुलुकमध्ये आधाभन्दा बढी अफ्रिकामा छन् भने अन्य एसिया–प्रशान्त, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा रहेका छन् । एफएओका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले द्वन्द्व, आर्थिक सङ्कट, उच्च ऋण र कृषि सामग्रीको अभाव झेलिरहेका मुलुकमा एल निनोले खाद्य प्रणाली थप कमजोर बनाउने बताएका छन् । उनले खाद्यान्न उत्पादन मात्र नभई सर्वसाधारणको खाद्यान्नमा पहुँचसमेत प्रभावित हुन सक्ने भएकाले बाली, पशुधन र जलस्रोतको संरक्षणका लागि समयमै तयारी गर्नुपर्नेमा जोड दिएका छन् । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वित्तीय अपराध रोकथामलाई नेपाल प्रहरीको मूल अभियान बनाउने आईजीपी केसीको प्रतिबद्धता
Latest NewsJust now

वित्तीय अपराध रोकथामलाई नेपाल प्रहरीको मूल अभियान बनाउने आईजीपी केसीको प्रतिबद्धता

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन प्रविधिको प्रयोग र वैज्ञानिक अनुसन्धानमा जोड दिएका हुन्। उनले वित्तीय अपराध नियन्त्रणका लागि सरकारी ...

केन्द्रबिन्दु
आयकरको उच्चतम दर ३९ बाट २९ प्रतिशतमा झारिएको छः अर्थमन्त्री वाग्ले
Latest NewsJust now

आयकरको उच्चतम दर ३९ बाट २९ प्रतिशतमा झारिएको छः अर्थमन्त्री वाग्ले

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले यस वर्ष करका दरमा उल्लेख्य कटौती गरेको बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौँमा मंगलबार बोल्दै अर्थमन्त्री वाग्लेले आयकरको उच्चतम स्ल्यावमा एकैपटक १० प्रतिशत बिन्दुले कटौती गरिएको जानकारी दिए । करको दर घटाउँदा राजस्वमा ठूलो असर पर्ने आशंका गरिए पनि सरकारले कर प्रणाली सुधार गर्ने उद्देश्यसहित यस्तो निर्णय लिएको उनको भनाइ छ ...

टक्सार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
Latest NewsJust now

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

दाङ। दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म ४४ लाख... ...

रातोपाटी
कर तिर्नु असल नागरिकको पहिचान
Latest NewsJust now

कर तिर्नु असल नागरिकको पहिचान

दाङ, मङ्सिर १ गते । उद्योग वाणिज्य सङ्घ, दाङका अध्यक्ष विनील केसीले कर तिर्नु असल नागरिकको पहिचान भएको बताउनुभएको छ । उहाँले पन्ध्रौँ राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा तुलसीपुरमा आज... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play