Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

अर्घाखाँची सिमेन्टले उत्कृष्ट डिलरलाई गरायो मुक्तिनाथ दर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्घाखाँची सिमेन्टले उत्कृष्ट डिलरलाई गरायो मुक्तिनाथ दर्शन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले बिक्री लक्ष्य पूरा गर्ने उत्कृष्ट डिलरलाई मुक्तिनाथ दर्शन गराएको छ। कम्पनीले आफ्ना डिलरका लागि आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न गरेको हो। गत जेठ र असारमा सञ्चालन गरिएको विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरलाई यात्रामा सहभागी गराइएको कम्पनीले जनाएको छ। तीनदिने यात्राका क्रममा सहभागी डिलरहरूले मुक्तिनाथ, कागबेनीलगायत धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरेका थिए। यात्रामार्फत डिलरलाई प्रोत्साहन गर्नुका साथै उनीहरूसँगको व्यावसायिक सम्बन्धलाई थप आत्मीय र विश्वासपूर्ण बनाउने उद्देश्य राखिएको कम्पनीको भनाइ छ। कम्पनीले डिलरलाई आफ्नो उत्पादन उपभोक्तासम्म पुर्‍याउने महत्त्वपूर्ण व्यावसायिक साझेदारका रूपमा लिँदै आएको जनाएको छ। उनीहरूको योगदानको सम्मान र सहकार्य सुदृढ गर्न यस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको पनि कम्पनीले उल्लेख गरेको छ। अर्घाखाँची सिमेन्टका अनुसार कम्पनीको वार्षिक उत्पादन क्षमता १० लाख टन छ। कम्पनीले डेनिस भर्टिकल रोलर मिल र वेस्ट हिट रिकभरी प्रणालीजस्ता प्रविधि प्रयोग गर्दै उत्पादन तथा ऊर्जा दक्षता बढाउने काम गरिरहेको छ। धुलो नियन्त्रणका लागि इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर प्रणाली पनि प्रयोग गरिएको कम्पनीले जनाएको छ। कम्पनीले आगामी दिनमा पनि डिलर तथा अन्य व्यावसायिक साझेदारसँगको सम्बन्धलाई प्राथमिकता दिँदै सहकार्य र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। The post अर्घाखाँची सिमेन्टले उत्कृष्ट डिलरलाई गरायो मुक्तिनाथ दर्शन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गोप्य अडियो लिक र ‘मोबाइल फिर्ता’ को खेल : थिति गुमाउँदै प्रहरी
Latest NewsJust now

गोप्य अडियो लिक र ‘मोबाइल फिर्ता’ को खेल : थिति गुमाउँदै प्रहरी

काठमाडौँ । बिचौलिया ईनम सापकोटा पक्राउ प्रकरणले नेपाल प्रहरीको व्यावसायिकता र अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालयका अधिकारीहरूले अनुसन्धान प्रक्रियालाई नै प्रभावित पार्ने गरी गरेका गतिविधिले... ...

रातोपाटी
राष्ट्रपति पौडेललाई भेट्न पुगे प्रधानमन्त्री बालेन, के भयो छलफल ?
Latest NewsJust now

राष्ट्रपति पौडेललाई भेट्न पुगे प्रधानमन्त्री बालेन, के भयो छलफल ?

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार अपराह्न राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्। यससँगै राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। आजै रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपतिसँग छलफल गरेका थिए ...

कर्पोरट खबर
पूर्वमुख्यसचिव अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति
Latest NewsJust now

पूर्वमुख्यसचिव अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । मलेसिया रोजगारीमा कामदार पठाउँदा अवैध रूपमा रकम संकलन गरेको आरोपमा पक्राउ परेका अर्याललाई शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीमाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थपको माग गरेको थियो । सीआईबीले अर्याललाई भारतको कोलकाताबाट ...

केन्द्रबिन्दु
गिरावटको लयमा सेयरबजार, ५ अर्ब पनि पुगेन कारोबार
Latest NewsJust now

गिरावटको लयमा सेयरबजार, ५ अर्ब पनि पुगेन कारोबार

सेयरबजार फेरि गिरावटको लयमा देखिएको छ। तीन दिन लगातार बढेको बजारमा बिहीबार ‘ब्रेक’ लागेसँगै शुक्रबार पनि गिरावटले निरन्तरता पाएको हो।  शुक्रबार बजार परिसूचक नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा रोकिएको छ। दिनभरिको कारोबारमा लगानीकर्ताले ४ अर्ब ८२ करोडबराबरको सेयर किनबेच गरेका हुन्। यस दिन कुल १ करोड ३१ लाख कित्ता खरिदबिक्री भएक... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement