Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अमेरिका र इजरायलले पुनः आक्रमण गरे खाडीका तेल तथा एआई पूर्वाधारमा प्रहार गर्ने इरानको चेतावनी

अमेरिका र इजरायलले पुनः आक्रमण गरे खाडीका तेल तथा एआई पूर्वाधारमा प्रहार गर्ने इरानको चेतावनी

10/23/2026, 9:02:30 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिका र इजरायलले पुनः आक्रमण गरे खाडीका तेल तथा एआई पूर्वाधारमा प्रहार गर्ने इरानको चेतावनी

काठमाडौं/एजेन्सी । अमेरिका र इजरायलले पुनः सैन्य आक्रमण गरेमा फारसी खाडी क्षेत्रका सात वटा देशमा रहेका तेल पूर्वाधार, अन्डरसी केबल, डाटा सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधाहरूमा प्रहार गर्ने इरानले कडा चेतावनी दिएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले नयाँ द्वन्द्व भड्किएमा ती रणनीतिक पूर्वाधारहरूलाई निशाना बनाइने स्पष्ट पारेका हुन् । इरानका सुरक्षा प्रमुखहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पुनः आक्रमण गरेमा इरानको रणनीतिमा ‘कुनै रेड लाइन’ (शून्य सीमा) हुने छैन । इरानी वार्ताकारका सल्लाहकार मेहदी मोहमदीका अनुसार ट्रम्प र नेतान्याहुले सिद्धान्ततः आक्रमणको सहमति जनाए पनि यसको सफल परिणामको ग्यारेन्टी गर्न सकेका छैनन् । सम्भावित नयाँ द्वन्द्वलाई इरानले आफ्नो अस्तित्वको संकटका रूपमा हेरेको र यो युद्ध शत्रुले सोचेभन्दा लामो तथा फराकिलो भौगोलिक क्षेत्रमा फैलिने मोहमदीले बताएका छन् । इरानी सञ्चारमाध्यमका अनुसार रेजाईले इरानको अर्थतन्त्रमाथि आक्रमण हुँदा आक्रमणलाई सहयोग पुर्‍याउने क्षेत्रको आर्थिक संरचना भने सुरक्षित रहन नसक्ने चेतावनी दिएका छन् । अमेरिकी मिडियाका अनुसार आगामी नोभेम्बर ३ मा हुने मध्यावधि चुनावपछि इरानमाथि संयुक्त आक्रमण गर्न अमेरिकी सैन्य सल्लाहकारहरूले सम्भावित लक्ष्यहरूको विस्तृत सूची तयार पारिसकेका छन् । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सोमबार इजरायल पुगेर प्रधानमन्त्री नेतान्याहुसँग सम्भावित आक्रमणको समय र उद्देश्यबारे छलफल गरेका थिए। नेतान्याहुले भने इरानले पहिले आक्रमण गरोस् भन्ने चाहेको रिपोर्टमा उल्लेख छ । नोभेम्बरको सुरुसम्ममा अमेरिकाले मध्यपूर्वमा तीन वटा विमानवाहक जहाज (एयरक्राफ्ट क्यारियर), हजारौँ म्यारिन, फाइटर जेट र विशेष अपरेसन टोली तैनाथ गर्ने योजना बनाएको छ । यस्तै, दर्जनौँ इजरायली विमानहरू इरानी सीमा नजिक उडेका थिए भने इरानको अराकस्थित एल्युमिनियम कारखानामा ठूलो आगलागी भएपछि तोडफोड वा आन्तरिक हमलाको आशंका गरिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) ले हर्मुज जलडमरूमध्य (Strait of Hormuz) मा तेल ओसारपसार गरिरहेका चार वटा व्यावसायिक जहाजमा आक्रमण गरेको र अन्य तीन वटा जहाज माइनमा ठोक्किएर क्षतिग्रस्त भएको दाबी गरेको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भएको छैन। नयाँ युद्धको जोखिम बढेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयल (कच्चा तेल) को मूल्य बढेर प्रतिब्यारेल ११३.४ डलर पुगेको छ । इरानी परराष्ट्र मन्त्रालय निकट अन्तर्राष्ट्रिय कानुनविद् रेशा नासरीले तेस्रो चरणको युद्ध सुरु भएमा यसले क्षेत्रीय विनाश निम्त्याउने चेतावनी दिएका छन् । उनका अनुसार पावर ग्रिड, खानेपानी शुद्धीकरण प्लान्ट, रिफाइनरी र बन्दरगाहहरू ध्वस्त भई करोडौँ मानिस पानी र बिजुलीबाट वञ्चित हुनेछन् भने विश्व अर्थतन्त्र मन्दीमा धकेलिनेछ । यस्तै इरानको फार्स न्युज एजेन्सीका अनुसार उच्च अधिकारीहरूको हत्या वा नागरिकको ज्यान गएमा इरानले सैन्य मात्र नभई राजनीतिक लक्ष्यहरूमा पनि जवाफी हमला गर्ने निर्देशिका जारी गरेको छ । यसैबीच, इरानी, येमेनी र प्यालेस्टिनी संकट समाधानका लागि टर्कीको इस्तानबुलमा तीन युरोपेली देशसहित टर्की, साउदी अरेबिया, पाकिस्तान र इजिप्टका परराष्ट्रमन्त्रीहरूको बैठक बस्दैछ । इरान र पाकिस्तानका मध्यस्थकर्ताहरूले युद्धविरामका लागि प्रयास गरिरहेका छन्, जसमा इरानमाथिको अमेरिकी प्रतिबन्ध हटाउने र फ्रिज गरिएका सम्पत्ति फुकुवा गर्ने शर्तमा हर्मुजको नाकाबन्दी हटाउन र आणविक निरीक्षणको अनुमति दिन इरान तयार रहेको जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

हिंसात्मक फ्रान्सेली आन्दोलन : फेरि सडकमा उत्रिने कि नउत्रिने भन्नेमा प्रदर्शनकारीबिच अन्योल
ताजा खबरJust now

हिंसात्मक फ्रान्सेली आन्दोलन : फेरि सडकमा उत्रिने कि नउत्रिने भन्नेमा प्रदर्शनकारीबिच अन्योल

काठमाडौँ । अक्टोबर १७ मा फ्रान्सभर भएका विरोध प्रदर्शनमा सहभागी मानिसहरू पसलमा भएको लुटपाट, सार्वजनिक भवनमा भएको तोडफोड र शान्तिपूर्ण जुलुसमा व्यापक रूपमा अश्रुग्यास प्रयोग गरिएको घटनाबाट अझै स्तब्ध छन् ।... ...

रातोपाटी
बांगलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने
ताजा खबरJust now

बांगलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं।बांगलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। “एनपिएलको तेस्रो संस्करणका लागि बांगलादेशका अन्तर्राष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ। सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन्। उनले सन् २०१७ मा ...

नेपालन्युज
कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न
ताजा खबरJust now

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका–९, लालुका सचेत युवाहरुको समूहले जिल्लामा नै पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो । कालीकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागितामा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगितामा […] ...

समयपोष्ट
रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै
ताजा खबरJust now

रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धनगढी विमानस्थल अवतरण गरेका छन्। भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लाग्नेछन्। लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए। धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ आउँदैछन्। सडकमार्ग हुँदै उनी गड्डाचौकी नाका भएर भारत जानेछन्। भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play