Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा आज मध्यावधि निर्वाचन, कंग्रेसको नियन्त्रणका लागि प्रतिस्पर्धा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा आज मध्यावधि निर्वाचन, कंग्रेसको नियन्त्रणका लागि प्रतिस्पर्धा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १७ । अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको मध्यावधिमा हुन लागेको यस निर्वाचनले संसद् (कंग्रेस) को नियन्त्रण कुन दलको हातमा रहने भन्ने टुंगो लगाउनेछ । निर्वाचनमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४३५ सिटका लागि मतदान हुँदैछ । यसका साथै ३९ राज्य तथा क्षेत्रमा नयाँ गभर्नर चयनका लागि पनि निर्वाचन हुनेछ । निर्वाचनअघि सम्पन्न प्रारम्भिक मतदानमा डेमोक्रेटिक उम्मेदवारहरूले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएको समाचारमा उल्लेख छ । न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयले गरेको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको छ । त्यस्तै, रोयटर्स र इप्सोसको सर्वेक्षणअनुसार प्रारम्भिक मतदानमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी पछाडि देखिएको छ । अमेरिकामा लाखौँ मतदाताले निर्वाचनको दिनअघि नै ‘अर्ली भोटिङ’ अर्थात् प्रारम्भिक मतदानमार्फत आफ्नो मत खसालिसकेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र दिन मन्त्रालयको निर्देशन
Latest NewsJust now

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र दिन मन्त्रालयको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई आगामी एक महिनाभित्र अनिवार्य रूपमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयको भूमि प्रशासन शाखाद्वारा जारी पत्रमा कात्तिक १३ को मन्त्रीस्तरीय निर्णयअनुसार सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्न निर्देशन भएको हो । मन्त्रालयले जारी गरेको पत्रमा स्थानीय तहबाट सेवा सञ्चालन गर्न ...

केन्द्रबिन्दु
झण्डै १० करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा नासुविरुद्ध मुद्दा
Economy & BusinessJust now

झण्डै १० करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा नासुविरुद्ध मुद्दा

काठमाडौं, कात्तिक १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । भूमिसुधार विभागअन्तर्गतका भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत रहँदा पदको दुरुपयोग गरी आचार्यले ९ करोड ७२ लाख ७१ हजार ९९८ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ । आयोगले आचार्य, उहाँकी श्रीमती ललिता राजभण्डारी ...

जनताटाइम्स
पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने
Latest NewsJust now

पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा मंगलबार बिहान दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम सम्पन्न नभएकाले कात्तिक १७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ । यसअघि सोमबार बिहान ...

कर्पोरट खबर
भारतमा आतंक मच्चाउन थालेको ‘मुरासु’ चक्रवातले नेपालमा कस्तो प्रभाव पार्ला
Latest NewsJust now

भारतमा आतंक मच्चाउन थालेको ‘मुरासु’ चक्रवातले नेपालमा कस्तो प्रभाव पार्ला

बंगालको खाडीमा विकसित मुरासु चक्रवात भारतको आन्ध्र प्रदेशमा प्रवेश गरिसकेको छ। त्यहाँ हुरी तथा वर्षा सुरु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  भारतको मौसम विभागका अनुसार उक्त चक्रवात गएराति १ बजे नेल्लोर र नरसापुरको बिचमा अवतरण भएको थियो। अहिले त्यसले आन्ध्र प्रदेशको तटीय क्षेत्र पूर्ण रूपमा पार गरिसकेको छ। आन्ध्रका तटीय क्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play