Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अप्ठ्यारोसँग जुध्ने बानि परिसकेको छ, एमालेले दुनियाँले नसोचेको सफलता हासिल गर्नेछ : अध्यक्ष ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
अप्ठ्यारोसँग जुध्ने बानि परिसकेको छ, एमालेले दुनियाँले नसोचेको सफलता हासिल गर्नेछ : अध्यक्ष ओली
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरिने दृढ विश्वास व्यक्त गर्नुभएको छ । अखिल नेपाल किसान महासंघ, केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकलाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बिश्वास ब्यक्त गर्नुभएको हो । उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा पार्टी दृढतापुर्वक अगाडि बढ्ने बताउनु भयो । नेकपा एमाले अहिले पनि सबैभन्दा मजबुत, देशभक्त, लोकतान्त्रिक तथा स्पष्ट दृष्टिकोण र सुदृढ संगठन रहेको पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले दुनियाँले नसोचेको सफलता हासिल गर्ने ठोकुवा पनि गर्नुभयो । एमालेले लोकतान्त्रिक प्रक्रियाबाट नभई आगजनी, तोडफोड, आतङ्क, बलजफ्ती र उपद्रवका कारण धक्का खाएको उल्लेख गर्दै उहाँले देशमा सधै आतङ्कको राज नचल्ने बताउनु भयो । पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले यतिबेलाका ‘दुई कार्यभार र पन्ध्र काम’ निर्धारण गरेको जानकारी गराउँदै अध्यक्ष ओलीले आन्दोलन र स्थानीय तह निर्वाचनका ती कार्यभार पूरा गर्ने तयारीमा लाग्नसमेत निर्देशन दिनुभयो । अध्यक्ष ओलीले निर्वाचनमा हामी जित्छौं भन्ने आत्मविश्वासका साथ अगाडि बढ्न महासंघका नेता–कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । ‘नेपालको कम्युनिष्ट आन्दोलन र एमालेलाई सिद्धाउन के–केसम्म गरिएन ?’ पञ्चायतकालदेखि निकट विगतसम्म स्मरण गर्दै अध्यक्ष ओलीले अफ्ठ्यारोसँग जुधेर अगाडि बढ्न बानी बसिसकेको बताउनु भयो । उहाँले कुनै पनि समय आन्दोलनमा जानुपर्ने हुनसक्छ भन्दै तयार रहन पनि सवैलाई आग्रह गर्नुभयो । नेपालको किसान आन्दोलन राजनीतिक परिवर्तन सफल बनाउने जगका रूपमा रहेको र कयौं किसान नेताहरूले अमूल्य योगदानका साथै सहादत प्राप्त गरेको उहाँले स्मरण गर्नुभयो । अध्यक्ष ओलीले किसान महासंघलाई विस्तार गर्ने बृहत आधारहरू रहेको र त्यसका लागि सक्रियता आवश्यक रहेको बताउँदै आफ्नो विगतको गौरवलाई सम्झेर त्यसलाई कायम गर्न विभिन्न क्षेत्रका किसानहरूलाई महासंघमा गोलबन्द गर्न आग्रह गर्नुभयो । बैठकमा अध्यक्ष ओलीले कोशी र कर्णाली प्रदेश सरकारमा मन्त्री नियुक्त हुनुभएका महासंघका स्थायी कमिटी सदस्यहरू क्रमशः रामप्रसाद मेहता र बलबहादुर हमाल तथा राष्ट्रिय सभामा संसदीय दलका नेता महासंघका अध्यक्ष प्रेम दङ्गाललाई महासंघका तर्फबाट सम्मान गर्नुभयो । अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दङ्गालको अध्यक्षतामा भएको बैठकमा सहभागीहरूले जिल्ला र प्रदेश अधिवेशनका साथै किसानका समस्याका बारेमा रिपोर्टिङ गर्नुभएको थियो । बैठकमा नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य तथा महासंघका इञ्चार्ज गिरधारीलाल न्यौपाने अतिथिका रूपमा उपस्थिति रहेको थियो । बैठक सञ्चालन गर्नुभएकी महासंघका महासचिव सरिता भुसालले महासंघ ७३ जिल्ला, ५३९ पालिका र एकहजार ३६५ वडामा क्रियाशील रहेको र यसका ५० हजार ३४८ सदस्य रहेको जानकारी गराउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राप्रपा महाधिवेशनमा विक्रम, राजेन्द्रदेखि ज्ञानेन्द्रसम्म अध्यक्षका दावेदार
PoliticsJust now

राप्रपा महाधिवेशनमा विक्रम, राजेन्द्रदेखि ज्ञानेन्द्रसम्म अध्यक्षका दावेदार

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा अध्यक्ष पदका लागि नेताहरू दौडधुप गर्न सुरु गरेका छन् । आगामी मंसिर २६ गतेदेखि हुन लागेको महाधिवेशनमा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन पनि अध्यक्षका दावेदार हुन् । उनी अध्यक्षको दावेदार भएको कुरा उनको सचिवालयले पुष्टि गरेको छ। यस्तै विक्रम पाण्डे पनि अध्यक्षको दौडधुपमा छन् । उनलाई कमल थापा, […] ...

काठमाण्डुपाटी
एमाले स्थायी कमिटी बैठक : राष्ट्रिय भेलाको तयारी तथा आवश्यक विषयमा छलफल
PoliticsJust now

एमाले स्थायी कमिटी बैठक : राष्ट्रिय भेलाको तयारी तथा आवश्यक विषयमा छलफल

काठमाडौं, मंसिर १ । नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ। बैठकमा भोलिदेखि काठमाडौंमा सुरु हुने दुईदिने राष्ट्रिय भेलाका एजेण्डा, तयारी तथा भेलामा प्रस्तुत गरिने राजनीतिक र सांगठनिक विषयमा छलफल भइरहेको छ। बैठकमा भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको तयारी तथा आवश्यक विषयमा छलफलभएकाे एमाले सचिव महेश बस्नेतले जनकारी ...

जनताटाइम्स
राप्रपाको महाधिवेशनमा ज्ञानेन्द्रले अध्यक्षमा उम्मेदवारी दिने
PoliticsJust now

राप्रपाको महाधिवेशनमा ज्ञानेन्द्रले अध्यक्षमा उम्मेदवारी दिने

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । मंसिर २६ गतेदेखि २८ गतेसम्म हुन लागेको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने उनले जानकारी गराए । शाहीले काठमाण्डुपाटीसँग कुरा गर्दै नयाँ पुस्ताले नयाँ नेतृत्व खोजेको र पुरानो पुस्तालाई अभिभावक बनाउँदै सल्लाहकार परिषद् र सम्मानित नेताको हैसियतमा राख्ने उल्लेख गरेका […] ...

काठमाण्डुपाटी
अर्थमन्त्री वाग्लेको दाबी- नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढ्यो
PoliticsJust now

अर्थमन्त्री वाग्लेको दाबी- नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढ्यो

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् ।  आन्तरिक राजस्व विभागद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा उत्साह थपिएको दाबी गरे ।  ‘असोजमा पुरै ट्याक्स रेभिन्युको टार्गेटहरू मिट गरेका छौँ । त्यसैले केही न केही काम भइराख्या छ । रिफर्मले नतिजा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play